कीवर्डहरू -

किन रोज्ने क्लाउड स्टोरेज ? के छन् फाइदा ?

किन रोज्ने क्लाउड स्टोरेज ? के छन् फाइदा ?

२१औं शताब्दीसम्म आइपुग्दा विश्वमा विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै नयाँ नौला आविष्कार भएका छन् । यसैगरी कम्प्युटर तथा टेक्नोलोजीको क्षेत्रमा पनि अहिले सम्म धेरै ठूलाठूला परिवर्तन तथा विकास भएका छन् ।

केही समय अघिसम्म मानिसले दैनिक जीवन आफ्‌ना कार्यालयलगायत थुप्रै व्यक्तिगत डाटाहरू अथवा फाइलहरू कम्प्युटरको हार्डड्राइभ डिस्कमा र पेनड्राइभलगायतमा राख्ने गर्दथे । तर प्रविधिको परिवर्तनसँगै यसरी डाटा तथा फाइलहरू सुरक्षित साथ राख्न क्लाउड स्टोरेज नामको इन्टरनेट स्टोरेज प्रचलनमा आएको छ ।

हामीले क्लाउड, क्लाउड कम्प्युटिङ अथवा क्लाउड स्टोरेज आदि शब्दहरू मानिसहरूले प्रयोग गरेको सुन्दै आइरहेका छौं। तर वास्तवमा के हो त क्लाउड ? धेरै हदसम्म क्लाउडको मतलब इन्टरनेट हो । अथवा इन्टरनेटभित्रको हामीले प्रयोग गर्ने सम्पूर्ण कुराहरू नै क्लाउड हो ।

क्लाउड स्टोरेजमा पछिसम्म जोगाइराख्नुपर्ने आफ्‌ना फाइल अथवा डाटाहरू सुरक्षित साथ राख्न सकिन्छ । यसमा आफ्‌ना महत्त्वपूर्ण फाइलहरू हराउने तथा चोरी हुने डर हुँदैन । साथसाथै ड्राइभ तथा पेनड्राइभलगायतका स्टोरेज गर्ने सामग्रीहरू बोकेर हिँडिरहने झन्झट पनि रहँदैन ।

इन्टरनेट उपलब्ध भएमा जुनसुकै अवस्थामा जस्तोसुकै डिभाइसबाट पनि क्लाउड स्टोरेजको प्रयोग गर्न सकिन्छ । यसको प्रयोग सरल मितव्ययीसमेत छ । यसकारण पनि हाल क्लाउडप्रतिको आकर्षण बढ्दो छ ।

null

क्लाउड स्टोरेज भनेको क्लाउड कम्प्युटिङ मोडल हो, जहाँ रिमोट सर्भरमा डाटाहरू स्टोर भएर रहेका हुन्छन् । र इन्टरनेटद्वारा यसको प्रयोग गर्न सकिन्छ । यदि कुनै चिज क्लाउडमा छ भन्नुको मतलब त्यो कुरा इन्टरनेट सर्भरमा स्टोर गरिएको छ भन्ने हो। तर यसमा कम्प्युटरको हार्ड ड्राइभको प्रयोग भने भएको हुँदैन ।

क्लाउड स्टोरेजको व्यवस्थापन तथा सञ्चालन क्लाउड स्टोरेज सर्भिस प्रोभाइडरले गर्ने गर्दछ। यसका साथै स्टोरेज सर्भर निर्माणका लागि भर्चुअलाइजेसनको टेक्निकमा गरिएको हुन्छ । क्लाउड स्टोरेजका लागि धेरै सर्भिस प्रोभाइडरहरू रहेका छन् । क्लाउड स्टोरेजको पब्लिक, प्राइभेट र हाइब्रिड गरी तीन प्रकारका स्टोरेज छन् ।

प्राइभेट क्लाउड स्टोरेज

यो स्टोरेज सिस्टम कुनै पनि एउटा संस्था वा व्यक्तिका लागि उसको आवश्यकताअनुसार तयार गरिएको हुन्छ । प्राइभेट क्लाउडको अन प्रिमिस र एक्सटर्नल होस्टेड गरी जम्मा दुई फर्म्याटमा आउँछ ।

दुवैले रामो काम गर्छन् तर प्रिमिस फर्म्याट भने व्यक्तिका लागि नभएर बिजनेसका लागि हुन्छ । यदि सानो खालको बिजनेस छ भने त्यसका लागि यो उपयोगी हुन्छ । यसका साथै आफ्‌नो बिजनेसको आवश्यकता अनुसार प्राइभेट क्लाउडलाई परिवर्तन गर्न सकिन्छ ।

