कीवर्डहरू -

रियलमीले घटायो २ वटा स्मार्टफोनको मूल्य

रियलमीले घटायो २ वटा स्मार्टफोनको मूल्य

रियलमीले २ वटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले नेपाली बजारमा रियलमी सी ५१ र रियलमी सी ५३ छुट मूल्यमा उपलब्ध गराउने भएको हो । 

यसअघि १४ हजार ९९९ रुपैयाँमा उपलब्ध मेमोरी च्याम्पियन रियलमी सी ५१ अहिले १३ हजार ४९९ रूपैयाँमा र १८ हजार ९९९ रूपैयाँमा उपलब्ध क्यामरा च्याम्पियन रियलमी सी ५३ अहिले १६ हजार ४९९ रूपैयाँमा उपलब्ध हुनेछ ।

६ प्लस १२८ जीबी भेरिएन्टको रियलमी सी ५३ आकर्षक च्याम्पियन गोल्ड कलरमा उपलब्ध छ । रियलमी सी ५१ आकर्षक मिन्ट ग्रीन र कार्बन ब्ल्याक कलरमा ४ प्लस ६४ जिबीको स्टोरेजमा उपलब्ध छ ।