कीवर्डहरू -

गूगलको नयाँ क्वान्टम चिप सार्वजनिक, जटिल गणनालाई केही मिनेटमै समाधान गर्न सक्ने

गूगलको नयाँ क्वान्टम चिप सार्वजनिक, जटिल गणनालाई केही मिनेटमै समाधान गर्न सक्ने

गुगलले क्वान्टम कम्प्युटिङ चिप 'विल्लो' सार्वजनिक गरेको छ । गुगलका सीईओ सुन्दर पिचाईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसबारे पोष्ट साझा गरेका छन् । यस चिपप्रति एलन मस्कले पनि चासो देखाउँदै पिचाईको पोष्टमा वाउ प्रतिक्रिया दिएका छन् ।

सुन्दर पिचाईले यो चिपले धेरैभन्दा धेरै क्यूबिटहरूको प्रयोग गर्ने र त्रुटिहरूलाई छिटो समाधान गर्न सकिने बताए । यस चिपसेटले १०५ क्यूबिटको प्रयोग गरेर पाँच मिनेटभन्दा कम समयमा जटिल गणना पूरा गरेको थियो ।

गुगलको क्वान्टम एआई युनिटका प्रमुख हार्टमुट नेभेनले यसलाई क्वान्टम कम्प्युटिङमा एउटा महत्वपूर्ण उपलब्धि भनेका छन् । यो चिपले मेडिकल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत विभिन्न क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्ने उनको विश्वास छ ।  

पारम्परिक बाइनरी कम्प्युटरको तुलनामा क्वान्टम कम्प्युटरमा क्यूबिटको प्रयोग गरिन्छ, जुन धेरै तीव्र प्रोसेसिङका लागि परिचित छ । तर, स्थायित्व र त्रुटि दरका मामिलामा यसले केही चुनौती सामना गर्नुपर्छ । गुगलले भनेको छ कि विल्लो चिपमा त्रुटि दर कम गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । यसले रियल टाइम करेक्शन मार्फत क्वान्टम मेसिनहरूको व्यावहारिकता बढाउँछ ।  

हालसम्म विल्लो चिपको पूर्ण क्षमताहरू परीक्षण गरिएको छैन् । यद्यपि, यसले जटिल समस्याहरूलाई क्लासिकल कम्प्युटिङको तुलनामा निकै कम समयमा समाधान गर्न सक्छ । अनुसन्धानकर्ताहरू विश्वास गर्छन् कि यो प्रविधि क्षेत्रमा ठूलो चमत्कार साबित हुन सक्छ ।  

क्लासिकल बिट्सले कुनै पनि गणनाका लागि बाइनरी ० वा १ मध्ये एक मान प्रयोग गर्दछ । तर क्यूबिटले यी दुवैलाई एकैसाथ वा विभिन्न संयोजनमा, जस्तै – ००, ०१, १० र ११ मा प्रयोग गर्न सक्छ । गणनाको यो तरिकाले क्वान्टम कम्प्युटरलाई जटिल गणनाहरू छिटो समाधान गर्न सक्षम बनाउँछ । यसले क्लासिकल वा सुपर कम्प्युटरभन्दा यसलाई उन्नत बनाउँछ ।  

क्वान्टम कम्प्युटिङ हार्डवेयरमा गुगलको विल्लो चिप एक महत्वपूर्ण विकास हो । यसमा सुपरकन्डक्टिङ ट्रान्समोन क्यूबिटको प्रयोग गरिएको छ । यो सानो इलेक्ट्रिकल सर्किट हो, जुन अल्ट्रा–लो तापक्रममा क्वान्टम अवस्थामा रहन्छ । यस क्वान्टम अवस्थालाई सुरक्षित राख्नका लागि क्यूबिटलाई लगभग शून्य तापक्रममा चिसो बनाइन्छ, जसले सम्भावित त्रुटिहरूलाई कम गर्ने प्रयास गर्छ ।

विल्लो चिपमा धेरै उन्नत विशेषताहरू छन्, जसले उत्कृष्ट क्यूबिट कनेक्टिभिटी र जटिल गणनाहरूलाई कम त्रुटिका साथ समाधान गर्न सक्षम बनाउँछ । र्यान्डम सर्किट स्याम्पलिङ बेंचमार्क परीक्षणका क्रममा विल्लो चिपले धेरै गणनाहरू ५ मिनेटभन्दा कम समयमा हल गर्यो । यस गणनालाई पूरा गर्नका लागि अन्य फास्ट सुपर कम्प्युटरलाई झण्डै १० सेप्टिलियन (१०६२५) वर्ष लाग्ने अनुमान छ ।