कीवर्डहरू -

समाचार

लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित

चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् ।

यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा  समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागले दशमहिनापछि यही पुस १९ गतेबाट वाग्मती प्रदेशमा चालक  अनुमति पत्रका लागि प्रयोगात्मक  परीक्षा खुला गरेको थियो ।

विभागका महानिर्देशक गगन हमाल र  प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्कर अलिलाई अनलाइन फारम भर्न सहज वातावरण मिलाउनुपर्ने माग गर्दै सोमबार यातायात विज्ञ देवेन्द्र प्रधान र ज्ञानेन्द्र शाहीले ध्यानाकर्षण गराएका छन् ।

चन्द्रागिरि नगरपालिका वडा १२  बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक समेत रहेका  प्रधानले चालक अनुमतिपत्रका लागि अनलाइन फारम भर्न सहज नभएका कारण सेवाग्राही समस्यामा परेका बताए ।

यातायात व्यवस्था विभाग अन्तर्गत ठूलो भ¥याङ कार्यालयले हाल दैनिक साना ठूला गरी तीनसय जनाले मात्र अनलाइन  फारम भर्ने व्यवस्था मिलाएको जनाइएको छ । अनलाइन फरम सीमित गरिँदा सेवाग्राही समस्यामा परेको विज्ञ प्रधानले बताए ।

कार्यालयले अनुमतिपत्रका लागि लिखित परीक्षा पास गरी प्रयोगात्मक परीक्षाका लागि बाँकी रहेका ८१५ जनालाई प्रयोगात्मक परीक्षाको व्यवस्था मिलाएको छ ।

यसका लागि सो भेहिकल एकेडेमीले परीक्षा सञ्चालन गरिहेको छ । नेपालको सबैभन्दा ठूलो र सुबिधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ ।  एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुबिधा रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड –१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्र्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा शुरु भएको  एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए ।

उनका अनुसार प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी, ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।

सरकारले अबलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागि तीनखम्बे अर्थनीति अनुसार  विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो ।

ऐकेडेमीमा दुई पाङग्रे, चारपाङग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङ्का प्रमुख सञ्जय थापाले चालक अनुमति पत्रलिन  अनलाइन फारामलाई व्यवस्थित गरिने जानकारी दिए ।

उनले  भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरको अवलोकन गर्दै कोरोनाका कारण लिखित परीक्षा पास भएका प्रयोगात्मक परीक्षा बाँकी रहेकाको एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुने बताए ।

रासस

समाचार

एप्पलले चीनको स्टोरबाट हटायो ३९ हजार गेमिङ एप

एप्पलले ३९ हजार गेम एपलाई आफ्नो चीनको स्टोरबाट हटाएको छ । एकैदिनमा यति धेरै एप ह…

विज्ञान तथा प्रविधि अध्ययन स‌ंस्थानको ३३ औँ वार्षिकोत्सव सम्पन्न

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन स‌ंस्थानको ३३ औँ वार्षिकोत्सव सम्पन्…

कोबिट सिंह बानियाँ बने ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड नेपालको विजेता

पाटन बहुमुखी क्यामपसमा अध्ययनरत कोबिट सिंह बानियाँले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अव…

लाइसेन्सको अनलाइन फाराम भर्ने सर्भरमा समस्या, सोमबार सेवा बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएको छ । …

क्यान महासंघको नुवाकोट शाखा गठन

कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघको नुवाकोट शाखा गठन भएको छ । क्यान महासंघक…

कोरोनाले बढायो ब्यान्डविथ आयात, ७ महिनामा एक अर्ब ८२ करोड ब्यान्डविथ आयातमा खर्च

कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिर…

तीन फोल्डिङ फोन सार्वजनिक गर्दैं साओमी

साओमीले सन् २०२१ मा तीन ओटा फोल्ड गर्न मिल्ने फोन निकाल्ने भएको छ । यो तीन ओटा फोन…

फिचर फोनमा समेत फोरजीमा आधारित भ्वाइस सेवा परीक्षण गर्दैं नेपाल टेलिकम

नेपाल टेलिकमले फोरजीमा आधारित भ्वाइस सेवा फिचर फोनहरुमा पनि परीक्षण गर्ने भएको छ…

मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल

मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल भएको छ । कम्पनील…

क्लाउड प्रिन्ट बन्द गर्दैं गूगल

गूगलले यो हप्ता देखि आधिकारिक रुपमा क्लाउड प्रिन्टलाई बन्द गर्ने भएको छ । यसले प्रयो…

जनगणनाको तयारी तिब्र रुपमा अघि बढ्यो, यस पटक प्रविधिबाट समेत जनगणना हुने

देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ । ६ महिनापछि घरघरै पुगेर विवरण सं…

कोरोनाको रिपोर्ट किन फरक फरक ? यस्तो छ अध्ययनको निष्कर्ष

कोभिड–१९ को पीसीआर परीक्षणको नमुना संकलन विधिमा फरक पर्दा नतिजामा भिन्नता देखिएक…

ओम्नी च्यानलबाट सानिमा बैंकको डिजिटल बैंकिङ शुरू 

सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ …

स्मार्टवाच सार्वजनिक गर्दैं वनप्लस 

वनप्लसले आफ्नो पहिलो वाच सन् २०२१ को सुरुमा सार्वजनिक गर्ने भएको छ । यस विषयको जान…