कीवर्डहरू -

नेपालका मुख्य शहरमा फाइभजी सुरू गरिहाल्नुपर्ने आवश्यकता छ: सञ्चारमन्त्री गुरूङ

नेपालका मुख्य शहरमा फाइभजी सुरू गरिहाल्नुपर्ने आवश्यकता छ: सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपालका मुख्य शहरमा फाइभजी सेवा सुरू गरिहाल्नुपर्ने आवश्यकता रहेकाे बताएका छन् । 

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) काे २१ओैं वार्षिकोत्सवकाे अवसरमा शुभकामना दिदै मन्त्री गुरुङले फाइभजी सेवा नेपालका मुख्य शहरहरुमा सुरु गरिहाल्नुपर्ने आवश्यकता रहेकाे बताएका हुन् ।

'विकसित विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा छ, हामीलाई भने फाइभ जी सेवा नेपालमा मुख्य सहरहरुमा सुरु गरिहाल्नुपर्ने आवश्यकता छ, उनले भनेका छन्, 'यसमा नेपाल दूरसञ्चार कम्पनीकै महत्वपूर्ण भूमिका हुन्छ ।'

टेलिकम कम्पनीहरुको राजस्व आम्दानी भ्वाइस सर्भिसभन्दा डेटा सर्भिसमा निर्भर हुनुपर्ने खण्ड खातिर आइपरेको कुरा कसैबाट छिपेको छैन । दूरसञ्चार कम्पनीले त्यसमा आफूलाई अग्रसर गराइहाल्नुपर्छ । खुला बजार र प्रतिस्पर्धात्मक जमानामा टेलिकमले आफूलाई समानुकुल बनाउँदै लैजानुपर्ने उनकाे भनाइ छ ।

'दूरसञ्चार कम्पनीले सेवा विस्तारका साथसाथै डिजिटल डिभाइड न्यूनीकरण, डिजिटल साक्षरता विस्तार, विद्युतीय सरकारको अवधारणाको कार्यान्वयन र ज्ञानमा आधारित समाज निर्माणको माध्यमबाट राष्ट्र निर्माणमा योगदान पुर्‍याउँदै आएको छ । तर यसमा अझै धेरै काम गर्न बाँकी छ, जुन गरिहाल्नुपर्छ । सेवा विस्तारका सन्दर्भमा हरेक घरमा फोरजी कभरेज पुर्‍याउने लक्ष्यमा नेपाल टेलिकमलाई सफलता छिटै प्राप्त हुने विश्वास गरेको छु,' उनले भनेका छन्, 'सँगसँगै स्थानीय तह र वडासम्म ब्रोडब्यान्ड कनेक्सन पुर्‍याउने कार्यलाई टेलिकमले प्राथमिकतासाथ पूरा गर्नुपर्ने छ । ग्राहकहरुको सेवाका लागि २४ सै घन्टा मर्मत सम्भारको सुविधा पनि नेपाल टेलिकमले दिने विश्वास गरेको छु ।'

नेपाललाई डिजिटल युगमा खरो उतार्दै कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा उच्चतम् फड्को मार्नुपर्ने गुरुङले बताएका छन् ।

null