समाचार
हालसम्म ७२५ विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना
नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म ७२५ विद्यालयहरुमा आवश्यक उपकरण जडान भई सूचना प्रविधि प्रयोगशाला स्थापना भएको जानकारी दिएको छ ।
प्राधिकरणले एक प्रेस विज्ञप्ती जारी गर्दै हालसम्म ८९८ विद्यालयमा तोकिएको उपकरण पुगेको र ७२५ विद्यालयहरुमा आवश्यक उपकरण जडान भई सूचना प्रविधि प्रयोगशाला स्थापना भएको जानकारी दिएको हो ।
दूरसञ्चार प्राधिकरणले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हालसम्म ८९८ वटा विद्यालयमा तोकिएका उपकरण पुर्याईसकिएको तथा ७२५ विद्यालयहरु (सुची लिङ्कमा उपलब्ध) मा आवश्यक उपकरण जडान भई सूचना प्रविधि प्रयोगशाला स्थापना भइसकेको जानकारी सप्लाएरबाट प्राधिकरणमा प्राप्त भएको अवस्था छ ।’
‘आपूर्तिकर्ता संस्थाबाट सम्झौता बमोजिम कार्य भए नभएको सम्बन्धमा जाँचबुझ गरी यकिन गर्न प्राधिकरणबाट नियुक्त गरिएका परामर्शदाताबाट सम्झौता बमोजिमका कूल विद्यालयको ५० प्रतिशत विद्यालयमा अनुगमन तथा निरीक्षण कार्य सम्पन्न गरी प्राधिकरणमा प्राप्त प्रतिवेदन अनुसार उल्लेखित ५० प्रतिशत विद्यालयमा निज आपूर्तिकर्ता संस्थाको कार्य सन्तोषजनक नै पाइएको छ’ सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सभा सम्मेलन तथा गोष्ठी गर्ने कार्यमा नेपाल सरकारबाट लगाईएको प्रतिवन्ध फुकुवा हुने वित्तिकै सम्पूर्ण जिल्लाहरुमा तोकिएको बमोजिम तालिम प्रदान गर्ने गरी हाललाई तालिम वापतको रकम समेत रोक्का गरी कूल सम्झौताको करिब ३० प्रतिशत रकम आपूर्तिकर्ता संस्थालाई भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।
कोभिड १९ को विषम परिस्थितिमा कतिपय विद्यालयहरु क्वारेन्टिनका रुपमा समेत प्रयोगमा आएका तथा बन्दाबन्दीका कारणले विद्यालय बन्द रहेको अवस्थामा विद्यालय सुचारु भएको ४५ दिन भित्र कार्य सम्पन्न गर्ने गरी उक्त सम्झौताको समयावधि थप गरिएको समेत प्राधिकरणले जनाएको छ ।
सूचना प्रविधि प्रयोगशाला जडान कार्य सम्पन्न भएका स्थानहरुमा सम्बन्धित विद्यालयसँग भएको समझदारी अनुसार केही समस्या, गुनासो वा प्रतिक्रिया भए टिपाउन प्राधिकरणले अनुरोध गरेको छ ।
समाचार
अनलाइन कक्षाको लागि विद्यार्थीलाई शिक्षा मन्त्रालयले निःशूल्क इन्टरनेट उपलब्ध गराउने
सरकारले विद्यालय तथा विद्यार्थीलाई आगामी असोजबाट निशूल्क इन्टरनेटको व्यवस्था गरेको छ…
सिङ्गापुरमा एप्पलले खोल्यो पानिमा तैरिने रिटेल स्टोर (फोटो सहित)
फोटोः एप्पल
सिङ्गापुरमा एप्पलले प…
हुवावेले घोषणा गर्यो दोस्रो भर्सनको हार्मोनी ओएस
हुवावेले दोस्रो भर्सनको हार्मोनी ओपरेटिङ् सिस्टम ल्याउने घोषणा गरेको छ । यससँगै हुव…
नेटटीभी एपले ल्यायो पैसा तिरेर नयाँ सिनेमा हेर्न मिल्ने सुबिधा
नेटटीभी एपले आफ्नो फिल्मको सेक्सनमा नेपाली फिल्महरु पैसा तिरेर हेर्न मिल्ने 'फिचर' सार्वजनिक गरेको छ । यो फिचर आज अर्थात् सेप्टेम्बर ११ मा सफ्…
वैकल्पिक विधिको पठनपाठनलाई सरकारले दियो मान्यता
सरकारले कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीको शैक्षिक सत्रलाई सद…
तरकारी तथा फलफुल होम डेलिभरी गर्दैं शिजन अर्गानिक
शिजन अर्गानिक प्रालिले आजदेखि होम डेलिभरी सेवा सुरु गरेको छ । कम्पनीले बिहीबारदे…
सेप्टेम्बर १५ मा आयोजना हुँदै एप्पलको भर्चुअल इभेन्ट
एप्पलको आगामी इभेन्ट सेप्टेम्बर १५ मा आयोजना हुने भएको छ । एप्पलले भर्चुअल रुपमा यो…
माइक्रोसफ्टले मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउदै
माइक्रोसफ्टले मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउने भएको छ । यस ल्याप्टपको मूल्य ५०० देखि…
अन्वेषकहरुले क्याप्चर गरे विश्वको पहिलो ३२०० मेगापिक्सेलको फोटो
Jacqueline Orrell
स्ट्यानफोर्ड वि…
होम डेलिभरी सेवा अब दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म
आजबाट काठमाडौं उपत्यकामा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन डेलिभरी सेवा स…
एनआईसी एशिया बैंकको क्वीज योजना, क्वीजमा सहभागी भई आकर्षक पुरस्कार जित्ने मौका
एनआईसी एशिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण ‘एनआईसी एशिया क्वीज’ योजना सार्वजनि…
एन्ड्रोइड ११ सार्वजनिक, यस्ता छन् फिचर
एनड्रोइड ११ अपरेटिङ्ग सिस्टम गूगलले आज सार्वजनिक गरेको छ । यो अपडेट वानप्लस, रियलम…
२५ गतेभित्र कर तिर्नुपर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिकः क्यान महासंघ
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले २५ गतेभित्र कर तिर्नुपर्ने र नतिर…
अब प्रत्येक २ वर्षमा बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधि प्रणालीको सिस्टम अडिट गर्नुपर्ने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सूचना प्रविधि प्रणाली लेखा परीक्षण ब…