कीवर्डहरू -

च्याटबटसँग संवेदनशील जानकारी शेयर नगर्न विज्ञहरूको चेतावनी, कस्ता जानकारी शेयर नगर्ने ?

च्याटबटसँग संवेदनशील जानकारी शेयर नगर्न विज्ञहरूको चेतावनी, कस्ता जानकारी शेयर नगर्ने ?

च्याटबटहरू सहायक र विश्वसनीय असिस्टेन्ट जस्तो लाग्न सक्छन् । तर, विशेषज्ञहरूले तिनीहरूप्रति धेरै भरोसा गर्न सचेत गराएका छन् । विशेष गरी संवेदनशील जानकारी जस्तै स्वास्थ्य सम्बन्धी सल्लाहका लागि।  

हालैका केही सर्वेक्षणहरूले मानिसहरूले यस्तो गाइडेंसका लागि एआई तर्फ आकर्षित हुने बढ्दो प्रवृत्तिलाई उजागर गरेका छन् । न्यूयोर्क पोस्टको एक रिपोर्ट अनुसार, क्लीभल्यान्ड क्लिनिकको डाटाले पाँचमध्ये एक अमेरिकीले एआईबाट स्वास्थ्य सम्बन्धी सल्लाह मागेका देखाएको छ ।

जबकि गत वर्ष टेब्रा सर्वेले करिब २५ प्रतिशत अमेरिकीहरूले परम्परागत थेरापीको सट्टा च्याटबोटको प्रयोग गर्न रुचाउने संकेत दिएको थियो । 

यस बढ्दो निर्भरता भएता पनि विशेषज्ञहरूले च्याटजीपीटी र अन्य एआई च्याटबोटहरूसँग व्यक्तिगत वा मेडिकल विवरणहरू अनावश्यक रूपमा सेयर नगर्न कडा सल्लाह दिएका छन् । यहाँ हामी तपाईंलाई सात यस्ता कुरा बताउनेछौं, जुन तपाईंले च्याटजीपीटी र अन्य एआई च्याटबोटहरूसँग कहिल्यै सेयर गर्न वा सोध्न हुँदैन् । 

व्यक्तिगत जानकारी

कहिल्यै पनि आफ्नो व्यक्तिगत जानकारी एआई च्याटबटहरूसँग सेयर नगर्नुहोस्, जस्तै तपाईंको नाम, ठेगाना, फोन नम्बर वा ईमेल ठेगाना । यी जानकारीहरूको प्रयोग तपाईंको पहिचान गर्न र तपाईंको गतिविधिलाई ट्र्याक गर्न सकिन्छ ।  

वित्तीय जानकारी

कहिल्यै पनि आफ्नो वित्तीय जानकारी एआई च्याटबटहरूसँग सेयर नगर्नुहोस्, जस्तै तपाईंको बैंक खाता नम्बर, क्रेडिट कार्ड नम्बर वा सामाजिक सुरक्षा नम्बर । यी जानकारीहरूको प्रयोग तपाईंको पैसा वा पहिचान चोर्नका लागि हुन सक्छ ।  

पासवर्ड

कहिल्यै पनि आफ्ना पासवर्डहरू एआई च्याटबोटहरूसँग सेयर नगर्नुहोस् । यी जानकारीहरूको प्रयोग गरेर तपाईंका खाता पहुँच गर्न र तपाईंको डाटा चोरी गर्न सकिन्छ ।  

गोप्य कुरा

कहिल्यै पनि आफ्ना गोप्य कुरा एआई च्याटबटहरूसँग सेयर नगर्नुहोस् । च्याटजीपीटी कुनै व्यक्ति होइन र तपाईंका गोप्य कुरा सुरक्षित राख्न सक्दैन् ।  

स्वास्थ्य सम्बन्धी सल्लाह

एआई तपाईंको चिकित्सक होइन, त्यसैले कहिल्यै पनि एआईबाट स्वास्थ्य सम्बन्धी सल्लाह नलिनुहोस्। साथै, कहिल्यै पनि आफ्नो स्वास्थ्य विवरणहरू जस्तै बीमा नम्बर आदि सेयर नगर्नुहोस् ।  

अनुचित सामग्री

धेरैजसो च्याटबटहरूले उनीहरूसँग सेयर गरिएको कुनै पनि अनुचित सामग्री फिल्टर गर्छन्, त्यसैले केही गलत पाएमा तपाईंलाई प्रतिबन्ध लगाउन सकिन्छ । मात्र यति होइन, यो पनि याद गर्नुहोस् कि इन्टरनेट कहिल्यै केही बिर्सदैन् । त्यसैले, तपाईंले कहिल्यै जान्नुहुन्न कि यी कुरा कहाँ देखा पर्न सक्छन् ।  

त्यस्ता कुरा जुन तपाईं संसारलाई बताउन चाहनुहुन्न

याद गर्नुहोस् कि तपाईंले एआई च्याटबोटहरूलाई भन्नुभएको कुरा सम्भावित रूपमा सेभ गरिएको हुन सक्छ । यो अरूसँग सेयर पनि गर्न सकिन्छ । त्यसैले, तपाईंले एआई च्याटबोटहरूलाई त्यस्तो कुनै कुरा कहिल्यै भन्नु हुँदैन जुन तपाईं अरुलाई बताउन चाहनुहुन्न् । यसमा कुनै पनि गोप्य कुरा हुन सक्छ, जुन तपाईं लुकाएर राख्न चाहनुहुन्छ ।