समाचार
सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा टेलिकमको जीएसएम मोबाइल सेवा
नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटा समेत चलाउन सक्नेछन् ।
यो भन्दा पहिले सो क्षेत्रमा कम्पनीको स्काई मोबाइलबाट मात्र सेवा उपलब्ध थियो । नुम्बुर हिमालको काखमा रहेको दुधकुण्ड नगरपालिकाको ताक्सिन्दुस्थित ३ हजार १३० मिटर उचाईमा जीएसएम प्रविधिको बीटीएस टावर स्थापना गरिएको छ ।
लुक्ला हुँदै नाम्चेसम्म पुग्ने पदयात्री यही रुट भएर जाने हुनाले यसबाट पर्यटकहरु समेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सो क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैयाँ लगायत क्षेत्रका करिब ६ सय घरधुरी अब कम्पनीको मोबाइल सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखी दुर्गम तथा अति विकट स्थानका रुपमा चिनिने ती क्षेत्रका वस्तीमा नेपाल टेलिकमले निशुल्क सिम वितरण शुरु गरेको छ ।
त्यसैगरी सोलुकै दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु बलंगामा अर्को टावर पनि हालै सञ्चालनमा ल्याइएको छ । करिब १ हजार २३० मिटर उचाईमा रहेको यो टावरले पनि सो क्षेत्र अन्तर्गत पर्ने देउसा, मुक्ली, कागेल, पञ्चन र जुभु गरी सो भेगमा रहेका ४ हजार घरधुरीलाई सेवा प्रदान गर्नेछ ।
यसका साथै ओखलढुंगाको रुम्जाटारमा नेपाल टेलिकमको ग्राहक सेवा केन्द्र पुनःस्थापना गरिएको छ । कम्पनीले पहिले देखि नै रुम्जाटार र त्यहाँ रहेको विमानस्थलस्थित ग्राहक सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको भए तापनि करिब २ वर्ष देखि केन्द्र सञ्चालनमा थिएन ।
ग्राहक सेवा केन्द्र पुनःस्थापना भएपछि सेवाग्राहीलाई टेलिफोन जडान गर्न, इन्टरनेट सुविधा लिन, नयाँ सिमकार्ड खरिद गर्न वा सिम परिवर्तन गर्न सहज हुनेछ । साथै सेवावापत भुक्तानी गर्नुपर्ने बिल पनि सो केन्द्रमा सहज रुपले भुक्तानी गर्न सकिनेछ ।
समाचार
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: २४ चोकमा ट्राफिक लाइट
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाइ…
फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्ति पक्राउ
सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्तिलाई सोमबार…
सियोना श्रेष्ठको उपचारमा क्लासिक टेकको १० लाख रुपैयाँ सहयोग
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीलाई आफ्नो …
डेढ दर्जन भाषामा आफ्ना सेवाका बारेमा जानकारी दिदैं नेपाल टेलिकम
नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्रा…
वेस्टर्न युनियनको ‘दशैंको सौगात’ योजना, भाग्यशाली विजेताले १० लाख नगद जित्न सक्ने
बडा दशैं, तिहार तथा छठको अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘दशैंको सौगात’ प्रवर्द्ध…
साओमीले ल्यायो १९ मिनेटमै ४ हजार एमएएचको ब्याट्री फुल चार्ज हुने प्रविधि
साओमीले ८० वाटको वायेरलेस चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । साओमीको यो वायरलेस…
नोकियाले चन्द्रमामा फोरजी जडान गर्ने
नोकियाले चन्द्रमामा फोरजी प्रविधि जडान गर्ने भएको छ । चन्द्रमामा फोरजी जडान गर्न नोक…
पाकिस्तानले हटायो टिकटक माथिको प्रतिबन्ध
पाकिस्तानले टिकटक माथि लगाएको प्रतिबन्ध हटाएको छ । पाकिस्तानमा टिकटक माथि प्रतिबन्…
रिचार्जरको दसैं अफर, विद्युतीय सामान खरिदमा ३० प्रतिशतसम्म छुट
मोबाइल एप रिचार्जरले बडा दशैंलाई लक्षित गर्दै दशैं बोनान्जा ‘अफर भित्र अफर’ सुरु ग…
नेपाल पेमेन्ट सोलुसन र नेपाल क्लियरिङ्ग हाउसबीच सहकार्य
नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सहकार्य भएको…
साइबर एलायन्स फर म्युचुअल प्रोग्रेसको सदस्यमा नेपालको सीएसआरआई
साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस ( क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सेन्टर फर सा…
वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडे
वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडेका छन् । यसको जानकारी उनले वानप्लसको आध…
नास्टले बनायो मास्क र सेनिटाइजर दिने रोबोट
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यान्त्रिका रोबोट बनाएको छ । को…
मोरङबाट आइपिएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ
युएईमा जारी इन्डियन प्रिमयर लिग (आइपिएल) क्रिकेट खेलमा सट्टेबाजी खेलाउने ३ जना मो…
कृषि विकास बैंकका ग्राहकले अब सिधैं खल्तीमा पैसा लोड गर्न सक्ने
कृषि विकास बैंक लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने ग्राहकहरुला…