कीवर्डहरू -

त्रिविको बीआईसीटीई अध्ययन गरेका विद्यार्थीले पनि आईटी अधिकृत पदमा प्रतिस्पर्धा गर्न पाउने

त्रिविको बीआईसीटीई अध्ययन गरेका विद्यार्थीले पनि आईटी अधिकृत पदमा प्रतिस्पर्धा गर्न पाउने

त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ एजुकेसन इन इन्फर्मेसन टेक्नोलोजी (बीएड आईसीटी)/ब्याचलर अफ इन्फर्मेसन, कम्प्युनिकेसन, टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) कोर्ष पढेका विद्यार्थीहरूले अब बैंकको  सूचना प्रविधि अधिकृत पदमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । 

त्रिविको शिक्षा संकायबाट बीएड आईसीटी/बीआईसीटीई अध्ययन गरेका विद्यार्थीले नेपाल राष्ट्र बैंकको सूचना प्रविधि अधिकृत पदमा प्रतिस्पर्धा गर्न नपाउने उजुरी परेपछि शिक्षाध्यक्षको कार्यालयले राष्ट्र बैंकलाई पत्रचार गर्दै कम्प्युटरसँग सम्बन्धित अधिकृतस्तरको विज्ञापन गर्दा  बीएड आईसीटी र बीआईसीटीईलाई योग्यता राख्न अनुरोध गरेको हो ।
 
त्रिविले विज्ञान प्रविधि संकाय अन्तर्गत बीएड आईसीटी/बीआईसीटीई र बीसीए कोर्षलाई नराख्दा केही निकायले आईटी अधिकृत पदमा यी विषयलाई योग्यता नमान्ने गरेका थिए । तर त्रिविले सम्बन्धित निकायलाई पत्रचार गरेसँगै अब यो समस्या हल हुने छ । 

संकाय फरक भएपनि अन्य आईटी कोर्षमा जस्तै बीएड आईसीटी/बीआईसीटीई र बीसीएमा विषयहरू पढ्नुपर्छ । 

यसअघि २०७४ सालमै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कम्प्युटर अधिकृत पदमा बीएड आईसीटीलाई न्युनतम शैक्षिक योग्यताको रूपमा लिने निर्णय गरेको थियो । 

यस्तै बीएड आईसीटी/बीआईसीटीई र बीसीए अध्ययन गरेका विद्यार्थीले सजिलै त्रिविको मास्टर्स इन इनफर्मेसन टेक्नोलोजी (एमआईटी) कोर्ष पढ्न पनि पाउने छन् । 

null