समाचार
साइबर सेक्युरिटी अडिटरको रोष्टर तयार पार्दैं नेपाल दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले इन्फरमेसन सेक्युरिटी अडिट र क्लाउड अडिटका लागि अडिटरहरुको रोष्टर तयार पार्ने भएको छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एक सूचना सार्वजनिक गर्दैं साइबर सेक्युरिटी अडिटहरुलाई रोष्टर दर्ताको लागि आह्वान गरेको हो ।
उक्त रोष्टरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुले सहभागिता जनाउन सक्ने छन् । गएको साउनमा प्राधिरणले साइबर सेक्युरिटी विनियमावली २०७७ जारी गरेको थियो ।
उक्त साइबर सेक्युरिटी विनियमावलीमा दूरसञ्चार कम्पनीहरुले हरेक आर्थिक वर्षमा सरकारले तोकेको आईएस अडिटर तथा क्लाउण्ड अडिटरबाट अडिट गराउनुपर्ने प्रावधान राखिएको छ ।
फर्म आफ्नो देशमा दर्ता भएको हुनुपर्ने, नेपाली कम्पनी भए भ्याटमा दर्ता भएको हुनुपर्ने र कर चुक्ता गरेको प्रमाणपत्र बुझाउनुपर्ने जनाइएको छ ।
नेपाली अडिट कम्पनीको विगत तीन वर्षदेखी वार्षिक ५० लाख रुपैयाँको कारोबार भएको हुनुपर्ने छ भने अन्तराष्ट्रिय कम्पनीको हकमा ५० लाख डलरको कारोबार भएको हुनुपर्ने प्रावधान राखिएको छ ।
यसका साथै कम्पनी ५ वर्षदेखि संचालन भएको हुनुपर्नेछ भने साइबर सेक्युरिटी, इन्फरमेसन सेक्युरिटी, सेक्युरिटी अडिटमा कम्तीमा ३ वर्षको अनुभव भएको हुनुपर्ने छ ।
आईएस अडिटरमा सहभागी हुन चाहने कम्पनीसँग कम्तिमा तीनजना पूर्णकालिन विज्ञ वा प्रोफेसनल हुनुपर्ने छ । त्यस्ता विज्ञहरुसँग सीआईएसए, सीआईएसएसपी, सीआईएसएम, आईएसओ २०७००१ लगायतमध्ये कम्तिमा कुनै एक प्रमाणपत्र हुनुपर्ने छ ।
त्यस्तै रोस्टरमा सहभागी हुन चाहने कम्पनीहरुले तीन वर्षको अवधिमा कम्तिमा पाँचवटा योजना सम्पन्न गरेको हुनुपर्ने छ । त्यस्तो योजनाको प्रमाण समेत पेश गर्नुपर्नेछ ।
त्यस्तै नेटवर्क । सिस्टम सेक्युरिटी एक्सपर्टसँग जुनिपर, ह्वावे, सिस्को, रेड ह्याटमध्ये कुनै एक सेक्युरिटी प्रमाणपत्र हुनुपर्ने छ ।
यसका साथै वेब/मोबाइल सेक्युरिटी एक्सपर्टका लागि सीईएच, ओएससीपी, सीईएमपी, सीएमडीएसपी, सीडब्लुएएसपीमध्ये कुनै एक प्रमाणपत्र हुनुपर्ने प्रावधान राखिएको छ।
क्लाउड अडिटर तर्फ कम्पनीसँगै तीनजना पूर्णकालिन विज्ञ वा प्रोफेसनल हुनुपर्ने छ । त्यसमध्ये क्लाउड सेक्युरिटी अडिट एक्सपर्टका लागि सीसीएके, सीसीएसएस, सीसीएसके, सीसीएसपी, सीआईएसए, सीआईएसएसपीमध्ये कुनै एक प्रमाणपत्र पेश गर्नुपर्ने छ ।
नेटवर्क/सिस्टम सेक्युरिटी एक्सपर्टका लागि एडब्लुएस, अजुर, गुगलमध्ये कुनै एक प्रमाणपत्र र वेब/डाटावेश सेक्युरिटी एक्सपर्टको लागि सीईएच, ओएससीपी, सीईएमपी, सीएमडीएसपी, सीडब्लुएएसपी र सीडीएपीमध्ये कुनै एक प्रमाणपत्र पेस गर्नुपर्ने न्यूनतम आधार तोकिएको छ ।
निवेदन दिएका फर्महरु मध्येबाट प्राधिरणले रोष्टर तयार गर्नेछ । सो फर्महरु मध्येबाट दूरसञ्चार कम्पनीहरुले कुनै एक अडिटरमार्फत आफ्नो सेक्युरिटी अडिट तयार गर्नसक्नेछन् ।
हेर्नुहोस् सूचना
समाचार
एनआईसी एशिया बैंकले थाल्यो वीच्याट पे भुक्तानी सेवा
एनआइसी एशिया बैंकले वीच्याट-पे मोबाइल वालेटमार्फत आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्…
ओपोद्वारा भारतमा फाइभजी इन्नोभेशन ल्याब स्थापना
ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्…
सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित ३ जना पक्राउ
नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित त…
विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाइने
वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका ल…
नेपाल राष्ट्र बैंकको आवेदन शुल्क खल्ती मोवाइल वालेटबाट भुक्तानी गर्न सकिने
नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क खल्ती डिजिटल वालेटब…
पाठशाला सियुजी सीम अब अभिभावकलाई पनि उपलब्ध हुने, ८ जीबी डेटा निःशूल्क
नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका …
फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरस जाँच गर्न थाल्यो दक्षिण कोरिया
दक्षिण कोरियाले फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरसको जाँच गर्न थ…
राइडरहरुद्वारा पठाओ कार्यालय तोडफोड
पठाओ राइडरहरूले पठाओको कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो माग सम्बोधन नभएको भन्द…
आईसीटी अवार्डको इन्नोभेसन विधाका विजेतालाई एनसेलले दियो ३ लाख नगद
एनसेलले आईसीटी अवार्ड २०२० अन्तर्गतको इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्…
अब सफा टेम्पोमा यात्रा गर्दा क्युआर कोडबाटै पैसा तिर्न सकिने
प्रभु बैंकले मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौ उपत्यकामा चल्ने सफा टेम्पुम…
काठमाडौ तराई मधेश द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउन सम्झौता
नेपाल टेलिकम र काठमाडौ तराई मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झ…
प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’
ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपम…
सन्चै छौंले पायो राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड
‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ सन्चै छौंलाई प्रदान गरिएको छ । शनिबार सोल्टी …
पाइला इमरजेन्सी रिससीएटरले पायो एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड
‘एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२०’ पाइला इमरजेन्सी रिससी…
‘प्रोडक्ट आइसिटी अवार्ड २०२०’ सीपीएफडीएसलाई प्रदान
प्रोडक्ट आइसिटी अवार्ड २०२० सीपीएफडीएसलाई प्रदान गरिएको छ । शनिबार सोल्टी होटेलमा …