कीवर्डहरू -

विकिपिडियाको २५औं वर्षगाँठमा एआई कम्पनीहरूसँग साझेदारी, च्याटबोटका लागि पहुँच सहज

विकिपिडियाको २५औं वर्षगाँठमा एआई कम्पनीहरूसँग साझेदारी, च्याटबोटका लागि पहुँच सहज

विकिपिडियाको २५औं वर्षगाँठको अवसरमा यसको अभिभावक संस्था विकिमिडियाले एआई–केन्द्रित कम्पनीहरूसँग नयाँ साझेदारी घोषणा गरेको छ। यसमा अमेज़न, मेटा, पर्प्लेक्सिटी, माइक्रोसफ्ट लगायतका ठूला कम्पनीहरू समावेश छन्।

साझेदारीको उद्देश्य एआई च्याटबोटहरूले विकिपिडियाको सामग्री अत्यधिक मात्रामा प्रयोग गर्दा हुने लागतलाई कम गर्नु हो। ठूला प्रविधि कम्पनीहरूले अब विकिमिडियाको सामग्रीमा सरल र व्यवस्थित पहुँच पाउनेछन्।

अमेरिकी मिडिया द भर्जका अनुसार, यी सम्झौता कार्यान्वयनको समयरेखा अलिक अनियमित छ। विकिमिडियाले भने केही कम्पनीहरू गत वर्षभरिमा एन्टरप्राइज साझेदार बनेको दाबी गरेको छ, तर अमेज़न, गुगल र मेटा लाई अघिल्ला साझेदारको रूपमा सूचीबद्ध गरेको छ। आज पहिलोपटक यी सम्झौता सार्वजनिक रूपमा घोषणा गरिएको हो।

विकिमिडिया एन्टरप्राइजका अध्यक्ष लेन बेक ले रोयटर्ससँग भनेका छन्, ‘हामीले ठूला कम्पनीहरूलाई हाम्रो नि:शुल्क प्लेटफर्मबाट व्यवसायिक प्लेटफर्ममा ल्याउन के–के सुविधाहरू र कार्यक्षमता दिन सकिन्छ भनेर बुझ्न अलिक समय लाग्यो। तर हाम्रा सबै बिग टेक साझेदारहरूले विकिपिडियाको कार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई बुझेका छन्।’

यस सम्झौताअन्तर्गत साझेदार कम्पनीहरूले उच्च–थ्रूपुट एपीआईमार्फत विकिपिडियाको सामग्री प्रयोग गर्न सक्नेछन्। 

यसमा केवल विकिपिडियासँगै विकिमिडियाका अन्य परियोजना जस्तै Wikivoyage, Wikibooks, Wikiquote लगायतका सामग्री पनि समावेश छन्। यसले एआई च्याटबोटहरूलाई व्यापक र गुणस्तरीय जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ।