कीवर्डहरू -

किन आवश्यक पर्छ जिप फाइल ? कसरी बनाउन सकिन्छ ?

किन आवश्यक पर्छ जिप फाइल ? कसरी बनाउन सकिन्छ ?

जीप फाइलको मद्दतले तपाईले ठूला साइजका फाइलहरूलाई कम्प्रेस गरेर सानो साइजमा रूपान्तरण गर्न सक्नुहुन्छ । यसले फाइलहरूलाई ४० देखि ७० प्रतिशतसम्म कम्प्रेस गर्न सक्छ ।

जीप फाइलको एक्स्टेन्सन सामान्यतया डट जीप हो, जसको मद्दतले तपाईले धेरै फाइलहरूलाई एकै ठाउँमा राखेर कम्प्रेस गर्न सक्नुहुन्छ । यसलाई तपाईले इन्टरनेटमार्फत जो कोहीसँग सेयर गर्न सक्नुहुन्छ ।
 
साथै, यदि कुनै फाइलको साइज इमेलमार्फत पठाउन सकिने साइज भन्दा ठूलो छ भने त्यसलाई जिपमा रूपान्तरण गरेर इमेलमा अट्याच गरेर सजिलै पठाउन सकिन्छ ।

यसको सबैभन्दा ठूलो विशेषता भनेको तपाईले धेरै प्रकारका फाइलहरू जस्तै अडियो, भिडियो, इमेज, सफ्टवेयर डक्युमेन्ट आदिलाई एउटै फोल्डरमा राखेर जिप फाइल बनाउन सक्नुहुन्छ । ताकि सबै फाइलहरू एकै साथ जो कोहीसँग सेयर गर्न सकियोस् ।

यस बाहेक जीप फाइललाई सुरक्षित पार्न पासवर्ड पनि राख्न सकिन्छ । त्यसपछि अन्य प्रयोगकर्ताहरूले त्यो पासवर्ड इन्टर नगरी जीप फाइल प्रयोग गर्न सक्षम हुनेछैनन् ।

जिप फाइलले कसरी काम गर्छ ?

यसले धेरै फाइलहरू मिलाएर एउटै बक्समा राख्छ अर्थात्, त्यसबाट एउटा कन्टेनर बनाउँछ र सकेसम्म यसको साइज घटाउँछ । उदाहरणका लागि यदि १० एमबीको फाइल छ भने त्यसलाई २–३ एमबीमा घटाइ दिन्छ । 

यसले कुनै पनि फाइललाई ९० प्रतिशत सम्म कम्प्रेस गर्न सक्छ । जब तपाई कुनै पनि फाइललाई जीपमा रूपान्तरण गर्नुहुन्छ, तब यो कम्प्रेसन प्रोग्रामले यी सबै फाइलहरू स्क्यान गर्दछ ।

यसले जानकारीलाई साना टुक्राहरूमा कम्प्रेस गर्दछ । जब तपाई यी फाइलहरू अनजिप गर्नुहुन्छ, तब यी सबै फाइलहरूलाई एउटै फरमेसनमा फिर्ता आउँछन् । 
 

कति प्रकारका जीप फाइलहरू छन् ?

धेरै प्रकारका जीप फाइलहरू हुने गर्दछन्, जसमा सबैभन्दा बढी प्रयोग हुने एउटा हो । जीप र यस बाहेक अरू पनि छन् जस्तै – आरएआर, आरटिजे, टिएआर, एजीजी, बिजेड आदि । यसको सूची धेरै ठूलो छ ।
 
जीप फाइल कसरी बनाउने ?

यदि तपाईं आफ्नो लागि जिप फाइल बनाउन चाहनुहुन्छ भने यो काम धेरै सजिलो छ । कम्प्युटर र एन्ड्रोइड डिभाइसबाट जिप फाइल बनाउन सकिन्छ । यदि तपाई  कम्प्युटरबाट जिप फाइल बनाउनका लागि सुरूमा विनआरएआर सफ्टवेयर डाउनलोड गर्नुहोस् ।

अनि जीप गर्ने फाइल छनौट गर्नुहोस् र सबै फाइललाई एउटै फोल्डरमा राख्नुहोस् । त्यसपछि फोल्डर चयन गर्नुहोस् र राइट क्लिक गर्नुहोस् । यति गरेपछि एड टु अर्काइभमा क्लिक गरी आरएआर वा जीप फाइल बनाउन सकिने छ ।

यदि तपाईं आफ्नो फोनबाट जिप फाइल बनाउन चाहनुहुन्छ भने, त्यसका लागि तपाईंले गुगल प्लेस्टोरमा धेरै एपहरू पाउनुहुनेछ । मोबाइलमा विनजीप, आरएआर, ईजी जीप अनजीप फाइल म्यानेजर जस्ता एपको सहयोगलर जिप फाइल बनाउन सकिने छ ।