कीवर्डहरू -

द भ्वाइस अफ  नेपाल - सिजन फाइभको भोटिङ पार्टनरमा ‘खल्ती’

द भ्वाइस अफ  नेपाल - सिजन फाइभको भोटिङ पार्टनरमा ‘खल्ती’

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले "द भ्वाइस नेपालसँग भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ । यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने द भ्वाइस अफ  नेपाल - सिजन ५ का सहभागीलाई  खल्तीमार्फत् भोट गर्न सक्नेछन् ।

‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो, जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो। 

धेरै दर्शकको मन जित्न सफल भएको, ‘द भ्वाइस’ ले यस अघि ४  शृङ्खलाहरूमा द भ्वाइस नेपालका साथै बालबालिकाहरूलाई केन्द्रित गरि आयोजना गरेको ‘द भ्वाइस किड्स नेपाल’ पनि संचालन गरिसकेको छ । लगातारको  सफलता पछि यस पटक युवाहरुलाई लक्षित गरि ‘द भ्वाइस अफ  नेपाल’को पाचौँ  शृङ्खला अघि बढाएको  छ ।

रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ । कार्यक्रममा कोच/निर्णायकको रूपमा गायक उदय सोतांग , प्रमोद खरेल , राजेश पायल राई र गायिका मिलन नेवारलाई देख्न सकिन्छ।

ब्लाइन्ड अडिसन राउन्डबाट सुरु भएको यस कार्यक्रमको  ब्याटल राउन्ड र  नक आउट राउण्ड पनि समापन भएको छ। ब्याटल राउन्डको अन्त्य संगै अब लायीभ राउण्ड सुरु भएको छ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्ट लाई ‘खल्ती’ एप प्रयोग गरि भोट गर्न सक्नेछन्।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भोटिंग सुविधा उपलब्ध गराउन पाउँदा निकै खुशी भएको र  खल्ती प्रयोगकर्ताले आफू जहाँ भए पनि आफ्नो मनपर्ने प्रतिभालाई खल्तीबाट सजिलै भोट गर्न सक्ने बताए ।