कीवर्डहरू -

एक कक्षादेखि नै विद्यार्थीलाई आईटी पढाउने सरकारको तयारी

एक कक्षादेखि नै विद्यार्थीलाई आईटी पढाउने सरकारको तयारी

सरकारले एक कक्षादेखि नै विद्यार्थीलाई आईटी पढाउने तयारी गरेको छ । बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेक २०२४ उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् । 

‘कक्षा १ देखि नै सूचना प्रविधि पढाउनु पर्ने जरूरी छ,’ उनले भनिन, ‘कक्षा १ देखि नै सूचना प्रविधि अध्ययन गराउन अहिले राष्ट्रिय योजना आयोगसँग छलफल गरिरहेका छौं ।’

डिजिल अर्थतन्त्रलाई नेपाली अर्थतन्त्रको मूल आधार बनाउनु पर्ने बताउँदै उनले यसका लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिइन । 

सूचना प्रविधिको विकास र विस्तारको लागि कानुनहरू निर्माण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय युद्धस्तरमा जुटेको उनको भनाइ छ ।