समाचार
अटो रिक्साको भुक्तानी अनलाइनबाटै गर्न सकिने
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्कले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ । बैङ्कले शुक्रबारबाट मोरङ जिल्लाको बिराटनगर महानगरपालिका स्थित विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने अटो रिक्सा चढ्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो ।
एनसीसी बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न सकिने छ । शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अटो रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण गर्दै अनलाइन भुक्तानीको सेवा शुभारम्भ गरे ।
बिराटनगर मेडिकल कलेज रुटमा चल्ने के एन अटो यातायात प्रालिमा आबद्ध अटो रिक्सामा क्युआर कोडमार्फत भुक्तानी हुने भएको हो । व्यवसायमा नगद रहित कारोबार गर्दा छिटो छरितो र सुलभ ढंगमा कारोबार हुने हुँदा यसले आम व्यवसायी र सेवाग्राही वर्गमा लाभ पुग्ने एनसीसी बैङ्कले अपेक्षा लिएको छ ।
क्यु आर कोड हस्तान्तरण गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबार सुरु भएकोले नोट कम चलाएर डिजिटल कारोबार गरि राष्ट्रकै लागि योगदान पुर्याउन सकिने भन्दै सबैलाई यसमा सहयोगका लागि आग्रह समेत गरे ।
समाचार
कतार एयरवेजको ‘डिजिटल राहदानी’ मोबाइल एप
कतार एयरवेज ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने पहिलो एयरलाइन्स बनेको छ । …
एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गर्छन् नेपाली
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक…
बैशाख २८ गतेदेखि \'क्यान इन्फोटेक २०२१\' आयोजना हुदै
सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा चिनिएको क्यान इन्फोटेक २०२१ यस वर्ष बैशाख २८ गतेदेखि सुरु हुने भएको छ । ६ दिनसम्म संचालन हुने इन्फोटेक जेष्ठ २ …
प्रा.डा. पोखरेल केयु - स्कुल अफ इन्जिनियरिङको डीनमा नियुक्त
काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिङको डीनमा प्रा.डा. मनिष पोखरेल नियुक्त हुनुभएको छ ।
कर्नाटक विश्वविद्यालयबाट कम्युटर साइ…
अब क्युआर कोड स्क्यान गरेरै बसको भाडा तिर्न सकिने
बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्नेक्रममा पूर्वी न…
शुरू भयो भोजको वृहत अनलाइन खाना मेला, ७० प्रतिशत सम्म छूट पाइने
अनलाइन अर्डर मार्फत घरघरमा खानेकुरा पुर्याउने 'भोज' ले सुरु गरेको अनलाइन खाना म…
जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक
आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात …
गूगल म्यापमा अब फोटो र मिसिङ रोड अपलोड गर्न सकिने
गूगलले गूगल म्यापलाई अझै राम्रो बनाउन नयाँ फिचर ल्याउने भएको छ ।
<…सुरू भयो सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी (फोटोफिचर)
सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी आजबाट शुरू भएको छ । कम्प्युटिङ सोलु…
कोरोना खोपको बारेमा गलत जानकारी दिने ३० हजार भिडियो युट्युबबाट डिलिट
युट्युबले कोरोना खोपको बारेमा गलत जानकारी फैलाउने ३० हजार भिडियोलाई डिलिट गरेक…
कृषि हाट बजार धनगढीमा अब क्युआर कोड स्क्यान गरेरै पैसा तिर्न सकिने
सनराइज बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको…
थाईल्यान्डमा ह्वावेले पायो डिजिटल इन्टरनेसनल कर्पोरेसन अफ द इयरको अवार्ड
थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले मंगलबार ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिट…
आजदेखि सफ्टवेरिका कलेजमा आइओटी प्रदर्शनी, ५ हजारले अवलोकन गर्ने अपेक्षा
कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्टवेरिक…
अब स्वीकृति नलिएरै घरायसी प्रयोजनमा फ्रिक्वेन्सी प्रयोग गर्न सकिने
घरायसी प्रयोजनमा उपयोगी हुने निश्चित ब्यान्डका फ्रिक्वेन्सी स्वीकृति नलिई उपयोग ग…
१०० मेगावाटको ऊर्जा भण्डारण प्रोजेक्टमा काम गर्दै टेस्ला
टेस्लाले टेक्ससमा १०० मेगावाटको ऊर्जा भण्डारण प्रोजेक्ट विकास गरिरहेको छ । ब्लुमबर्गक…