कीवर्डहरू -

फार्मिङ स्क्याम के हो ? जोगिने कसरी ?

फार्मिङ स्क्याम के हो ? जोगिने कसरी ?

पछिल्लो समय साइबर विश्वमा नयाँ स्क्याम देखिने थालेको छ, त्यो हो फार्मिङ स्क्याम । यसबारे धेरै कम मानिसलाई थाहा छ, जस कारण गर्दा धेरै व्यक्ति यसको सिकार पनि भइरहेका छन् ।

फार्मिङ एक प्रकारको अनलाइन स्क्याम हो, जसमा मालवेयरबाट प्रभावित कोडलाई कुनै वेबसाइट वा नेटवर्क सर्भरमा इन्स्टल गरिन्छ । प्रायः यस किसिमका वेबसाइटहरू नक्कली र ठगीको लागि प्रयोग गरिन्छ । यस प्रकारका वेबसाइटहरूमा प्रयोगकर्ताहरूलाई उनीहरूको इच्छा बिना नै लगिन्छ ।

फार्मिङ स्क्याममा कुनै लिङ्कमा क्लिक गर्न आवश्यक हुँदैन् । स्क्यामरहरूले यस किसिमका वेबसाइटहरूलाई यसरी डिजाइन गर्छन् कि ती वास्तविक जस्ता देखिन्छन् । यस झुक्याउने प्रक्रियामा प्रयोगकर्ताहरूले आफ्नो लगइन जानकारी त्यहाँ प्रविष्ट गर्छन्, जसले गर्दा स्क्यामरहरूले व्यक्तिको व्यक्तिगत जानकारी प्राप्त गर्छन्। 

फार्मिङ स्क्याममा ह्याकरहरूले डोमेन नेम सिस्टम (डीएनएस) लाई लक्षित गर्छन् र वेबसाइट ठेगानालाई ट्रान्सलेट गर्छन् । यससँगै प्रयोगकर्ताहरूलाई सही वेबसाइटमा पुर्‍याउनुको साटो नक्कली वेबसाइटमा पुर्या‍इन्छ ।

ह्याकरहरूले कहिलेकाहीँ फार्मिङ स्क्याममा शंकास्पद कोड वेबसाइटभित्र पठाउँछन् । यसपछि कतिपय अवस्थामा सामग्री व्यवस्थापन प्रणाली (सिएमएस) पनि प्रभावित हुन्छ । ह्याकरहरूले वेबसाइटको सुरक्षामा समस्या सिर्जना गरेर त्यसमा फिशिङ हमला गर्छन् ।

फार्मिङ स्क्यामबाट यसरी जोगिने ?

फार्मिङ स्क्याममा स्क्यामरहरूले प्रायः वेबसाइटहरूलाई छेडछाड गर्छन् । त्यसैले कुनै पनि वेबसाइटमा लगइन गर्नु अघि त्यसलाई राम्ररी प्रमाणित गर्नुपर्छ ।  

सधैँ डिभाइसमा एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्नुहोस् । साथै, सधैँ सुरक्षित ब्राउजरको प्रयोग गर्नुहोस् ।  

यदि कुनै अपरिचित व्यक्तिले इमेल पठाएर तपाईंलाई खोल्नका लागि दबाब दिन्छ भने त्यो फिशिङ इमेल हुन सक्छ । यस्ता इमेलमा कुनै शंकास्पद लिङ्क हुन सक्छ, त्यसलाई गल्तीले पनि क्लिक नगर्नुहोस् ।  

ह्याकरहरूको आक्रमणबाट जोगिनका लागि भीपीएन (वर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको इन्टरनेट सर्भर सुरक्षित हुन सक्छ । साथै, आईपी ठेगाना र गोपनीयता पनि सुरक्षित हुनेछ ।  

यसरी स्क्यामबाट बच्नका लागि सार्वजनिक वाइफाइको प्रयोग नगर्नुहोस् । सार्वजनिक वाइफाइको प्रयोग गर्दा गल्तीले पनि बैंकिङ र सुरक्षासम्बन्धी कार्य नगर्नुहोस् ।