कीवर्डहरू -

गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट नेपालमा सहजै पैसा पठाउन सकिने

गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट नेपालमा सहजै पैसा पठाउन सकिने

ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । 

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिटमार्फत सहज रूपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् । 

यसरी ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपाल भरी रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५० हजार भन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिनेछ । 

साथै, यसै सम्झौता अनुसार कतारमा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिटेन्स पठाउन सक्नेछन् ।