प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर एकदिनमै कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोग गर्दै एकदिनमै कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने जानकारी दिएका हुन् ।
हालै सरकारले अध्यादेशमार्फत नेपाली आईटी कम्पनीले विदेशमा लगानी गर्न पाउने, विदेशमा शाखा कार्यालय खोल्न पाउने र विदेशमा आर्जन गरेको आम्दानी स्वदेश ल्याउन पाउने लगायतका व्यवस्था गरेको थियो, जसले नेपालको आईटी क्षेत्र उत्साहित बनेको छ । सरकारले गरेका यी व्यवस्थाप्रति सहभागीले धन्यवाद समेत दिएका थिए ।