जब हामी 'एआई’ अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको कुरा गर्छौं, तब दिमागमा च्याटजीपीटी, जेमिनाई वा डीपसिक जस्ता च्याटबोटहरूको छवि आउँछ । तर एआई केवल कुराकानीमा मात्र सीमित छैन् । यो एक शक्तिशाली प्रविधि हो जसले तपाईंको दैनिकीलाई सहज बनाउँछ, तपाईंको सिर्जनात्मकता बढाउँछ र तपाईंको उत्पादकता दोब्बर पार्न सक्छ । सबैभन्दा राम्रो कुरा त के छ भने, यी टुलहरूको प्रयोग तपाईंले निःशुल्क गर्न सक्नुहुन्छ ।
यस रिपोर्टमा हामी तपाईंलाई ५ यस्ता उत्कृष्ट एआई टुलहरूबारे बताउँछौं, जसले तपाईंको जीवनलाई सजिलो बनाउनेछ।
१. रिभरसाइड डट एफएम
यदि तपाईं भिडियो बनाउन चाहनुहुन्छ तर समय छैन वा एडिटिङको अनुभव छैन भने रिभरसाइड डट एफएम तपाईंको लागि उपयोगी हुनेछ । यस एआई टुलले तपाईंको भिडियोका उत्कृष्ट अंशहरू छान्नेछ र त्यसलाई छोटा “शट्र्स“ मा रूपान्तरण गर्नेछ । साथै, यो टुलले १०० भन्दा बढी भाषामा ट्रान्सक्रिप्सन गर्न सक्छ ।
२. गुगल एआई स्टुडियो
यस टुलको माध्यमबाट तपाईं गुगलका जेमिनी मोडेलहरू निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ । तपाईं आफ्नै एआई एप्लिकेशन वा च्याटबोट पनि बनाउन सक्नुहुन्छ । साथै, टोकन लिमिट, टेम्परेचर जस्ता प्यारामिटरहरू मिलाएर मोडेललाई आफ्नो आवश्यकता अनुसार कस्टमाइज गर्न सकिन्छ ।
३. ओपस क्लिप
ओपस क्लिप ले ठूला भिडियोहरूलाई छोटो शट्र्समा बदल्नेछ, जुन भाइरल हुनसक्ने सम्भावना राख्छ । यसले क्याप्सन थप्ने, रिफ्रेमिङ गर्ने र “भाइरालिटी स्कोर“ दिने जस्ता कार्यहरू गर्दछ । यो टूल पनि नयाँ कन्टेन्ट क्रिएटर्स र साना टिमका लागि विशेष उपयोगी रहेको छ ।
४. फ्याथम भिडियो
यदि तपाईं जुम, गुगल मिट वा टिम्समा लामो समय बैठक गर्नुहुन्छ र नोट्स बनाउनुहुन्छ भने, अब तपाईंलाई राहत मिल्नेछ । फ्याथम भिडियोले कल सुनेर आफैं नोट्स बनाउनेछ र सम्पूर्ण मिटिङ मिनेट्स तयार गर्नेछ ।
५. टास्केड
टास्केडको माध्यमबाट तपाईं कस्टम एआई एजेन्ट्स बनाउन सक्नुहुन्छ जसले तपाईंका दोहोरिएका कामहरू अटोमेट गर्न सक्छ । बारम्बार गरिने कामहरू अब बिर्सन सक्नुहुन्छ । विशेष गरी प्रोजेक्ट म्यानेजरहरूका लागि यो निकै लाभदायक छ । यो टुल विन्डोज, म्याक, आईफोन, एन्ड्रोइड र ब्राउजर—सबै प्लेटफर्महरूमा चल्नेछ ।