नयाँ वर्षको उत्सवको समयमा न्यू ओरलिन्सको प्रसिद्ध बोरबोन स्ट्रीटमा भएको भीषण आतंकारी आक्रमणको बारेमा नयाँ जानकारीहरू सार्वजनिक भएका छन् । अमेरिकी संघीय अनुसन्धान एजेन्सी एफबीआईले आतंककारी शम्सुद्दिन जब्बारले आक्रमण गर्नु अघि न्यू ओरलिन्सको पहिले नै सर्वेक्षण गरेका गरेका थिए ।
यस क्रममा जब्बारले मेटाको स्मार्ट ग्लासको प्रयोग गरेर भिडियो बनाएका थिए । ३१ डिसेम्बरको रात अमेरिकाको न्यू ओरलिन्समा भएको यस आतंकी हमलामा १४ जनाको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए । जब्बार, एक पूर्व अमेरिकी सैनिक हुन्, जसलाई घटनास्थलमा नै प्रहरीले मारिदिएको थियो ।
एफबीआईले दिएको जानकारी अनुसार, आक्रमणकारी शम्सुद्दिन जब्बारले आक्रमण गर्नु अघि दुईपटक न्यू ओरलिन्सको भ्रमण गरेका थिए । यस क्रममा उनले मेटा स्मार्ट ग्लासको प्रयोग गरेर फ्रेन्च क्वार्टरको भिडियो रेकर्ड गरेका थिए ।
यो पहिलो पटक हो, जब कुनै आतंकी घटनामा मेटा स्मार्ट ग्लासजस्ता उच्च प्रविधि भएका उपकरणको प्रयोग भएको छ । यस घटनाले यस्ता उपकरणहरूको दुरुपयोगप्रति विश्वव्यापी चिन्ता बढाएको छ ।
मेटा स्मार्ट ग्लास के हो ?
मेटा स्मार्ट ग्लास एउटा अत्याधुनिक प्रविधिको चश्मा हो, जुन मेटा र रेबन कम्पनीले मिलेर निर्माण गरेका हुन् । यो साधारण चश्माजस्तै देखिन्छ, तर यसमा क्यामेरा जडान गरिएको हुन्छ । यसमार्फत प्रयोगकर्ताले आफ्नो नजरबाट देखिएका दृश्यहरू रेकर्ड गर्न सक्छन् । यसले फोटो खिच्ने, लाइभ स्ट्रिम गर्ने, कल रिसिभ गर्ने र संगीत बजाउने सुविधा पनि दिन्छ ।
एफबीआईका डेप्युटी असिस्टेन्ट डाइरेक्टर क्रिस्टोफर राया अनुसार, शम्सुद्दिन जब्बार, जो एक अमेरिकी नागरिक र पूर्व सैनिक थिए, उनी इस्लामिक स्टेट (आईएसआईएस) बाट प्रेरित थिए । आक्रमणअघि उनले काहिरा र क्यानाडाको यात्रा गरेको थियो । यद्यपि, यी यात्राहरूको यस घटनासँग प्रत्यक्ष सम्बन्ध रहेको स्पष्ट भइसकेको छैन् ।
३१ डिसेम्बरको रात, जब बोरबोन स्ट्रीटमा ठूलो भिडले नयाँ वर्षको स्वागत गरिरहेको थियो, शम्सुद्दिन जब्बारले पिकअप ट्रक लिएर मानिसहरूलाई किचिरहेका थिए । यस हमलामा १४ जनाको मृत्यु भयो र दर्जनौं घाइते भए । घटनास्थलमा उपस्थित प्रहरीले तत्काल कारबाही गर्दै आक्रमणकारीलाई मारिदिएको थियो ।
यस घटनाले स्मार्ट उपकरणहरूको प्रयोग र तिनको निगरानीमा गम्भीर प्रश्न खडा गरेको छ । विज्ञहरूका अनुसार अत्याधुनिक प्रविधिहरू मानिसको जीवनलाई सहिलो बनाउन विकसित गरिएको हो । तर यदि यस्ता प्रविधिहरू गलत व्यक्तिहरूको हातमा परे भने, तिनले ठूलो मात्रामा क्षति पुर्याउन सक्छन् ।