कीवर्डहरू -

राइड शेयरिङमा अब ७० प्रतिशतसम्म विदेशी लगानी खुला

राइड शेयरिङमा अब ७० प्रतिशतसम्म विदेशी लगानी खुला

सरकारले राइड शेयरिङ विदेशी लगानी ल्याउने पाउने व्यवस्था गरेको छ । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ ।

अध्यादेशमार्फत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ लाई संशोधन गर्दै राइड सेयरिङमा ७० प्रतिशतसम्म विदेशी लगानी खुला गरिएको छ ।

७० प्रतिशतभन्दा बढी विदेशी लगानी नहुने गरी राइड सेयरिङमा लगानी गर्न पाइने उल्लेख गरिएको छ ।

यस्तै नेपालमा स्थापना भएका जुनसुकै कम्पनीले विदेशमा प्रविधि हस्तान्तरण गर्न सक्ने समेत व्यवस्था गरिएको छ । यसका लागि विदेशमा शाखा खोल्न सक्ने छन् ।