कीवर्डहरू -

समाचार

टेलिकमको ‘एफटीटीएच जाडोमा न्यानो अफर’, ग्राहकलाई १ वर्षसम्म दैनिक ३०० एमबी डेटा निःशूल्क

नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि ‘एफटीटीएच जाडोमा न्यानो अफर’ उपलब्ध गराएको छ । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराइएको हो ।

यो अफर पुस १ गतेदेखि कार्यान्वयनमा आइसकेको छ । एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नती गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक ३०० एमबी डाटा उपलब्ध गराइने छ ।

त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक सीपीई र १०० मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुनेछ ।

यसका लागि ग्राहकले एफटीटीएच आवेदन फारामको ग्राहक सम्पर्क नम्बरमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

यसअघि नै कायम रहेका ग्राहकले आफ्नो मोबाइल नम्बर नजिकको दूरसञ्चार कार्यालयमा उपलब्ध गराउन सक्नेछन् ।

एफटीटीएच जडान भएपश्चात् सो नम्बरमार्फत *१४१६# डायल गरी प्राप्त निर्देशन बमोजिम प्रतिदिन ३०० एमबी निःशुल्क डाटा एक्टिभ गर्न सकिनेछ । यो डाटा टुजी÷थ्रीजी÷फोरजी सबै नेटवर्कमा, २४ सैं घण्टा सबै किसिमका विषयका लागि उपयोग गर्न सकिन्छ ।

मोबाइलमा एकपटक दैनिक निःशुल्क डाटा एक्टिभ गरेपश्चात् उक्त नम्बरमा एक वर्षसम्म हरेक दिन ३०० एमबी डाटा स्वतः निःशुल्क उपलब्ध हुनेछ । संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जस्तैगरी मोबाइलमा निःशुल्क डाटा प्याक एक्टिभ गर्न सक्नेछन् ।

हाल नयाँ एफटीटीएच लाइन जडान गरी एक वर्षको लागि २० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिंदा सबै करसहित जम्मा १३ हजार रुपैयाँ शुल्क लाग्छ । यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबीपीएस लगायत २५, ५० र ६० एमबीपीएसका सेवामा पनि उपलब्ध छ ।

एफटीटीएच–जाडोमा न्यानो अफर लिने ग्राहकले वार्षिक रुपमा १३ हजार रुपैयाँमा अत्यधिक सुविधा उपयोग गर्न पाउनेछन् ।

यस अफरमा दैनिक ३ सय एमबीपीएस डाटा (प्रचलित मूल्य वार्षिक रुपमा रु. १० हजारभन्दा बढी), निशुल्क पाइने सिपीई (प्रचलित मूल्य रु. २,८२५) र एकसय मिटर ड्रप फाइबर (प्रचलित मूल्य रु एक हजार) गरी कूल रु. १३ हजारभन्दा बढी रकम बराबरको सहुलियत प्राप्त हुनेछ ।

एफटीटीएच सेवामा उपलब्ध सबै प्याकेजहरु र सोको मूल्य सम्बन्धी विवरण नेपाल टेलिकमको वेबसाइटमा उपलब्ध गरिएको छ ।

एफटीटीएचमार्फत हाल तीव्र गतिको डाटा सेवा र भ्वाइस सेवा उपलब्ध भइरहेको छ । निकट भविष्यमा कम्पनीले आइपीटिभी सेवा उपलब्ध गराएपश्चात् यो सेवा थप लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

समाचार

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र

नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरे…

 क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन

सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा व…

इसेवा र भाइबरबीच साझेदारी, भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने

नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन…

म्युजिक मेमोज एप बन्द गर्दैं एप्पल

एप्पलले आफ्नो म्युजिक मेमोज रेकर्डिङ एपलाई बन्द गर्ने भएको छ । कम्पनीले यही हप्ता एपल…

नेपालको आफ्नै स्याटेलाइट राख्न नयाँ प्रक्रिया शुरू, प्राधिकरणले माग्यो आशयपत्र

नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया अगाडी…

ट्विटरले किन्यो स्क्रीन शेयर तथा भिडियो च्याट गर्न मिल्ने एप स्क्वाड

ट्वीटरले स्क्वाड एपलाई खरिद गरेको छ । यो एपमा स्क्रीन सेयरिङ र भिडियो च्याट गर्न मिल्…

अब दक्षिण कोरियाबाट अनलाइन मार्फत् रेमिट्यान्स पठाउन सकिने

दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त …

ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शित

स्मार्टफोन ब्राण्ड ओपोले चौँथौ चाईना इन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)…

एनआईसी एशिया बैंकका संस्थागत ग्राहकले अनलाइनबाटै तलब तथा राजस्व भुक्तानी गर्न सक्ने

एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्यु…

गूगलका कर्मचारीले आगामी सेप्टेम्बरसम्म घरबाटै काम गर्न सक्ने

गूगलले सन् २०२१ को सेप्टेम्बर सम्म आफ्नो कर्मचारीलाई घरबाटै काम गर्न दिने भएको छ । ग…

टेलिकमको पोस्टपेड प्रयोगकर्ताले रेन्टल चार्ज वापतको रकम प्याक खरिदमा उपयोग गर्न सक्ने

पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेण्टल शुल्क तिर्न…

टिकटकको दुरूपयोग बढ्दैं

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको…

सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने

कोभ्याक्स सुविधाअन्तरगत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हा…

इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले शुरू गर्‍यो अनलाइन अपोइन्टमेन्ट सेवा 

ईसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु ग…