कीवर्डहरू -

रेडियो: प्रविधिको विकाससँगै अडियोदेखि भिडियोसम्म विस्तार

रेडियो: प्रविधिको विकाससँगै अडियोदेखि भिडियोसम्म विस्तार

आज विश्व रेडियो दिवस । प्रविधिको तीव्र गति र नयाँ डिजिटल प्लेटफार्महरू निरन्तर परिवर्तन भइरहे पनि रेडियो आज पनि विश्वभर सबैभन्दा भरपर्दो र व्यापक रूपमा प्रयोग हुने सञ्चार माध्यममध्ये एक रहँदै आएको छ । 

सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रहरूले र २०१२ मा संयुक्त राष्ट्र संघको महासभाले फेब्रुअरी १३ लाई ‘विश्व रेडियो दिवस’ को रूपमा मनाउने घोषणा गरेका थिए ।

१३ फेब्रुअरी संयुक्त राष्ट्रसंघको रेडियो र अन्तर्राष्ट्रिय प्रसारण सेवा स्थापनाको वार्षिकोत्सवको दिन हो, जुन सन् १९४६ मा स्थापना भएको थियो । विश्व रेडियो दिवस हरेक वर्ष फेब्रुअरी १३ मा मनाइन्छ ताकि मानव जीवनलाई आकार दिन, सूचना फैलाउन, र विश्वभर संचार प्रवद्र्धन गर्न रेडियोको महत्त्वलाई चिनाउन सकियोस् । 

हरेक वर्ष, कुनै विशेष विषयवस्तु ९थीम० रेडियोको समाजमा विकसित हुँदै गएको महत्त्वलाई दर्शाउन केन्द्रित गरिन्छ । मोबाइल फोनको व्यापक प्रयोगले रेडियोको लोकप्रियतामा केही कमी आएको भए पनि, अझै पनि धेरै स्थानहरूमा र धेरै मानिसहरूद्वारा यसको उपयोग भइरहेको छ । 

यस वर्ष विश्व रेडियो दिवसको थीम ‘रेडियोः एक शताब्दीको जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको छ । यस थीमले रेडियोको ऐतिहासिक योगदान, वर्तमान सान्दर्भिकता र उज्ज्वल भविष्यलाई प्रतिबिम्बित गर्छ ।

नेपालमा पनि रेडियो प्रसारणको सुरुवात वि।सं २००७ चैत्र २० मा रेडियो नेपालले पहिलो रेडियो कार्यक्रम प्रसारण गरेको थियो । रेडियोको विकासले संगीत उद्योगलाई सधैंका लागि परिवर्तन गर्‍यो । 

नेपाल सामुदायिक रेडियोको विकासले महत्वपूर्ण कोसेढुंगा पार गरिसकेको छ । सामुदायिक रेडियो सुरू भएको अवधि दुई दशक नागिसकेको छ । 

डिजिटल रेडियो

डिजिटल रेडियो एक यस्तो रेडियो प्रसारण प्रणाली हो, जसमा डिजिटल सिग्नलको प्रयोग गरिन्छ । डिजिटल सिग्नल परम्परागत एनालग सिग्नलको तुलनामा बढी प्रभावकारी र विश्वसनीय हुन्छन् । डिजिटल रेडियोमा, ध्वनिलाई पहिले डिजिटल रूपमा परिवर्तन गरिन्छ, त्यसपछि त्यसलाई डिजिटल सिग्नलमा सङ्कुचित गरिन्छ ।

यो सिग्नल ट्रान्समिटरमार्फत प्रसारण गरिन्छ । यसलाई ई–रेडियो भनेर पनि चिनिन्छ । यो इन्टरनेटमार्फत प्रसारित हुने ध्वनि सेवा हो । इन्टरनेटमा सङ्गीत स्ट्रीमिङलाई सामान्यतः वेबकास्टिङ भनिन्छ, किनभने यसलाई मूलतः बेतार प्रविधिको सहायताले प्रसारण गरिँदैन् ।

यी सबैका अतिरिक्त, इन्टरनेट रेडियो (रेडियो स्टेसन) मा मिडिया स्ट्रीमिङ हुन्छ, जसले श्रोताहरूलाई निरन्तर ध्वनि प्रवाह प्रदान गर्छ, जुन रोक्न वा फेरि प्ले गर्न सकिँदैन् । यो मागअनुसार उपलब्ध गराइने फाइल प्रस्तुतीकरण सेवाभन्दा फरक हुन्छ ।

वर्तमान डिजिटल–प्रधान युगमा, रेडियोलाई नयाँ स्वरूप दिइएको छ, र यो नयाँ प्लेटफर्महरूमा पनि प्रवेश गरेको छ । यो वेबमा छ । यो अडियो फाइल र पोडकास्टको रूपमा पनि जीवित छ । फाइभजी नेटवर्क र उच्च गतिको कनेक्टिविटीको विस्तारसँगै, रेडियो प्रविधिको रूपमा लाखौं मानिसहरूसम्म पुगिरहेको छ । टेस्ला र मार्कोनीले सायदै कल्पना गरेका थिए होलान् कि इलेक्ट्रोम्याग्नेटिज्मको प्रयोगले यति ठूला उपलब्धिहरू सम्भव बनाउनेछ ।

तीव्र गतिमा अघि बढ्दै, वायरलेस प्रविधिले लगभग हरेक क्षेत्रमा कुनै न कुनै रूपमा प्रभाव पारेको छ । चिकित्सा क्षेत्रमा, आईओटी–सम्बन्धित स्वास्थ्य उपकरणहरू र प्रविधिहरू लोकप्रिय हुँदै गएका छन् । आईओटी सेन्सरहरूको सटीकताले परम्परागत कृषि पद्धतिहरूलाई प्रतिस्थापन गर्दै उत्पादन वृद्धि गरिरहेको छ ।

यहाँसम्म कि लजिस्टिक्स र यातायात क्षेत्र पनि अहिले स्याटेलाइट ट्र्याकर, इन्टरनेट–संलग्न ट्र्याकर र फ्लीट व्यवस्थापनका लागि वायरलेस सेन्सरहरूबिना अज्ञात छैनन् । धेरै रेडियो च्यानलहरुले हाल विभिन्न सामाजिक सञ्जालहरुको माध्यमबाट लाइभ् पनि गर्न थालेका छन् ।