कीवर्डहरू -

माछापुच्छ्रे बैंकले सुरू गर्‍यो भिडियो केवाईसी सेवा सुरु

माछापुच्छ्रे बैंकले सुरू गर्‍यो भिडियो केवाईसी सेवा सुरु

माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवाको सुरु गरेको छ । बैंकका ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन् ।

भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्ने छैन् ।

यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सैं घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्नेछन् ।

यो सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने छ । बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ ।