कीवर्डहरू -

युनाइटेड एकेडेमीले रोबो फेस्ट आयोजना गर्दै

युनाइटेड एकेडेमीले रोबो फेस्ट आयोजना गर्दै

युनाइटेड एकेडेमीले युनाइटेड रोबो फेस्ट २.० आयोजना गर्ने भएको छ । आगामी फागुन २१ गते ललितपुरको कुमारीपाटी स्थित युनाइटेड एकेडेमीमा रोबो फेस्ट आयोजना हुनेछ ।

रोबोटिक्सको क्षेत्रमा नवीनता र विशेषज्ञता प्रदर्शन गर्न उपयोगी हुने र विद्यार्थीहरूबीच सहकार्यलाई फेस्टले बढावा दिने आयोजकको विश्वास छ । 

रोबो फेस्टमा विभिन्न किसिमका रोबोटिक्स प्रतियोगिता राखिएको छ । यस अन्तर्गत रोबो सकरमा सहभागी हुन २ हजार र रोबो रेसमा सहभागी हुन १५०० रूपैयाँ शुल्क तिर्नुपर्नेछ । 

सहभागीका लागि अहिले दर्ता खुला भएको छ । यहाँ क्लिक गरेर तपाई पनि दर्ता गराउन सक्नु हुनेछ । दर्ता फागुन ९ गतेसम्म गर्न सकिने छ । यसमा विजेतालाई पुरस्कारको व्यवस्था समेत गरिएको छ । रोबो फेस्टका रकेट मोडलहरू समेत प्रदशनीमा राखिने छ ।