समाचार
तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’
“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ ।
शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्यान्ह तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म २७ प्रतिशतको मात्र प्रमाणीकरण भएको छ ।
उक्त एप डाउनलोड भएपनि प्रमाणीकरण नभएको धेरै गुनासो आउने गरेको केन्द्रका अधिकारी बताउँछन् ।
एप प्रमाणीकरण गरेर भित्र छिरेका प्रयोगकर्तासगैँ टेलिफोनबाट धेरै प्रयोगकर्ताले गुनासो गर्ने गरेको सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेल बताउँछन् । उनका अनुसार धेरै गुनासो नेपाल टेलिकम र गृह मन्त्रालयसँग सम्बन्धीत भएर आउने गरेको छ ।
हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा नहुँदा प्रमाणीकरण हुन नसकेको, टेलिकमका कर्मचारीको गल्तीले नाम नमिलेकाजस्ता गुनासो आउने गरेको उनले जानकारी दिए । यसैगरी धेरै प्रयोगकर्ताले नागरिकताको विवरण फरक परेको गुनासो गर्ने गरेका छन् ।
धेरै प्रयोगकर्ताको नाम थर नै फरक भएको र महिला वा पुरुषबीचको लिङ्गसमेत नमिलेको जस्ता गुनासो गर्ने गरेको उनले जानकारी दिए ।
६ दिनको अवधिमा नागरिक एप तीन लाख बढीले डाउनलोड गरेतापनि दुई लाख २५ हजार अर्थात् ७२ प्रतिशत प्रयोगकर्ताले प्रमाणीकरण गर्न सकेका छैनन् ।
धेरै प्रयोगकर्ताको आफ्नो नाममा सिमकार्ड नभएको र केहीको नागरिकताको विवरण नमिल्दा प्रमाणीकरण हुन नसकेको सूचना अधिकारी पोखरेल बताउँछन् ।
उनका अनुसार ८५ हजार प्रमाणीकरण भएका प्रयोगकर्तामध्ये बुधबार मध्यान्न (१२ बजे) सम्म ६२ हजार ५७८ जनाले नागरिकताको विवरण प्रमाणीकरण गरेका छन् ।
परीक्षणको क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आर्कषण देखिएतापनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाई देखिएको पोखरेल बताउँछन् ।
नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण गृह मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारी बताउँछन् ।
केन्द्रको तथ्याङ्कअनुसार हालसम्म ३१ हजार ६७६ प्रयोगकर्ताले राहदानी, २८ हजारले मतदाता नामावली र ३९ हजार ७१५ जनाले प्यान नम्बर प्रमाणीकरण गरेका छन् ।
यसैगरी, १९ हजार १०९ जनाले एसएलसीको प्रमाणपत्र र आठ हजार ४८६ जनाले उच्च शिक्षाको प्रमाणपत्र प्रमाणीकरण गरिसकेका छन् ।
नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै शुक्रबारबाट नागरिक एप सञ्चालनमा ल्याईएको हो ।
सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ ।
धेरै एप प्रयोगकर्ताले नागरिकताको विवरणमा त्रुटि भएको गुनासोपछि गृह मन्त्रालयले त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।
मन्त्रालयले मंगलबार साँझ एक सूचना प्रकाशन गर्दै नागरिक एपमा भएका त्रुटि सच्याउन अनलाइन प्रणालीको सुरु भएको जनाएको हो । नागरिकतामा भएको त्रुटि आफैँले सच्याउँन मिल्ने प्रविधिको विकास गर्ने काम अघि बढाइएको जनाइएको छ । रासस
समाचार
एक हजार निजी विद्यालय बन्द हुन सक्ने
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार …
एनसेलले ल्यायो नयाँ च्याटबट सेवा ‘माया’, च्याटबट बाट एनसेलका विभिन्न सेवा लिन सकिने
मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले नयाँ च्याटबोट सेवा सुरु गरेको …
आन्तरिक राजस्व कार्यालयको कर कुनैपनि बैंकको मोबाईल बैकिङ मार्फत भुक्तानी गर्न सकिने
करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्ता…
मेगा बैंकको भर्चुअल सहायता सेवा २४ सैं घण्टा लिन सकिने
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहाय…
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
नागार्जुन नगरपालिका-२ ठुलो भर्याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम मेसिन फोडी चो…
एनसेलको नयाँ बिजप्लस योजना, १४९ रुपैयाँमा ३० दिन निःशुल्क भ्वाइस तथा एसएमएसको सुविधा
एनसेलले आवश्यकता अनुसारको सम्पूर्ण सेवाप्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएक…
नागरिक एप प्रयोग गर्दा नागरिकता सम्बन्धि देखिएको त्रुटि सच्याउन अनलाइन प्रणालीको सुरुवात
नागरिक एपमा नागरिकता सम्बन्धी कतिपय विवरण मेल नखाएकाले प्रयोगकर्तालाई एप प्रयोग गर्…
दुई लाख ३८ हजारले डाउनलोड गरे ‘नागरिक एप’
“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार …
बनेपाको आइटी पार्कमा सेक्युरिटी प्रिन्टिङ प्रेस राखिने
दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (…
भूतपूर्व सैनिक सेवा समाजलाई हिमालयन बैंकद्वारा कम्प्युटर सहयोग
हिमालयन बैंक लिमिटेडद्वारा चन्द्रागिरी नगरपालिका–७ बाणस्थली स्थित भूतपूर्व सैनिक से…
बसको टिकटको भुक्तानी अब क्यूआरबाटै
लक्ष्मी बैंकले लोहत्से बहुउद्देश्यीयको सहकार्यमा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न …
माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने
माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने भएका…
अब बोलेरै युट्युबमा भिडियो खोज्न सकिने
अब भ्वाइस कमाण्ड बाटै युट्युबमा भिडियो खोज्न सकिने भएको छ । युट्युबको नयाँ अपडेट अ…
डिजिटल कोभिड—१९ भ्याक्सिन कार्डमा काम गर्दैं माइक्रोसफ्ट र ओराकल
Photo Credit: Associated Press
…
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदा…