समाचार
बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु
जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दको फोटो खिचेर आवश्यक व्यक्तिगत विवरण सङ्कलन गरी सो कामको शुरु गरिएको हो ।
शुक्रबार उपप्रमुखसहित तीन जनाको विवरण सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सङ्कलन कार्य शुरु भएको जानकारी गराउँदै सहायक प्रजिअ लोकेन्द्रसिंह नेगीले राष्ट्रिय परिचय पत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने बताए ।
सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्र बाँडिनेछ । उनले भने, “अबदेखि नागरिकता पाएकै दिन परिचय पत्रको लागि आवश्यक विवरण भरी राष्ट्रिय परिचय पत्र विवरण भर्ने व्यवस्था मिलाइएको छ ।”
राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको काम शुरु भएकाले विवरण सङ्कलन गराउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लावासीलाई आग्रह गरेका छन् ।
परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
दश अङ्कको नम्बर रहेको परिचय पत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ ।
यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचय पत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउँनेछन् । रासस
समाचार
सफ्टवेरिका कलेजले दश विद्यार्थीलाई बेलायतमा अवलोकन भ्रमण गराउने
बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रमको अध्यापन गराइरहेको काठमाडौको सफ्…
एन्ड्रोइड इलेभेनमा आधारित ओप्पोको नयाँ कलरओएस सार्वजनिक
चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले एक अनलाइन प्रेस कन्फरेन्स मार्फत नयाँ कलरओएस ११ को …
ओप्पोले मनायो १६ औं वार्षिकोत्सव
चिनियाँ टेक ब्राण्ड कम्पनी ओप्पोले बिहीबार १६ औँ बार्षिकोत्सव मनाएको छ । निरन्तर नवप्…
युट्युब, फेसबुक तथा अनलाइन माध्यमबाट आम्दानी भएको रकम अब सिधैं आफ्नो बैंक खातामा
नेपाल राष्ट्र बैंकले युट्युब, फेसबुक लगायत सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट हुन…
काठमाडौं महानगरका १० वडाको राजश्व अनलाइनबाट
काठमाडौं– काठमाडौं महानगरपालिकाले बिहीबारदेखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । सफ्टवेयर सांग्रिला …
सार्वजनिक भयो मेरो शेयर एप, यसरी गर्नुहोस् डाउनलोड
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भदौ ३१ बुधबार गते मेरो शेयरको मोबाइल…
संविधान दिवसको अवसरमा टेलिकमको अनलिमिटेड युट्युब, फेसबुक र एडअन प्याक
नेपाल टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एडअ…
नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट …
विज्ञान प्रविधिको विकास गर्दै आधुनिक, विकसित र समृद्ध नेपाल बनाउने चाहना - प्रधानमन्त्री ओली
आज आठौ राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यको अवसरमा सम्वोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले देश विज्ञान प्रविधिको मार्फतबाट काचुली फेर्न सक्ने बताए । विज्ञान …
उपत्यकाको थप २ स्थानमा ट्राफिक लाइट सञ्चालन
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बना…
कार्यान्वयन भएन राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति
राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति स्वीकृत भएको एक वर्ष बित्दा पनि कार्यान्वय…
भोलिबाट स्मार्ट लाइसेन्स वितरण हुने
सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण भोली अर्थात असोज १ गतेदेखि हुने भएको छ ।…
कक्षा १२ को परीक्षा: ४० नम्बरको लागि अनलाइन परीक्षा हुने
लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अन…
मलाई चिनाउन वर्ल्डलिङ्कको सहयोग महत्वपूर्ण छः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष वैज्ञानिक डा महाविर पुनले आफ्नो सफलता…
ग्यापुले दशैंमा लोकल खसी, कुखुरा र हाँसको होम डेलिभरी गर्दै, बुकिङ सुरु
ग्यापु डट कमले दशैलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको …