कीवर्डहरू -

पिक्सेल र मेगापिक्सेलबीच के छ फरक ?

पिक्सेल र मेगापिक्सेलबीच के छ फरक ?

पिक्सेल शब्द दुई शब्दहरू पिक्स र एल मिलेर बनेको छ । पिक्स शब्द पिक्चरबाट लिइएको हो भने एल इलिमेन्टबाट लिइएको हो । यी दुबैलाई जोडेर ’पिक्सेल’ शब्द बनेको छ ।

यसमा साना आकारका थोप्ला र एलिमेन्ट्स हुन्छन्, जुन इमेज सिर्जना गर्न एकसाथ जोडिएका हुन्छन् ।

यो एक नियन्त्रण योग्य तत्व (कन्ट्रोलेबल एलिमेन्ट) हो, जसले स्क्रिन प्रयोग गरेर तस्विर देखाउँदछ । यसमा प्रत्येक पिक्सेलको तीव्रता परिवर्तन गर्न सकिन्छ र प्रत्येक पिक्सेलमा तीन देखि चार रंगहरू हुन्छन् ।

यसले कुनै पनि प्रकारको चित्र देखाउन विभिन्न रंगहरू डिफाइन गर्दछ । पिक्सेलमा मुख्यतया नीलो, रातो, हरियो र अन्य रंगहरू जस्तै सियान कलर, म्याजेन्टा, पहेँलो र कालो रंग समावेश छन् ।
 
स्क्रिनको १ इन्चमा करिब लाखौं यस्ता पिक्सेलहरू हुन्छन्, जुन सामान्यतया कुनै पनि डिस्प्लेमा ३ देखि ४ रङका धेरै सानो आकारका एलईडी हुन्छन् ।

यसले कुनै पनि इमेजलाई आफ्नो काम अनुसार कम वा बढि प्रकाश समायोजन गरेर देखाउँछ । यसलाई हामी पिक्सेल भन्छौं । अब जानौं मेगापिक्सेल बारे ।

मेगापिक्सेल के हो ?

 जब हामी कुनै पनि क्यामेराको बारेमा कुरा गर्छौं, चाहे त्यो फोन होस् वा डिएसएलआर । सबै भन्दा पहिले हामी यसको मेगापिक्सेललाई हेर्छौं ।

जति धेरै मेगापिक्सेल भयो उति नै तस्विर र भिडियोको गुणस्तर राम्रो हुन्छ भन्ने आम मानिसको धारणा छ । तर वास्तविकतामा त्यस्तो हुँदैन् ।
 
क्यामेराको मेगापिक्सेल काउन्ट कम भए पनि, त्यसले राम्रो गुणस्तरको फोटो र भिडियो खिच्छ । यसबाट पनि थाहा हुन्छ, मेगापिक्सेल काउन्ट उच्च हुनुको मतलब तस्बीर गुणस्तरीय हुन्छ भन्ने हुँदैन् । 

मेगापिक्सेल जसको पूरा रूप 'मिलियन पिक्सेल' हो । यसलाई हामी छोटकरीमा एमपी पनि भन्छौं । १ मेगापिक्सेल = १ मिलियन पिक्सेल र १ मिलियन पिक्सेल भनेको = १० लाख पिक्सेल हो ।

यहाँ पिक्सेलहरू माइक्रो साइज डटका हुन्छन्, जुन तपाईंको क्यामेराले खिचेका तस्बिरहरू सिर्जना गर्न एकसाथ जोडिएका हुन्छन् । त्यसपछि तपाईंको फोटो तयार हुन्छ ।

सरल भाषामा बुझ्यौं भने मेगापिक्सेल एक एकाइ हो, जसले क्यामेराको रिजोल्युसन वर्णन गर्दछ वा कुनै पनि क्यामेराले खिचेको फोटो बारे वर्णन गर्दछ ।
 
मेगापिक्सेलले कसरी काम गर्छ ?

यो कुल १ मिलियन पिक्सेल बराबर एक मेगापिक्सेल हुन्छ । मेगापिक्सेलमा हुने उच्च रिजोल्युसनका कारण इमेजको गुणस्तर नघटाई जुम गर्न सकिन्छ ।

उच्च मेगापिक्सेल काउन्टको कारण, तपाई ईमेजलाई अझ बढी जुम गर्न सक्नु हुनेछ, जसको कारण ईमेज फाट्दैन र यसको गुणस्तर कायम रहन्छ ।

उदाहरणका लागि, यदि हामीले डिएसएलआर क्यामेरा वा फोन क्यामेराबाट फोटो खिच्यौं भने, त्यो फोटोको रिजोल्युसन मेगापिक्सेलको रूपमा प्रतिनिधित्व हुन्छ । मानौं एउटा फोनको क्यामेरा ८ मेगापिक्सेल छ र दोस्रो फोनको क्यामेरा १६ मेगापिक्सेलको छ भने तपाईले दुवै फोनको क्यामेराबाट २५८०×२०४८ पिक्सेलको ४ः३ साइजको तस्बिर खिच्नु भएको छ ।

त्यसपछि दुवै फोनले खिचेको तस्बिर जुम गर्दा १६ मेगापिक्सेल भएको फोनको फोटो धेरै जुम गर्दा पनि फाटदैन् भने ८ मेगापिक्सेलबाट खिचिएको फोनबाट फाट्स सक्छ । यद्यपी ईमेज क्वालिटीका लागि मेगापिक्सेलको साथै यसमा जडान गरिएको इमेज सेन्सरले पनि धेरै ठूलो भूमिका खेल्छ ।

यस कारणले गर्दा, फोनको १६ एमपी क्यामेराको तुलनामा १६ एमपी प्रोफेशनल क्यामेरा अर्थात् डिएसएलआरबाट खिच्दा इमेज गुणस्तर राम्रो हुन्छ, किनभने प्रोफेशनल क्यामेराको इमेज सेन्सर फोनको क्यामेरा भन्दा ठूलो हुन्छ । त्यही भएर तस्बिरहरू राम्रै आउँछन् ।