कीवर्डहरू -

गाइड

प्रयोगकर्ताको डेटा सुरक्षित राख्न सघाउने सामसङको ‘सेक्योर फोल्डर’ के हो ?

नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । उक्त स्मार्टफोन ब्राण्ड मध्ये सामसङ पनि एक हो र यो नेपालमा लोकप्रिय छ ।

सामसङ फोनमा भएको सेक्योर फोल्डरको बारे धेरै प्रयोगकर्तालाई थाहा छैन् होला । सामसङले आफ्ना प्रयोगकर्ताको डेटा सुरक्षित राख्न छुट्टै फोल्डर बनाएको छ, जसको नाम हो सेक्योर फोल्डर ।

यसले प्रयोगकर्ताहरुलाई फोटो, भिडियो र डकुमेन्ट निजी रुपमा राख्न छुट्टै स्पेस दिन्छ । यो एक इन्क्रिप्टेड फोल्डर हो जसले बायोमेट्रिक अथेन्टिकेसनको अप्सन पनि दिने गर्छ जसले गर्दा यसलाई अझै सुरक्षित बनाउन सकिन्छ ।

यही इन्क्रिप्टेड फोल्डरलाई सेक्योर फोल्डर भनिन्छ । आज हामी सेक्योर फोल्डरलाई सामसङ स्मार्टफोनमा कसरी इनेबल गर्ने र सेटअप गर्ने बारे जानकारी दिदै छौं ।

कसरी प्रयोग गर्ने सेक्योर फोल्डर ?

शुरूमा तपाई आफ्नो सामसङ स्मार्टफोनको सेटिङ्गमा जानुहोस् र ‘बायोमेट्रिक एण्ड सेक्युरिटी’ अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि तल तिर स्क्रोल गरेर सेक्योर फोल्डरमा क्लिक गर्नुहोस्  ।

यति गरेपछि सेक्योर फोल्डर सेटअप गर्नलाई डिभाइसले आफै प्रक्रिया बताउँदै जान्छ । यसमा जानकारी दिदा सामसङ अकाउन्ट र गूगल अकाउन्टको विवरण दिनुपर्ने हुन्छ । यससँगै पासवर्ड प्रोटेक्सन पनि सेटअप गर्नुपर्ने हुन्छ ।

यति भएपछि डिभाइसमा आफै स्वत रुपमा सेक्योर फोल्डर खुल्छ । त्यससँगै लञ्चरमा नयाँ सेक्योर फोल्डर देखा पर्नेछ ।

यसमा एपहरु थप्नु परेमा माथिल्लो दाँया भागमा रहेको प्लस आइकनमा थिच्नुपर्छ । यसमा पहिलेनै इन्स्टल गरेका एपहरु पनि राख्न सकिन्छ वा प्ले स्टोरबाट डाउनलोड गरेर  थप गर्न सकिन्छ ।

फाइल, फोटो, भिडियो र डकुमेन्ट सेक्योर फोल्डरमा राख्नु परेमा फाइललाई खोल्ने र तीनओटा थोप्ला भएको आइकनमा थिच्ने । त्यसपछि ‘मुभ टु सेक्योर फोल्डर’ अप्सनमा जाने ।

यदी सेक्योर फोल्डर  हटाउनु पर्ने भए सेक्योर फोल्डर खोल्ने । त्यसपछि तीनओटा थोप्ला भएको आइकनमा थिच्ने र सेटिङ्गमा जाने । यति भएपछि त्यहाँ गएर अनइन्स्टलको अप्सन छान्न सकिन्छ ।
 

गाइड

गूगल एडसेन्स के हो ? कति पैसा कमाउन सकिन्छ ?

गूगल एडसेन्स अनलाइन माध्यमबाट पैसा कमाउने सबैभन्दा राम्रो तरिका हो । विशेष गरी मानिसहरूले ब्लगिङमा बढी ध्यान दिइरहेका छन् र गू…

क्यूआर कोड र बारकोडमा के छ भिन्नता ?

हाम्रो जीवनको धेरै पाटो डिजिटलीकरण भएको छ । खाना अर्डर गर्नेदेखि लिएर किनमेल गर्ने सबै कुरा घरमै बसेर गर्न सकिन्छ । यी सबैको …

साइबर बुलिङबाट कसरी बच्ने ?

मानिसलाई प्रविधिले सुसज्जित गर्नुको एउटा उद्देश्य सशक्त बनाउनु हो । तर विज्ञान र प्रविधि कहिलेकाही दुरुपयोग हुँदा श्राप बन्न…

कसरी काम गर्छ डार्क वेब ?

इन्टरनेट हाम्रो जीवनको महत्त्वपूर्ण भाग बनिसकेको छ । कुनै पनि जानकारी लिन, डिजिटल भुक्तानी गर्न, सूचना आदान प्रदान गर्न इन्टरनेट …

डिपफेक के हो ? कसरी पहिचान गर्ने ?

धेरै सेलिब्रेटीका नक्कली तस्बिर र भिडियो भाइरल बन्दै गएपछि पछिल्लो समय डिपफेक प्रविधि एउटा समस्याका रूपमा उभिएको छ । विभि…

कम्प्युटरको किबोर्डमा भएको नम-लक बटनको काम के हो ?

आजकाल कम्प्यूटर र ल्यापटप जताततै प्रयोग गरिन्छ । व्यवसायिकदेखि व्यक्तिगत काममा कम्प्युटर प्रयोग गर्ने हुन्छ ।

मेसेज बम्बिङ के हो ? यसबाट कसरी बच्ने ?

मेसेज बम्बिङ भनेको एकै समयमा एकै व्यक्तिलाई धेरै मेसेज पठाउनुलाई वर्णन गर्न प्रयोग गरिने शब्द हो । यो एक प्रकारको अनलाइन उ…

के हो ओपनएआईको नयाँ प्रोजेक्ट क्यूस्टार ? किन छ खतरनाक ?

पछिल्लो केही समय यता आर्टिफिसिल इन्टेलिजेन्स (एआई) ले लोकप्रियता कमाइरहेको छ । सन् २०२२ नोभेम्बरमा ओपन एआईले च्य…

तपाईको कामलाई सहज बनाउने ५ एआई टुल

पछिल्लो समय प्राय धेरै काममा एआईको उपयोग हुन थालिसकेको छ । विद्यार्थीदेखि प्रोफेसनलसम्मले आफ्नो कामलाई सहज बनाउन एआईको प्रयोग ग…

एआईसँगै चर्चामा आएको प्रम्प्ट इन्जिनियरिङ के हो ? कसरी सिक्ने ?

पछिल्लो समय एआईको चर्चा निकै छ । एआईको विकास भएसँगै लाखौं मानिसको जागिर जाने निश्चित छ । तर, एआईको विकास जागिर खाने मात्र न…

घरमा विद्युतीय सवारी साधन चार्ज गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

सुन्दर यातायातले घरमा विद्युतीय सवारी साधन चार्जमा राख्दा आगो लाग्यो भन्ने नकरात्मक प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । …

एआईबाट कसको जागिर गुम्छ ? कसको गुम्दैन ?

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै बजारमा अनेक चर्चा हुन थालेको छ । एआईलाई सकारात्मक र नकारात्मक दुबै तरि…

कम्प्यूटरमार्फत क्युआर कोड स्क्यान कसरी गर्ने ? यस्तो छ उपाय

तपाईंले क्युआर कोडको बारेमा त पक्कै सुन्नु भएको होला । यदि तपाईसँग स्मार्टफोन छ र बैंकिंग एपहरु प्रयोग गर्नुहुन्छ भने तपाई …

अटो क्याड के हो ? किन प्रयोग गरिन्छ ?

अटो क्याडलाई डिजाइनको सिर्जना, परिमार्जन, अनुकूलनमा सहयोग गर्ने कम्प्युटर प्रणालीको रूपमा परिभाषित गर्न सकिन्छ । यसमा हामी निर्मा…

पाइथन के हो ? किन सिक्ने ?

पाइथन एक लोकप्रिय प्रोग्रामिङ भाषा हो । यो गुइडो भान रोस्समद्वारा बनाईएको थियो भने सन् १९९१ मा जारी गरिएको थियो । पाइथन एक अब…