कीवर्डहरू -

कामना सेवा विकास बैंकमा खाता खोल्दा अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सकिने

कामना सेवा विकास बैंकमा खाता खोल्दा अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सकिने

कामना सेवा विकास बैंकमा अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने भएको छ । यो सँगै कामना सेवा विकास बैंकमा खाता खोल्न ग्राहक स्वयं उपस्थित हुनु नपर्ने भएको छ ।

अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भएतापनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्न बैंकमा स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था थियो । तर अब अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरी ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सकिने छ ।

यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लेटफर्म www.digiaccount.kamanasewabank.com मार्फत खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ ।

बैंकले यो व्यवस्था ल्याएसँगै स्वदेश तथा विदेशमा रहेका ग्राहकले आफू अनुकूल विभिन्न प्रकारका खाता खोल्न सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आफ्नो खाता खोलेर डिम्याट, मेरो सेयर लगायतका सुविधाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले अनलाइन खाता खोल्ने प्रक्रियाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ । उक्त भिडियो बैंकको वेबसाइट तथा अन्य सामाजिक सञ्जालमा राखिएको बैंकले जनाएको छ ।