कीवर्डहरू -

समाचार

ग्लोबल इन्नोभेसन ड्राइभ गर्न ह्वावे फाइभजी टेक्नोलोजी ट्रान्सफर गर्न तयार

ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा ह्वावेका संस्थापक र सीईओ रेन झेंगफेईले खुला नीतिद्वारा समर्थन गरिएको विश्वव्यापी व्यापार सहयोगका लागि आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् ।

खुला व्यापार नीतिले आपसी विकासलाई सम्भव बनाउने कुरामा अन्तर्निहित विश्वास रहेको भन्दै रेन झेंगफेईले ग्लोबल आईसीटी इकोसिस्टमको विकास गर्नको लागि ह्वावे फाइभजी टेक्नोलोजी ट्रान्सफर गर्न इच्छुक रहेको कुरामा जोड दिएका थिए ।

खुला व्यापार नीति आह्वान गर्दै रेन झेंगफेईले भने, ‘अमेरिका र चीन दुवैले आफ्नो अर्थतन्त्रको विकास गर्न आवश्यक छ किनकि यो हाम्रो समाज र वित्तीय सन्तुलनको लागि उत्तम छ । सबैलाई यसको आवश्यक छ । मानवता प्रगति गरिरहँदा कुनै पनि कम्पनीले एक्लै वैश्विक उद्योगको विकास गर्न सक्दैन । यसको लागि विश्वभरि ठोस प्रयासहरूको आवश्यकता छ ।’

‘हामी अरूलाई उत्पादन लाइसेन्स दिन मात्र होइन, फाइभजी प्रविधिलाई ट्रान्सफर गर्न पनि तयार छौं । यसले सोर्स कार्यक्रम र सोर्स कोड देखि लिएर सबै गोप्य हार्डवेयर डिजाइन साथसाथै यसका ज्ञान र चिप डिजाइन समावेश गर्ने छ’ उनले भने ।

इलेक्ट्रोनिक, सफ्टवेयर र कम्प्युटिङ प्रणालीको प्रयोग वृद्धि गर्न अग्रणी ग्लोबल आईसीटी सोलुसन प्रदायकको रूपमा ह्वावेले माइनिङ, पोर्ट, फलाम र स्टिल, कोइला जस्ता विविध उद्योगहरूका लागि प्लेटफार्महरू प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गर्ने जनाएको छ ।

ह्वावेले टेलिकम बाहेक इन्नोभेसन ईन्जिन फायर गर्दै विश्वभरिबाट १०० भन्दा बढी अनुसन्धान केन्द्र र संयुक्त प्रयोगशालाहरू सञ्चालन गरेको छ, जसले गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र सौन्दर्यशास्त्र र खानपान उद्योग जस्ता क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेको छ ।


समाचार

युट्युबको गोपनीयता नीति सार्वजनिक

गूगलले बल्ल युट्युबको गोपनीयता नीति सार्वजनिक गरेको छ । एप्पलले पनि डिसेम्बर देखि …

एनआईसी एशियाको नयाँ योजना, तारे होटलमा भ्यालेनटाइन डेको दिन डिनर गर्ने अवसर

एन आई सी एशिया बैङ्कले भ्यालेन्टाइन्स डेका लागि ‘सेलिब्रेट लभ वीथ एनआईसी एशिया बैङ्…

माइक्रोसफ्टले डिफेन्डर मार्फत सम्भावित ह्याकिङ बारे नोटिफिकेसन दिने 

माइक्रोसफ्टले चाँडैनै अफिस ३६५ का एडमिनहरुलाई सम्भावित ह्याकिङ क्रियाकलापको बारेमा…

प्रमाणपत्र धितो राखेर कर्जा दिन हच्किन्छन् बैंकहरू

कोभिड महामारीका बीच सरकारले गत असोजमा युवा स्वरोजगारलाई प्रोत्साहन गर्न ५ प्रतिशत …

वानप्लसका पूर्व सह संस्थापकको ‘नथीङ’ ब्राण्डले चाँडैनै वायरलेस ईयरफोन सार्वजनिक गर्ने

वानप्लसका पूर्व सह संस्थापक कार्ल पेईको नयाँँ स्र्टाटअप ‘नथीङ’ ले चाँडैनै वायरलेस ई…

क्वालकमले सार्वजनिक गर्याे विश्वकै पहिलो १० गिगाबाइटको ५ जी मोडेम

क्वालकमले विश्वकै पहिलो १० गिगाबाइटको ५ जी मोडेम सार्वजनिक गरेको छ । मोडेमको नाम…

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक ए…

बैंक अफ काठमाण्डूको परिमार्जित ईन्टरनेट बैंकिङ्ग सेवा, यस्ता छन सुविधा 

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई प्रदान गर्दै आईरहेको ईन्टरनेट बैंकिङ्ग स…

एप्पलले यी म्याकबुक मोडेलमा दिदै छ निःशुल्क ब्याट्री रिपलेसमेन्ट सुविधा

एप्पलले म्याकबुकको केही मोडेलहरुका लागी निःशुल्क ब्याट्री परिवर्तन गरिदिने भएको छ ।…

टेस्लाले खरिद गर्याे १.५ बिलियन डलर बिटकोइन, बिटकोइन प्रयोग गरेरै गाडी खरिद गर्न सकिने

टेस्लाले १.५ बिलियन अमेरिकी डलर बिटकोइन खरिद गरेको छ । चाँडैनै कम्पनीले ग्राहकको…

टेस्लाले खरिद गर्याे १.५ बिलियन डलर बिटकोइन, बिटकोइन प्रयोग गरेरै टेस्लाको गाडी खरिद गर्न सकिने

टेस्लाले १.५ बिलियन अमेरिकी डलर बिटकोइन खरिद गरेको छ । चाँडैनै कम्पनीले ग्राहकको…

कोरोनाको खोप बारे गलत जानकारी फैलिन नदिन विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्दै फेसबुक

विश्व स्वास्थ्य संगठनको सहकार्यमा फेसबुकले कोरोनाको खोप बारे गलत जानकारी फैलिन नदि…

एमआइटीका अन्वेषकले विकास गरे ड्रोन,रोबोट तथा इलेक्ट्रोनिक डिभाइसहरु बनाउने सक्ने प्रणाली 

एमआइटीको कम्प्यूटर साइन्स तथा आर्टिफिसियल इन्टेलिजेन्स ल्याबका अन्वेषकहरुले ड्रोन,रोबो…

नेसनल जियोग्राफिकको वृतचित्रमा नेपाली युवाको कथा

विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेसनल जियोग्राफिक डकुमेन्ट्री फिल्म्‌सल…

आविष्कार केन्द्रले अब अनलाइनबाटै कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट उपलब्ध गराउने

राष्ट्रिय आविष्कार केन्द्रले अब कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट दिने भएको छ । केन्द्र…