गाइड
किन चर्चामा छ डिपसिक एआई ?
चिनियाँ एआई स्टार्टअप डिपसिकले यतिबेला अमेरिकामा हलचल मच्चाइरहेको छ । एआईको क्षेत्रमा रहेको अमेरेकी वर्चस्वलाई डीफसिकले ठूलो चुनौती दिएको छ ।
डिपसिकको उदयसँगै सोमबार मात्रै शक्तिशाली एआई चीप बनाइरहेको अमेरिकी कम्पनी एनभीडीयाको बजारमा मूल्य ६०० बिलियन अमेरिकी डलरले घटेको छ ।
यो, अमेरिकाको इतिहासमै कुनै पनि कम्पनीका लागि एक दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो । यस्तै एप्पलको एप स्टोरमा पनि च्याटजीपीटीलाई उछिन्दै छोटो समयमै अमेरिकामा सबैभन्दा डाउनलोड हुने फ्री एप बनिसकेको छ, सिपसिक । एप स्टोरबाट डिपसिक २० लाख पटक बढी डाउनलोड भइसकेको छ ।
गत जनवरी २० मा डीपसिकले ‘डीपसिक आर वान’ मोडल सार्वजनिक गरेको थियो । यसलाई लिएर अहिले विश्वभर चर्चा भइरहेको छ । चारैतिर डिपसिक प्रशंशा भइरहेको छ ।
कम लागत र लो पावर एआई चीप्सको प्रयोग गरेरै डिपसिकको आरवान मोडेलले ओपन एआईको जीपीटी ४, मेटाको लामा, गूगलको जेमिनाइ लगायतका एआई च्याटबट जस्तै क्षमता रहेको छ । डिपसिक पनि च्याटजीपीटी, जेमिनाई जस्तै एआई च्याटबट हो ।
खासमा डिपसिक बनाउने कम्पनी एक वर्ष पुरानो मात्रै हो । सन् २०२३ को अन्त्यतिर मात्रै चीनको हांग्जाउमा यसको स्थापना भएको थियो । डिपसिकले करिब ६ मिलियन अमेरिकी डलरमै नयाँ मोडेल तयार गरेको छ । जबकी अमेरिकी कम्पनीहरूले एआईको पूर्वाधार विकासमा खर्बौ रकम लगानी गरिरहेका छन् ।
पूर्ण ओपन सोर्समा आधारित डिपसिक सन् २०२३ मा चिनियाँ हेज फण्ड म्यानेजर लियाङ वेनफेङले स्थापना गरेका थिए । उनलाई चीनको स्याम अल्टम्यान भनेर पनि चिनिन्छ ।
अमेरिकालाई ठूलो चुनौती
चिनियाँ एआई स्टार्टअप कम्पनी डिपसिकले सिलिकन भ्यालीमा ठूलो हलचल ल्याएको छ । एआईको विकासमा खर्बौ लगानी गरिरहेका कम्पनी ओपन एआई, गूगल, माइक्रोसफ्टलाई एक वर्ष अगाडि स्थापना भएको डिपसिकले ठूलै टक्कर दिन खोजेको छ ।
एआई, बढी ऊर्जा-खपत गर्ने र खर्चिलो प्रविधि हो । अमेरिकाका ठूलो कम्पनीहरूले हाल आफ्ना एआई मोडलहरूलाई आवश्यक विद्युत् आपूर्ति गर्न परमाणु ऊर्जा कम्पनीहरू किनिरहेका छन् ।
मेटाले गत हप्ता यस वर्ष एआई विकासमा ६५ अर्ब अमेरिकी डलर भन्दा बढी खर्च गर्ने बताएको थियो । ओपनएआईका सीईओ स्याम अल्टम्यानले गत वर्ष एआई उद्योगलाई उच्च माग भएका चिपहरू विकास गर्न आवश्यक पर्ने विद्युत्-खपत गर्ने डाटा सेन्टरहरू चलाउन ट्रिलियनौं डलर लगानी आवश्यक पर्ने बताएका थिए ।
तर चीनले हासिल गरेको उपलब्धिले एआई उद्योगमा हुने लगानीको बुझाइमा ठूलो परिवर्तन ल्याएको छ ।चीनलाई एआईको दुनियाँमा पछाडि पार्न अमेरिकाले ठूलो प्रयास गरेको थियो ।
त्यसैका लागि नै सुरक्षाको कारन देखाउँदै अमेरिकाले हाई पावर एआई चिप्स निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर प्रतिबन्धका बाबजुद चीनले एआईमा ठूलो सफलता हासिल गरेको छ ।
यसले पनि चीन एआईको दौडमा पछाडि नरहेको र इन्नोभेसनलाई कसैले छेक्न नसक्ने स्पष्ट सन्देश दिइसकेको छ ।
गाइड
थ्रिडी प्रिन्टर के हो ? यो प्रविधि किन महँगो छ ?
