कीवर्डहरू -

समाचार

बिग मार्टमा ईसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने योजना पुन सूचारू भएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना कोरोना भाइरसका कारण दोस्रो पटक गरिएको निशेधाज्ञाका कारण स्थगित भएको थियो ।

अहिले निषेधाज्ञा हटेसँगै यो योजना पुन सूचारु भएको हो । अब यो योजना असोज महिनाभर जारी रहने इसेवाले जानकारी दिएको छ ।

यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु छ । योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा इसेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ । यस्तो छुट अधिकतम ३ सय रूपैयाँ सम्म पाइनेछ।

कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इसेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेका हुन् ।

ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

समाचार

क्वालकमको स्न्यापड्रयाग्न प्रोसेसर प्रयोग गर्न हुवावे इच्छुक  

क्वालकमको स्न्याड्रयाग्न प्रोसेसर प्रयोग गर्न इच्छुक हुवावे रहेको हुवावेका अध्यक्षले बता…

नेपालमा ओप्पो एफ १७ प्रोको बिक्री आरम्भ, यस्ता छन् विशेषता

ओप्पोले नेपालमा आजबाट एफ १७ प्रोको विक्री आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रम…

अब अनलाइनबाटै सामाजिक सुरक्षा कोषका भुक्तानीहरु गर्न सकिने

सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अब अनलाईनबाटै सिधै लाभग्राहीको बैंक खातामा जम्म…

भायानेटले ल्यायो दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा बडा टिभी’ अफर 

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा ब…

अब मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने

अब मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने भएको छ । नेपालकै…

आइएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे…

मनीग्राम र आइएमई पेबीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आइरहेको नेतृत्वदायी कम्पन…

क्रिकेट खेलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको अभियोगमा ३ जना पक्राउ

यूएईमामा आयोजना भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा अनलाइनमार्फत स…

एनसेलको नयाँ अफर, ४० पैसा प्रति एमबी सम्ममा डेटा प्रयोग गर्न सकिने

निजि क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहि…

पेन्टा क्यामेरा भएको सामसङको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’, कहिले होला सार्वजनिक ? 

दक्षिण कोरियाको टेक जायन्ट कम्पनी सामसङ्ले पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी…

पेन्टा क्यामेरा भएको सामसङको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’, कहिले होला सार्वजनिक ? 

दक्षिण कोरियाको टेक जायन्ट कम्पनी सामसङ्ले पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी…

ईसेवाले पायो आइएसओ २७००१ः२०१३ मान्यता

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ईसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरे…

गेमिङ क्षेत्रमा प्रवेश गर्दैं अमेजन, घोषणा गर्‍यो क्लाउडमा आधारित गेमिङ सेवा लुना

अनलाइन सपिङमा लोकप्रिय कम्पनी अमेजनले क्लाउडमा आधारित गेमिङ सेवा लुनाको घोषणा गर…

लकडाउनमा सुरु भएको बरदान अनलाइन स्टोर फैलदै, काठमाडौं र बुटवलमा पनि सेवा विस्तार गर्ने योजना

लकडाउनको अवधिमा सुरु भएको बरदान अनलाइन स्टोरले पोखरामा लकडाउन सुरु भएपछिको विष…

नेप्सेले पास गर्‍यो आइटी पोलिसी

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को सञ्चालक समितिले आइटी पोलिसी पास गरेको छ ।…