पब्लिक क्लाउड स्टोरेज

यो क्लाउड सर्भिसमा थोरै प्रसाशनिक नियन्त्रण आवश्यक हुन्छ । अधिकार प्राप्त जोकोहीले पनि यसको प्रयोग गर्न सक्छ । प्राइभेट क्लाउडमा झै यसको सिस्टमलाई समायोजन गरिरहन आवश्यकता पर्दैन। यो पब्लिक क्लाउड स्टोरेज सर्वसाधारणहरूका लागि निःशुल्क इन्टरनेटमा उपलब्ध हुन सक्छ । अथवा यसको प्रयोगको आधारमा निश्चित शुल्कसमेत निर्धारण गरिएको हुन्छ ।

हाइब्रिड क्लाउड स्टोरेज

प्राइभेट र पब्लिक क्लाउडको मिश्रित स्वरूप नै हाइब्रिड क्लाउड हो । हाइब्रिडका फिचरहरू आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ। यसभित्र आवश्यक एप्लिकेसनसमेत थप गर्न सकिन्छ । यसमा प्राइभेट क्लाउडमा अति महत्त्वपूर्ण डाटाहरू राख्न सकिन्छ । त्यस्तै कम महत्त्वपूर्ण डाटाहरूलाई भने पब्लिकमा राख्न सकिन्छ । यसको प्रयोगले समय तथा पैसाको बचत गर्न सकिन्छ ।

क्लाउडको प्रयोग किन ? र केका लागि ?

कम्प्युटरमा हार्डड्राइभ डिस्कको प्रयोग नगरी मानिसले क्लाउड रोज्नुको मुख्य कारण सरल र भरपर्दो नै हो । जस्तै जिमेल, याहुजस्ता सञ्जालहरूमा हामीले पहिले नै क्लाउडको प्रयोग गरिसकेका छौं ।

वेब बेस सर्भिसका सम्पूर्ण इमेलहरू कम्प्युटरको हार्ड ड्राइभमा भन्दा पनि सर्भरमा स्टोर भएको हुन्छ । यसको मतलब हामीले इन्टरनेट कनेक्सन भएको जुनसुकै कम्प्युटरबाट पनि आफ्‌नो इमेल भेट्न सक्छौं । त्यसमा थप यदि कम्प्युटरमा केही खराबी भए पनि हामीले आफ्‌नो डाटा क्लाउडमा राखेको छौं भने सुरक्षित भेट्न सक्छौं ।

null

त्यसकारण क्लाउडको प्रयोग भरपर्दो र सरल रहेको छ। यसका साथै क्लाउडको प्रयोग मितव्ययीसमेत रहेको छ। समयको समेत बचत हुने भएका कारण विभिन्न व्यापार तथा व्यवसायका लागि पनि क्लाउड नै उपयुक्त विकल्प बन्दै गएको छ ।

क्लाउड नै रोज्नुका मुख्य कारणहरु

​​​​​​​फाइल स्टोरेज हामीले क्लाउडमा सबै खालका इन्फर्मेसन भएका फाइल तथा इमेलहरू राख्न सक्छौं । इन्टरनेट उपलब्ध भएको कुनैपनि ठाउँ तथा इन्टरनेट कनेक्ट भएका जुनसुकै डिभाइसबाट पनि क्लाउडमा फाइलहरू स्टोर गर्न सकिन्छ । ड्रप बक्स तथा गुगल ड्राइभ अहिलेका प्रचलित क्लाउड बेस स्टोरेज सर्भिसहरू हुन् ।

फाइल सेयरिङ

​​​​​​​क्लाउडले एकैपटकमा धेरै मानिसहरूमाझ फाइल सेयर गर्न मद्दत गर्दछ । जस्तै हामीले फ्लिकर तथा आइक्लाउड फोटोजजस्तो क्लाउड बेस फोटो सर्भिसमा धेरै फोटो अपलोड गयौं भने त्यसलाई चाँडै नै साथीभाइ तथा आफन्तसँग सेयर गर्न सकिन्छ ।

व्याकिङ अप डाटा

डाटा ब्याकअपका लागि पनि क्लाउडको प्रयोग गर्न सकिन्छ। मोजी र कार्बोनाइटजस्ता एप्सहरूले डाटाहरू अटोमेटिक रूपमा ब्याकअप गरेर राख्छन् । त्यसकारण क्लाउडको प्रयोगले यदि कम्प्युटर तथा अन्य डिभाइस हराएमा अथवा खराब भयो भने पनि त्यस्ता ब्याकअप गरिएका सम्पूर्ण - फाइलहरू रिकभर गर्न सकिन्छ ।
 

सम्बन्धित समाचार