ह्वाट्सएप प्रयोगकर्ताहरूले अब इन्स्टाग्राममा पनि आफ्नो स्टेटस सेयर गर्न सक्ने सुविधा आउने भएको छ ।
ह्वाट्सएपले बेटा संस्करणमा यो नयाँ फिचरको परीक्षण गरिरहेको छ । हाल ह्वाट्सएप स्टेटस फेसबुकमा सेयर गर्न सकिन्छ । तर अब छिट्टै इन्स्टाग्राममा पनि शेयर गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।
ह्वाट्सएप फिचर ट्र्याक गर्ने साइट वाबेटा इन्फोले नयाँ फिचरको बारेमा जानकारी दिएको हो । इन्स्टाग्राममा स्टेटस सेयर सुविधा एन्ड्रोइडको बेटा संस्करण २.२३.२५.२० मा देख्न सकिन्छ । यसको परीक्षण लामो समयदेखि भइरहेको छ ।
यो नयाँ फिचर आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक एकसाथ लिंक हुनेछन् । एउटै एपबाट तीनवटै प्लेटफर्ममा स्टाटस सेयर गर्न सकिन्छ । तर यो फिचर प्रयोग गर्ने की नगर्ने त्यो प्रयोगकर्ताको अधिनमा हुनेछ ।