ओपनएआईको एआई च्याटटुल च्याटजीपीटी आजकल हरकोही प्रयोग गरिरहेका हुन्छन् ।
यदि तपाईं च्याटजीपीटी प्रयोग गर्दै हुनुहुन्छ र आफ्नो उत्पादकता बढाउन यसलाई गूगल ड्राइभसँग लिंक गर्न चाहनुहुन्छ भने, यो प्रक्रिया तपाईंका लागि सजिलो छ ।
सबैभन्दा पहिले च्याटजीपीटीमा लगइन गर्नुहोस् । च्याट फिल्डमा रहेको ‘एटेचमेन्ट’ आइकनमा क्लिक गर्नुहोस् (यो तल बायाँपट्टि हुन्छ) ।
यसपछि मेनुबाट ‘गूगल ड्राइभसँग जडान गर्नुहोस्’ भन्ने विकल्प छान्नुहोस् । त्यसपछि गूगल खाताबाट साइन इन गर्नुहोस् ।
यति गरेपछि पप–अप विन्डोमा आफ्नो गूगल ड्राइभ खाता चयन गर्नुहोस् । च्याटजीपीटीलाई गूगल खातामा पहुँच दिन ‘जारी राख्नुहोस्’ (कन्टीन्यू) मा क्लिक गर्नुहोस् । आवश्यक अनुमतिहरू प्रदान गर्नुहोस् ताकि च्याटजीपीटी तपाईंको गूगल ड्राइभ फाइलहरू हेर्न र प्रयोग गर्न सकोस् ।
कनेक्सन भएपछि, तपाईं च्याटजीपीटीभित्रै गूगल ड्राइभ ब्राउज गर्न सक्नुहुन्छ ।आवश्यक फाइल (डक्स, सिट्स, वा स्लाइड्स) खोज्नुहोस् र यसलाई सिधै प्रयोग गर्न सक्नुहुन्छ ।
फाइल अपलोड भएपछि, च्याटजीपीटीबाट यसको विश्लेषण, सम्पादन सुझाव, सारांश, वा अन्य कुनै सहायता लिन सक्नुहुन्छ ।
यसले गर्दा गूगल ड्राइभबाट फाइलहरू डाउनलोड वा अपलोड गर्न आवश्यक पर्दैन् । फाइलहरू तुरुन्तै समीक्षा गर्न वा सम्पादन गर्न थाल्न सकिन्छ । तपाईंका फाइलहरू सुरक्षित रूपमा व्यवस्थित गर्न सक्नुहुन्छ ।