कीवर्डहरू -

एपिक्टा अवार्ड्समा सहभागी हुँदै नेपालका तीन आईटी कम्पनी

एपिक्टा अवार्ड्समा सहभागी हुँदै नेपालका तीन आईटी कम्पनी

एशिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्ड्स २०२५ मा भाग लिन ३ वटा नेपाली आईटी कम्पनीहरूले ताइवान प्रस्थान गरेका छन् । 

यस वर्षको एपिक्टा अवार्ड्समा नेपालको प्रतिनिधित्व गर्दै क्रिमसन टेक, अल्पास टेक्नोलोजी र एड्रेसगाफ नेपाल सहभागी हुँदैछन् । आगामी डिसेम्बर ५ देखि ८ तारिखसम्म एपिक्टा अवार्ड्स सञ्चालन हुँदैछ ।

यस वर्षदेखि नास आईटीले एपिक्टामा प्रतिनिधित्व गर्ने आईटी कम्पनी छनौट गर्न आइसिटी अवार्डसँग सहकार्य सुरू गरेको छ । 

छनौट समितिमा नास आईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठ, नास आईटीका उपाध्यक्ष दिपेन चापागाईं र कार्यसमिति सदस्य नारायण कोइराला रहेका थिए । 

उक्त समितिले नेपालको प्रतिनिधित्व गर्ने स्टार्टअप आइसिटी अवार्ड २०२४ विजेता क्रिमसन टेक तथा उत्कृष्ट ५ सोसल इन्नोभेसनमा पर्न सफल एलएमसी अलर्ट विकासकर्ता अल्पास टेक्नोलोजीज र एड्रेसग्राफ नेपाल (कताहो) छनौट गरेको हो । 

यी कम्पनीहरूले आफ्ना नवप्रवर्तन र प्रविधि क्षमताको प्रदर्शन विश्वास गरिएको छ ।