आजभन्दा केही वर्ष अगाडिको कुरा गर्ने हो भने, मोबाइलको सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्यसलाई पानीबाट जोगाउनु थियो। तर, अहिले समय बदलिएको छ।
आजकल यस्तो स्मार्टफोनहरू आउँदैछन्, जसले पानीमा पनि फोटोग्राफी गर्न सक्छन् । यस्ता फोनहरूलाई लामो समयसम्म गहिरो पानीमा डुबाएर राख्दा पनि केही हुँदैन् ।
अब प्रश्न उठ्छ, विगतका केही वर्षहरूमा स्मार्टफोन कम्पनीहरूले यस्तो के सिके, जसको आधारमा उनीहरू ढुक्कसँग भन्न सक्छन् कि पानीले मोबाइललाई केही गर्न सक्दैन् । आज हामी यसैको पछाडिको विज्ञान बुझ्ने प्रयास गर्नेछौं ।
स्मार्टफोनलाई पानीबाट सुरक्षित राख्ने जिम्मेवारी आईपी रेटिङको हुन्छ, जसलाई इंटरनेसनल प्रोटेक्सन रेटिङ पनि भनिन्छ । यही रेटिङले तय गर्छ कि फोन धूलो र पानीबाट कति सुरक्षित रहन सक्छ ।
आईपी रेटिङ दुई अक्षर र दुई अंक मिलेर बनेको हुन्छ । यसमा पहिलो अंक ० देखि ६ सम्मको हुन्छ, जसले ठोस चिजहरूको लागि हो । दोस्रो अंक तरल पदार्थहरूको लागि हो, जस्तै पानी र पसिना ।
आईपी रेटिङ जति उच्च हुन्छ, उपकरण त्यति नै सुरक्षित मानिन्छ। आईपी ६७ रेटिङ भएका उपकरणहरू १ मिटर गहिराइमा ३० मिनेटसम्म पानीमा सुरक्षित रहन्छन् । आईपी ६८ रेटिङ भएका उपकरणहरू १.५ मिटर गहिराइमा ३० मिनेटसम्म सुरक्षित रहन सक्छन् ।
केही उपकरणहरूलाई आईपी एक्स ८ जस्तै रेटिङ पनि दिइएको हुन्छ । यहाँ पहिलो अक्षर ’एक्स’ को अर्थ हो कि उपकरणलाई धूलोका लागि परीक्षण गरिएको छैन् । सामान्यतया, जति उच्च रेटिङ हुन्छ, उपकरण त्यति नै सुरक्षित मानिन्छ ।
मिलिट्री सर्टिफिकेसन र स्ट्यान्डर्ड
आजकल स्मार्टफोनहरूलाई मिलिट्री–ग्रेड सर्टिफिकेसन पनि दिइन्छ, जुन एकदम नयाँ ट्रेन्ड हो । यो सर्टिफिकेसनले सुनिश्चित गर्छ कि उपकरण कठिन भन्दा कठिन परिस्थितिमा पनि सुरक्षित रहन सकोस् ।
उदाहरणका लागि, यदि कुनै फोनलाई MIL-STD-810Gs सर्टिफिकेसन प्राप्त भएको छ भने, यसको अर्थ हो कि फोन न्यूक्लियर रेडिएसन, कंक्रिटमा खस्दा, र उच्च तापक्रम पनि सजिलै झेल्न सक्छ ।