समाचार
सगुनमा नयाँ फिचर
सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी सगुनको पछिल्लो फिचरहरुबारे सगुनका संस्थापकहरुले बेलायतस्थित एनआरएन अगुवा तथा लगानीकर्ताहरुलाई जानकारी गराएका छन् ।
मंगलबार भर्चुअल मध्यमद्वारा आयोजित एक कार्यक्रममा प्रस्तुति दिंदै अमेरिकामा मुख्यालय रहेको सगुन इंकका संस्थापक गोविन्द गिरीले ‘मुड टक’ जस्ता नयाँ फिचर बजारमा ल्याएको बताए ।
मुड टकमा गएर आफ्ना परिवार तथा साथीहरुसँग च्याट गर्न सकिने र २४ घण्टामा च्याट आफै डिलिट हुने उनले बताए ।
उनले यसमा चित्र वा भिडियो पनि चाँडै शेयर गर्न मिल्ने र यो फिचरले मानिसहरुलाई कुराकानी शुरु गर्न, सम्बन्ध बलियो बनाउन सघाउने विश्वास व्यक्त गरे । उनले सगुन एपको नयाँ भर्सन छिटै उपलब्ध हुने जानकारी पनि दिए ।
‘सगुनमा तपाईंले विभिन्न फिचर्सहरु प्रयोग गर्न पाउनुहुन्छ । जस्तै ‘ट्रेण्डीङ्ग भिडियोज’ जसमा तपाईंको इच्छा अनुसार विभिन्न टपिक्समा लोकप्रिय भिडियोहरु हेर्न पाउनु हुन्छ भने सगुन चलाए वापत केही स्मार्ट कोइन्स पनि आर्जन गर्न पाउनुहुन्छ,’ संस्थापक गिरीले भने, ‘आफ्ना आफन्तहरु विभिन्न देशमा हुने भएको हुनाले विभिन्न देशका ‘ट्रेण्डीङ्ग ग्लोबल स्टोरिज’ पनि एकै ठाउँमा हेर्न पाउनु हुन्छ ।’
‘यदि तपाईंको मनभित्र खुम्चिएर रहेका कुनै सिक्रेट हरु छन् अथवा समाजमा पस्किने केही बिचारहरु छन् जुन अरु कसैले केही भन्ला कि भनेर तपाई हामीले समाजमा भन्न सकिरहेका हुँदैनौं भने यस्ता विचारहरुलाई पनि प्रकट गर्ने व्यवस्था सगुनले मिलाएको छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै सगुनका सहसंस्थापक कविन सिटौलाले सगुनको यात्रामा युके निवासी नेपाली समुदायको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे । ‘अब हामी लक्ष्य नजिक पुग्दै छौं र तपाईंहरुको सद्भाव र सुझावको अपेक्षा गरेका छौं,’ उनले भने ।
कार्यक्रममा बोल्दै १०० भन्दा बढी स्टार्टअप कम्पनीहरुमा लगानी गरेका अमेरिकास्थित एकजना लगानीकर्ता चिन्ता बजगाईंले आफुले लगानी गरेका कम्पनीहरुमध्ये सगुन ‘टप फाइभ’ मा पर्ने जनाए ।
त्यस्तै अस्ट्रेलियास्थित लगानीकर्ता तथा सगुनका सल्लाहकार झकेन्द्र शर्माले सगुनमा गरिएको लगानीबाट राम्रो प्रतिफल आउनेमा आफु ढुक्क रहेको बताए ।
संसारका २०० भन्दा बढी कम्पनीहरूमा लगानी गरेको आफ्नो अनुभव सुनाउँदै उनले स्टार्टअप कम्पनीमा लगानी गर्नु आफै जोखिमपूर्ण भए पनि त्यसबाट प इने मुनाफा निकै आकर्षक हुने उनले बताए ।
कार्यक्रमको शुरुमा सगुनका युरोप संयोजक युवराज सेडाइले सगुनका नयाँ फिचरहरुबारे विस्तृत जानकारी दिएका थिए भने सगुनका ग्लोबल संयोजक सूर्य गुरुङले सबै सहभागीहरुलाई स्वागत गरेका थिएन ।
एनआरएनए युकेकी अध्यक्ष पूनम गुरुङले अमेरिका जस्तो मुलुकमा बसेर ठूल्ठूला कम्पनीहरुसँग अत्यन्त प्रतिस्पर्धात्मक वातावरणमा पनि आफ्नो छुट्टै पहिचान बनाउन प्रयत्नरत सगुनको यो अभियानमा तपाई हामी सबै जुटेर यसबाट हुने आर्थिक लाभ पनि तपाई हामीले नै लिऊँ भनेर अनुरोध गरिन् । उनले सगुनको सफलताले नेपाल र नेपालीलाई फाइदा हुने विश्वास व्यक्त गरिन् ।
लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङले सगुनको निरन्तर प्रगतिको कामना गर्दै आफु पनि यो यात्रामा जोडिन इच्छुक रहेको बताए ।
कार्यक्रममा एनआरएनएका केन्द्रिय सल्लाहकारद्वय कुल आचार्य र विश्व आदर्श पण्डितले सगुनमा आफुहरु सन् २०१७ देखि नै जोडिएको भन्दै अरुलाई पनि जोडिन अनुरोध गरे।
कार्यक्रममा एनआरएनएका आइसीसी सदस्यहरु, एनआरएनए युकेका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, व्यवसायी तथा पत्रकारहरु लगायत करिब एक सय ५० जना भन्दा बढीको उपस्थिति थियो।
कार्यक्रममा उपस्थित शुभचिन्तकहरु र लगानीकर्ताहरुले संस्थापकहरूसंग जिज्ञासा राख्नुका साथै सुझाव पनि दिएका थिए ।
समाचार
एप्पलको एम वान प्रयोग भएको म्याकलाई ह्याक गर्ने प्रयास गर्दै ह्याकर
ह्याकरहरुले एप्पलको एम वान प्रोसेसर भएको म्याकलाई ह्याक गर्ने प्रयास गरिरहेका छन् । …
हेल्थ अथोरिटीबाट प्रमाणित कोभिड–१९ भ्याक्सिन एपलाई मात्रै एप्पलले अप्रुभ गर्ने
अहिले पुरै संसारमानै बिस्तारै कोरोनाको खोप लगाउने प्रक्रिया सुरु भएको छ । तर मौख…
‘क्यान इन्फोटेक २०२१’ आयोजना हुने, सरोकारवाला र प्रायोजकसँग क्यान महासंघको छलफल
क्यान महासंघले वर्षेनी आयोजना गर्दै आएको सूचना प्रविधि क्षेत्रको एक मेघा इभेन्ट ‘क्या…
प्लस टु पास गरेका गर्ल्सलाई रोबोटिक्स र एआई विषयमा निःशुल्क वर्कशप, यसरी हुनुहोस् सहभागी
रोबोटिक्स एशोसिएसन नेपाल र एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको सहकार्यमा…
कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य
कोभिड महामारीले प्रभावित पर्यटन व्यावसा…
बुटवलमा अनलाइन फुड डेलिभरी सेवा दिदै मजुर एप
नेपालमा पछिल्लो समय स्टार्टअपकाे प्रभाव विस्तारै देशका अन्य शहरहरूमा पनि देखिन थाले…
महंगियो डाक्टरको जाँच्ने शुल्क
डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएका छन् । अबदेखि चिकित्सकले परामर्श दिएबापत…
सरकारले धेरै कर लगाउँदा इन्टरनेट महंगो
सरकारले धेरै कर लगाउँदा इन्टरनेट महंगो भएको गुनासो व्यवसायीले गरेका छन् ।
सोलुखुम्बुको विकट गाउँमा फोरजी सेवा
हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हु…
बिटकोइनको मूल्य ५८ लाख रुपैँया भन्दा बढि
बिटकोइनको मूल्य बढेर ५० हजार डलर भन्दा बढि पुगेको छ । नेपालको आजको विनिमय दर अन…
उत्कृष्ट ५ ग्लोबल स्मार्टफोनको सूचीमा रियलमी
स्मार्टफोन ब्राण्ड रियलमी विश्वका उत्कृष्ट ५ स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनको …
जीमेलमा अब मेल खोज्न सहज हुने
अब जीमेलमा मेल खोज्न सहज हुने भएको छ । जीमेलमा आएको नयाँ फिचरले जीमेलमा रहको क…
वर्ल्डलिंकको नयाँ ग्राहक सेवा केन्द्र अब विराटनगरमा
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले विराटनगरको पुषपलालल चोकमा …
एज ब्राउजरमा ‘किड्स मोड’ परिक्षण गर्दै माइक्रोसफ्ट
माइक्रोसफ्टले एज ब्राउजरमा ‘किड्स मोड’ फिचर परिक्षण गर्न थालेको छ । यसले बालबलिकाहर…