अहिलेसम्म प्रिन्टरको सहयोगमा कागज प्रिन्ट भएको वा छापिएको देख्नु भएको होला । तर थ्रीडी प्रिन्टरले कुनै पनि वस्तुलाई थ्रीडीमै&…
बढ्दै छ डीपफेक, कसरी रहने सुरक्षित ?
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको बढ्दो दायरा मानिसका लागि फाइदाजनक तथा हानिकारक दुवै बन्दै गएको छ । तपाईंले डिपफेक बारे …
साँच्चै के ई–सिगरेट सुरक्षित छ ?
ई–सिगरेटलाई इलेक्ट्रोनिक डिभाइसको रूपमा सोच्न सक्नुहुन्छ । यसलाई प्राविधिक रूपमा एण्ड्स (इलेक्ट्रोनिक निकोटिन डेलिभरी प्रणाल…
स्मार्टफोनको क्यामेरामा हुने चार सेन्सरको काम के हो ?
नयाँ स्मार्टफोन किन्नु अघि सबैभन्दा बढी प्राथमिकता क्यामेरा गुणस्तरलाई दिइन्छ । धेरै प्रयोगकर्ताबीच धारणा यो हुन् सक्छ कि यदि फोनमा…
कसरी विकास भयो क्युआर कोड ?
सन् १९६० को दशकमा जापानको आर्थिक वृद्धि तीव्र गतिमा बढिरहेको थियो । सुपरमार्केटहरूले खाद्य वस्तुहरूको बिक्रीबाट आफ्नो दायरलाई कप…
किन रोज्ने क्लाउड स्टोरेज ? के छन् फाइदा ?
२१औं शताब्दीसम्म आइपुग्दा विश्वमा विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै नयाँ नौला आविष्कार भएका छन् । यसैगरी कम्प्युटर तथा टेक्नोलोजी…
बायोमेट्रिक प्रविधिले कसरी काम गर्छ ?
कुनै पनि व्यक्तिलाई उसको व्यवहार तथा उसको शारीरिक विशेषताबाट पहिचान गर्ने स्वचालित प्रक्रिया नै बायोमेट्रिक हो । उक्त विशेषताहरू…
जीपीएस प्रविधिले कसरी काम गर्छ ?
पृथ्वीको कुनै पनि ठाउँमा गएर पनि तपाईं आफैले आफ्नो लोकसन थाहा पाउनु सक्नुहुन्छ । यो सम्भव गराउने प्रविधि हो, ज…
मोबाइलको फिंगरप्रिन्टले कसरी काम गर्छ ?
पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य दस्तावेज र आफ्ना डाटालाई सुरक्षित गर्न पिनकोड…
एआईले रोजगारी मात्रै खोस्छ कि सिर्जना पनि गर्छ ?
पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै बजारमा अनेक चर्चा हुन थालेको छ । एआईलाई सकारात्मक र नकारात्मक दुबै तरि…
सर्भरहरू कति प्रकारका हुन्छन् ?
आज हामी सबैले इन्टरनेटको प्रयोग गर्छौं । आजको समयमा इन्टरनेट हाम्रा लागि धेरै महत्त्वपूर्ण छ । त्यसमाथि इन्टरनेटमा खोज्ने सामग्रीमा पहुँच दिने सर्भरको महत्त्व पन…
फ्लाइटमा वाईफाईले कसरी काम गर्छ ?
धेरै मानिसहरू हवाई यात्रा गर्न मन पराउँछन् । यसरी हावामा यात्रा गर्दा छुट्टै प्रकारको अनुभव हुनुका साथै यस्तो यात्राले धेरै मानि…
किन प्रयोग गर्ने भीपीएन ?
गूगलमा तपाईंले कुनै एउटा वेबसाईट खोज्नु भयो तर त्यो खुलेन, के गर्ने? टिकटक हेर्नुपर्याे के गर्ने ? युट्युबमा कुनै भिडियो खोल्नु…
कस्तो छ सबैले पढ्न मिल्ने आईटी कोर्ष बीसीए ?
कक्षा १२ सकिसकेपछि स्नातक तहमा सूचना प्रविधि (आईटी) सम्बन्धी विभिन्न कोर्षहरु हुन्छन् । आइटी कोर्ष पढ्न पहिले प्लस टूमा अनिवार्य विज्…
कस्तो छ त्रिविको बीएससी सीएसआईटी कोर्ष ?
नेपालमा २०६४ सालदेखि बीएससी सीएसआईटी कार्यक्रम अध्ययापन गराउन सुरू गरिएको थियो । यो कोर्ष त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै…