कीवर्डहरू -

समाचार

मेरो शेयर तथा ७६ वटा डिपीको डिम्याट खाता नविकरण शुल्क अब खल्तीबाटै तिर्न सकिने

खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग लिमिटेडकाे सहकार्यमा अब मेराे सेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सम्भव भएको छ, त्यो पनि बिना कुनै अन्य सेवा शुल्क ।

सिडिएस एण्ड क्लियरिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धकजोनाम भूर्तेल बीच यस सम्झौता पश्चात यो लागू भएको हो । यस अन्तर्गत अब मेराे सेयर र डिम्याट खाताकाे नवीकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएकाे छ।

डिम्याट खाताधनीहरूले मेरो सेयरको हाेम स्क्रिनमा लगइन गरी त्यहाँ रहेकाे प्राेफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गरिएको छ ।

सेयर डिम्याट खाता र मेरो सेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ । समयमा शुल्क नतिरेको खण्डमा मेराे सेयर खाता निष्क्रिय हुने गरेको छ ।

खाता निष्क्रिय भएको खण्डमा डिम्याट खातामा भएको सेयर स्थानान्तरण गर्न सकिँदैन । साथै विभिन्न कम्पनीले निस्कासन गर्ने प्राथमिक सेयरहरु (आइपिओ) मा पनि आवेदन गर्न सकिँदैन ।

‘अब ३० लाख भन्दा बढी खाताधनीहरूले खल्ती एप डाउनलोड गरी अनलाइन डिम्याट र मेरो सेयर नवीकरण गर्न मिल्ने भएको छ,’ खल्तीका भूर्तेलले भने, ‘यसले थप जनतालाई लगानी गर्न प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु । साथै यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठुलो योगदान पुर्याउने पनि विश्वास राख्दछु।’

लगानीकर्ताहरू यस अघि डिम्याट खाता संचालक मेराे सेयर र कम्पनी (डिपी) को कार्यालय धाएर डिम्याट खाताकाे नवीकरण शुल्क तिर्दै आएका थिए।

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो ।

'खल्ती' वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

समाचार

गेमिङ एप डिस्कोर्ड खरिद गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले गेमिङ एप डिस्कोर्ड खरिद गर्न सक्ने भएको छ। भेन्चरबीटको रिपोर्ट अनुसार म…

मोबाइल व्यवसायलाई बन्द गर्दै एलजी

एलजीले आगामी दिनमा मोबाइल व्यवसायलाई बन्द गर्न सक्ने भएको छ ।

मोबाइल व्यवसायलाई बन्द गर्दै एलजी

एलजीले आगामी दिनमा मोबाइल व्यवसायलाई बन्द गर्न सक्ने भएको छ ।

पठाओका राइडर र ट्याक्सी चालक बीच झडप

काठमाडौंको गोंगबुमा पठाओका राइडर र ट्याक्सी चालक बीच झडप छ । सोमबार ट्याक्सी चालक…

दुईसय बढी देशहरुबाट अब इसेवामा रकम पठाउन सकिने

अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा…

डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने 

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने भएका छन् । डोना…

एन्ड्रोइडमा एप  नचल्ने समस्या 

सोमबार केही एन्ड्रोइड प्रयोगकर्ताहरुले एप चल्न छोडेको नोटिफिकेसन पाएका थिए । यसमा …

नेपाल उद्योग वाणिज्य महासंघले ५० स्टार्टअपलाई लगानी जुटाइदिने

नेपाल उद्योग वाणिज्य महासंघले ५० वटा स्टार्टअपलाई ५० व्यवसायीबाट लगानी जुटाइदिने भ…

डिशहोमको प्लस मूभी च्यानलको एक दशक पुरा

टेलिभिजनमा नेपाली चलचित्र मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यसहित डिसहोमले सु…

क्रिप्टोकरेन्सी व्यापार गरेको आरोपमा कोइनबेसलाई ६५ लाख बढि जरिवाना

कोइनबेसलाई क्रिप्टोकरेन्सी व्यापार गरेको आरोपमा ६.५ मिलियन डलर अर्थात ६५ लाख बढि र…

टेस्लाको गाडीले जासुसी गरेको चीनको आरोप

चीनले जासुसीको डरले टेस्लालाई सैन्य सुविधाबाट प्रतिबन्ध लगाएको छ । टेस्लाको विद्युत…

चार्जर बिना आइफोन १२ विक्री गरेको भन्दै एप्पललाई २० लाख जरिवाना 

ब्राजिलले एप्पललाई चार्जर बिनाको आइफोन १२ विक्री गरेको भनेर २० लाख बढि रुपैयाँ जर…

एसरमा र्यानसमवेयर आक्रमण, मागियो ५० मिलियन डलर

एसरमा र्यानसमवेयर आक्रमण भएको छ । आक्रमणकर्ताहरुले एसर प्रणालीमा माइक्रोसफ्ट एकसचेन्ज…

चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्न बनाउने भनेको ५० चार्जिङ स्टेशनको…

अब नेपालबाटै डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

अब नेपालबाटै डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले …