आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनको नाम सार्वजनिक भइसकेको छ । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनको नाम छनोट गरिएको हो ।
राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो । कलेजमा पढ्दै गरेका विद्यार्थीले बनाएका परियोजनालाई प्रोत्साहन र प्रवर्द्धन गर्न राइजिङ स्टार इन्नोभेसन अवार्ड प्रदान गरिन्छ ।
यस विधामा विद्यार्थीहरूले बनाएका आईटी प्रोजेक्ट तथा आईडियालाई नोमिनेशनको लागि समावेश गरिएको थियो । यस वर्षको आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १३ विद्यार्थीका आईडिया यस प्रकार छन् ।
इन्टर्नसाथी इन्टर्नसीप प्रदान गर्ने प्लेटफर्म हो । यसले इन्टर्नसीपको आवश्यकता भएका कम्पनी र व्यक्तिलाई जोड्ने काम गरेको छ । इन्टर्नसाथीबाट अहिलेसम्म ३८० बढीले इन्टर्नसीप पाइसकेका छन् ।
प्रष्ट नेपाली
प्रष्ट नेपाली, नेपाली व्याकरणको शुद्धाशुद्धी पहिचान गर्ने, भाषा सच्याउने एवम् प्रवर्दन गर्ने सप्टवेयर हो । यस बाहेक प्रष्ट नेपालीमा हिज्जेको गल्ती सच्याउने, एआईको माध्यबाट व्याकरण परिक्षण गर्छ, वाक्य गल्ती भए पुनर्लेखन गर्ने समेत सुविधा छन् ।
ब्ल्यांकसर, ई-कमर्स अर्थात अनलाइन व्यापार सञ्चालन गर्न सघाउने सजिलो माध्यम हो । यसबाट विभिन्न ई-कमर्सका लागि आवश्यक वेबसाइटहरू बनाउन सकिन्छ । यसमा छिटो रेस्पोनसिभ सुविधा, वेबसाइट कस्टुमाइजेसन, अनलाइन पेमेन्ट लगायतका सुविधा रहेका छन् ।
क्याटल मनिटरिङ सिस्टम
क्याटल मनिटरिङ सिस्टमले गाईको हरेक गतिविधि निगरानी गर्न सकिने डिभाइस हो । यसबाट रियलटाइममा गाईले खाएको, सुतेको, स्वास्थ्य अवस्था, प्रडक्टिभिटी लगायत निगरानी गर्न सकिन्छ । यसमा जीपीएस लोकेशन ट्रयाकिङ पनि जडान गरिएको छ ।
दृश्य
दृश्य एउटा एआई असिष्टेन्ट स्मार्ट ग्लास हो, जसले आँखा नदेख्नेलाई उनीहरुलाई अगाडि के भैरहेको छ भनेर जानकारी दिन्छ । दृश्य प्रयोग गरेर डकुमेन्टहरुमा टेक्स्टमा छ भने त्यो टेक्टलाई एआईको माध्यबाट पढ्न सकिन्छ । अगाडी कुनै एक्टिभिटी भैरहेको छ भने त्यसलाई बुझ्न पनि सकिन्छ ।
इपिसेन्टर होस्टिङ
इपिसेन्टर होस्टिङ एउटा होस्टिङ प्लेटफर्म हो । आफ्नो सेवालाई भरपर्दो बनाउन इपिसेन्टर होस्टिङका २२ देशमा ३३ वटा सर्भरहरू रहेका छन् । सर्भर माइक्रोसफ्टले प्रदान गरेको छ । साथै यसमा सातै दिन २४ सै घण्टा ब्याकअपको सुविधा रहेको छ ।
लोचन
लोचन पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीले तयार पारेको मानिसलाई पहिचान र लोकेटिङ गर्ने एआईमा आधारित सिस्टम हो । यसका लागि सिस्टममा थर्मल इन्फ्रारेड इमेजेज र योलो प्रयोग गरिएको छ । लोचनमा जीआईएस र ड्रोन समेत एकीकृत गरिएको छ ।
ओम्निकल
ओम्निकल सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने प्रणाली हो । भेकललाई ट्रयाक गरेर ओनरलाई, प्यासेनजरलाई र बस अर्गनाइजेसनलाई रियल टाइममा मोबाइल एपको माध्यबाट जानकारी दिने काम ओम्निकलले गर्छ । ओम्निकलको मोबाइल एपबाट गाडी मालिकले गाडीको परफर्मेन्स, हेल्थ र रियल टाइम एक हेर्न सक्छन् भने यात्रुले एक ठाउँबाट अर्को ठाउँ जाँदा कुन गाडी कहाँबाट चढ्ने, गाडी कहाँ आएको छ र अहिले भाडा कति लाग्छ जस्ता आफूलाई चाहिने सबै जानकारी लिन सक्छन् ।
वेयरप्लान मिरर
फेसन शपिङको अनुभवलाई उत्कृष्ट बनाउन वेयरप्लान मिररको डिजाइन गरिएको हो । यसबाट ऐनामा हेरेर कुन कपडा आफुलाई फिट हुन्छ वा हुँदैन चेक गर्न सकिन्छ । ऐनामा रहेको क्युआर स्क्यान गरेपछि मोबाइलमा कपडाको लिष्ट आउँछ र फोटो खिच्ने अप्सन पनि आउँछ । कपडाको लिष्टमा गएर आफूलाई मन परेको, सुहाउँदो कपडा त्यहाँबाट ट्राइ गर्न सकिन्छ । छाटो समयमा नै ऐनाले कपडा फिट गरिदिन्छ ।
स्पीड डिटेक्सन एण्ड नम्बर प्लेट
स्पीड डिटेक्सन एण्ड नम्बर प्लेट ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै डिजाइन गरिएको सिस्टम हो । यसले २४ सै घण्टा सर्भिलेन्स क्यामराको माध्यमबाट गाडीहरुलाई मोनिटर गरेर रियल टाइममा गाडीको स्पीड र नम्बर प्लेट पत्ता लगाउन सघाउछ ।
ड्रेसन
फोटोको माध्यबाट आफूलाई चाहिने कपडा छान्न सघाउने प्लेटफर्म हो, ड्रेसन । यसले स्किन अन्डरटोन, मेजरमेन्ट र शरिरको आकारलाई विश्लेषण गरे आफुलाई कुन कपडा फिट हुन्छ, त्यसको बारेमा जानकारी दिन्छ ।
ई-बाहन
ई बाहनले विद्युतीय सवारीसाधनको क्षेत्रमा काम गर्न खोज्दै छ । यसले आईसीमा आधारित सवारीसाधनलाई कन्भर्ट गरेर विद्युतीय सवारीसाधनमा लैजाने गरेको छ । च्यासिस र ब्याट्री समेत नेपालमै बनाउने तयारीमा छ ।
ब्लकचेन नेटवर्क फर ई-गभर्नेन्स
नेपालको कानुनमा आधारित रहेर संरचना प्रोटोकलमा बनाइएको परियोजना हो, ब्लकचेन नेटवर्क फर ई-गभर्नेन्स । यसले उद्यमी, सफ्टवेयर कम्पनीलाई डीएलटी प्रविधि अगाल्न सजिलो बनाउछ ।