कीवर्डहरू -

नेपालमा भीभोको भी २९ ई फाइभजी सार्वजनिक, कति छ मूल्य ?

नेपालमा भीभोको भी २९ ई फाइभजी सार्वजनिक, कति छ मूल्य ?

टेक्नोलोजी ब्रान्ड भिभोले भी सिरिजको नयाँ स्मार्टफोन भी २९ ई फाइभजी सार्वजनिक गरेको छ । कार्तिक १६ देखि १९ गतेसम्म भी २९ ई फाइभजीको प्रि–बुकिङ्ग खुला गरिएको छ ।

भी २९ ई फाइभजीको प्रि–बुकिङ्ग गरी ग्राहकहरुले ३ हजार ९९९ रूपैयाँ मुल्य बराबरको रिभरसङ्ग इयरबड प्राप्त गर्न सक्नेछन् । यो स्मार्टफोनको मूल्य ४२ हजार ९९९ रूपैयाँ तोकिएको छ । कार्तिक २० गतेदेखि यो स्मार्टफोन बिक्रीका लागि उपलब्ध हुनेछ । 

यसको अत्याधुनिक विशेषताहरुले गर्दा भिभो भी २९ ई फाइभजीले स्टुडियो जस्तो दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । भी २९ ई फाइभजीमा स्मार्ट औरा लाइट पोट्र्रेटको साथै १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ । 

यो फोन रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याक लिभरेजिङ फ्लोराइट एजी ग्लासमा उपलब्ध छ । स्लिम फ्ल्याट फ्रेम र ६.६७ इन्चको स्क्रिन साइजको साथ, हालै लन्च गरिएको भिभो भी २९ ई फाइभजीमा ६४ मेगापिक्सेल ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, स्मार्ट औरा लाइट पोट्र्रेटको साथ स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, १२० हर्जको एमोलेड डिस्प्ले लगायतका आकर्षक विशेषताहरु रहेका छन् ।