कीवर्डहरू -

विद्युतीय स्कुटर जीहो ब्राण्डको नयाँ शोरूम झम्सिखेलमा

विद्युतीय स्कुटर जीहो ब्राण्डको नयाँ शोरूम झम्सिखेलमा

विद्युतीय स्कुटर जीहो ब्राण्डको नयाँ शोरूम झम्सिखेलमा सुरू भएको छ । सीएफ मोटोले झम्सिखेलमा २ हजार वर्गफिटमा फैलिएको जीहोको नयाँ शोरूम सुरू गरेको हो । 

उक्त शोरूममा अहिले जीहो ब्रान्डका एई६ प्लस र एई८ मोडल उपलब्ध रहेका छन् ।  आगामी अप्रिल महिना देखि सीएफ मोटो बाइकका साथ शोरुमको ग्रान्ड लन्च गर्ने योजना कम्पनीको छ । 

जीहो ब्रान्डका एई६ प्लस र एई८ इलेक्ट्रिक स्कुटर दुई पांग्रे सामान्य सवारी साधन मात्र नभई  प्रविधि, डिज़ाइन र फरक कार्यक्षमता भएका प्रिमियम इलेक्ट्रिक स्कुटर भएको कम्पनीको भनाइ छ । 

जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, स्ट्यान्ड एन्ड सिट सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम (जेड–बीएमएस), पावरफुल मोटर, छोटो समयमै चार्ज हुने चार्जर, किलेस अपरेसन -एनएफसी कार्ड र १४० देखि १६० किलोमिटर सम्म रेन्ज पाउन सक्ने विविध विशेषताका कारण जीहो ब्रान्डका इलेक्ट्रिक स्कुटर फरक रहेको कम्पनीको भनाइ छ।