काठमाडौं । धेरैजसो मानिसहरू गुगल म्याप्सलाई केवल कुनै ठाउँको बाटो खोज्नका लागि मात्र प्रयोग गर्छन् । तर पछिल्ला केही वर्षमा यो एक डिजिटल ट्राभल असिस्टेन्ट बनेको छ । यसमा यस्ता धेरै फीचर्स छन्, जसले ट्राफिकबाट बच्न, पार्किङको लोकेशन याद राख्न र तपाईं जानुअघि नै कुनै ठाउँ कति भीडभाड छ भनेर जानकारी दिन मद्दत गर्न सक्छन् । तपाईं इन्टरनेट बिना पनि गुगल म्याप्स प्रयोग गर्न सक्नुहुन्छ । यसले पहिले नै टोल ट्याक्स पनि बताउन सक्छ । आउनुहोस्, यस्तै ८ फीचर्सबारे जानौँ ।
१. अफलाइन म्याप्स : नेटवर्क नहुँदा पनि पाउनुहोस् बाटो
अब यूजर्सले अफलाइन म्याप्स पनि प्रयोग गर्न सक्छन् । यसका लागि: गुगल म्याप्स खोल्नुहोस् र आफ्नो प्रोफाइल फोटोमा ट्याप गर्नुहोस् । अफलाइन म्याप्स चयन गर्नुहोस् । सेलेक्ट योर ओन म्यापमा क्लिक गर्नुहोस् । तपाईं जान चाहनुभएको शहर वा क्षेत्र डाउनलोड गर्नुहोस् ।
२. पार्किङ लोकेशन : आफ्नो गाडी भेट्न सहयोगी
यदि तपाईंले आफ्नो गाडी कहाँ पार्क गर्नुभयो भनेर बिर्सिनुहुन्छ भने, यो फीचर निकै उपयोगी हुन्छ । गाडी पार्क गरेपछि गुगल म्याप्स खोल्नुहोस् । गाडी पार्क गरेपछि म्याप्समा सेभ पार्किङ चयन गर्नुहोस् । पछि पार्किङ सेभ्डमा क्लिक गर्नुहोस् । पछि तपाईं यसकै माध्यमबाट सिधै आफ्नो गाडीसम्म पुग्न सक्नुहुन्छ । यसमा नोट्स र तस्बिर पनि थप्न सकिन्छ ।
३. ग्रुप ट्रिप लिस्ट : परिवारसँगै यात्राको योजना बनाउनुहोस्
यदि तपाईं साथी वा परिवारसँग ट्रिपको योजना बनाइरहनुभएको छ भने, यो फीचर उपयोगी हुन सक्छ । यसका लागि म्याप्समा गएर:
सेभ्ड ट्याब खोल्नुहोस् । लिस्ट्समा जानुहोस् । न्यु लिस्ट बनाउनुहोस् । सेयरमा क्लिक गर्नुहोस् ।
४. टोल कोस्ट एस्टिमेट : टोल खर्च पहिले नै थाहा पाउनुहोस्
अब गुगल म्याप्सले धेरै रुटहरूमा सम्भावित टोल ट्याक्सको खर्च पनि देखाउँछ । यसका लागि: गुगल म्याप्स खोल्नुहोस् । आफ्नो डेस्टिनेशन चयन गर्नुहोस् । रुट अप्सन जाँच गर्नुहोस् । टोल सडकहरू समावेश भएको रुट छान्नुहोस् ।
५. एरिया बिजीनेस : कुनै ठाउँ कति भीडभाड छ, जान्नुहोस्
कुनै मल, मार्केट, क्याफे वा टुरिस्ट डेस्टिनेशनमा जानुअघि त्यहाँ कति भीड छ भनेर तपाईं जाँच गर्न सक्नुहुन्छ । कुनै पनि ठाउँ सर्च गर्नुहोस् । तलतिर स्क्रोल गरेर पपुलर टाइम्स हेर्नुहोस् । यसले उक्त लोकेशनमा कति ट्राफिक र भीड छ भनेर देखाउँछ ।
६. टाइमलाइन : पछिल्ला दिनमा कहाँ–कहाँ जानुभयो, हेर्नुहोस्
गुगल म्याप्सले तपाईंको यात्राको रेकर्ड पनि राख्न सक्छ । यसका लागि तलका विकल्पहरू चयन गर्नुहोस्:
प्रोफाइल फोटोमा ट्याप गर्नुहोस् । योर टाइमलाइन चयन गर्नुहोस् । ध्यान दिनुहोस्, यो फीचर लोकेशन हिस्ट्री अन भएको अवस्थामा मात्र काम गर्छ ।
७. इन्डोर म्याप्स : मल र एयरपोर्टभित्र पनि बाटो हेर्नुहोस्
अब तपाईं धेरै एयरपोर्ट, मेट्रो स्टेशन र मलभित्रको म्याप पनि हेर्न सक्नुहुन्छ । सम्बन्धित मल वा एयरपोर्ट सर्च गर्नुहोस् । गुगल म्याप्समा उक्त इन्डोर लोकेशनमा जुम इन गर्नुहोस् । त्यसपछि फ्लोर सिलेक्टर अप्सन देखिन थाल्छ । बिल्डिङभित्रका लोकेशन पनि म्यापमा देखिन थाल्छन् ।
८. नो बिफोर यु गो : रेस्टुरेन्टबारे पहिले नै जानकारी लिनुहोस्
यो म्याप्सको एक एआई फीचर हो । जब तपाईं कुनै रेस्टुरेन्ट, होटल वा टुरिस्ट प्लेस सर्च गर्नुहुन्छ, तब एआईले हजारौँ रिभ्युज पढेर त्यसको एक समरी तयार पारिदिन्छ । कुनै ठाउँ सर्च गर्नुहोस् ।
इन्फर्मेशन कार्डमा माथितिर स्क्रोल गर्नुहोस्। नो बिफोर यु गो (Know before you go) सेक्शन हेर्नुहोस् ।
आईसीटी समाचार