कीवर्डहरू -

समाचार

नेपालबाट प्राप्त मुनाफा नेपालकै समृद्धिका लागि प्रयोग हुन्छ: सगुन

अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित ईकमर्स कम्पनी, सगुनले कुनै पनि माध्यमबाट नेपाली पूँजी स्वदेश बाहिर नलैजाने स्पष्ट पारेको छ ।

सगुनले आईतबार  आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनका क्रममा  संस्थापक गोविन्द गिरीले सगुनप्रति न बुझेर शुरुमा केहि भ्रमहरु रहे पनि अहिले त्यो स्पष्ट भै सकेको बताए।

‘हामीलाई आफ्नै भूमिमा एउटा प्लेटफर्म मात्रै चाहिएको हो, हामीले  नेपालीबाट प्राप्त गरेको मुनाफा नेपालकै आर्थिक समृद्धि र विकासका लागि प्रयोग गर्ने छौं। यसमा ढुक्क हुनुस्,  नेपालबाट कमाएको सबै पैसा हामी नेपालमै रोजगारी र आर्थिक विकासका लागि प्रयोग गर्छौ,’ उनले भने ।

लगानी गर्न आह्वान

पत्रकार सम्मेलनमा सगुनले विश्वभरका लगानीकर्ताहरुका लागि मिनी आइपीओमार्फत लगानी गर्न पुनः आह्वान गरेको छ । कानूनी मान्यताअनुसार लगानीकर्तामाझ आएको सगुनले  आगामी जनवरीबाटै सेकेण्डरी आइपीओमा जाने लक्ष्य राखेको संस्थापक गिरीले बताए  ।

सगुनले साना लगानीकर्ता प्रोत्साहन गर्नका लागि कम आम्दानी भएकाहरुलाई समेत लगानीको वातावरण जुटाएको जनाएको छ ।

फेसबुक, ट्वीटरजस्ता ठूला कम्पनी जुन नेपालीको पहुँचमा छैनन्, तिनमा सर्वसाधारणको लगानीका लागि कुनै प्लेटफर्म नभए पनि सगुनले भने सर्वसाधारणका लागि लगानीको वातावरण बनाएको भन्दै गिरीले नेपाली डायस्पोराका लागि यो लगानीको उत्तम अवसर भएको बताए  ।

उनले भने, ‘सन् २०१५ बाट सुरु भएको हाम्रो एप आज विश्वका लाखौं मानिसको हातहातमा पुगेको छ, हिजोका दिनमा सर्वसाधारणको पहुंचमा नभएका अन्तर्राष्ट्रिय प्लेटफर्म आज लगानीकर्ताहरुका लागि सुनौलो अवसर बनेको छ ।’

सेप्टेम्बर महिनाभर लगानीको अवसर

सगुनले “ग” श्रेणीको साधारण शेयर मिनि (आइपिओ) प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्रि गरिरहेको छ । आगामी सेप्टेम्बर ३० तारिख सम्म नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले आइपिओ खरिद गर्न पाउनेछन् ।

कम्तिमा ३० कित्ता शेयर नौ सय डलरमा  खरिद गर्न सकिने प्रावधान रहेको छ ।  सन् २०२१ को शुरुमा सेकेण्डरी आइपिओमा जाने रणनीति रहेकोले पनि मिनि आइपिओमार्फत लगानीको अवसर यही नै अन्तिम पटक हुने सगुनका सहसंस्थापक कविन सिटौलाले जनाए ।

सगुनको शेयर खरिद गर्न इच्छुक व्यक्तिले यो लिङ्क मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ ट्याब छनोट गरी लगानीका लागि आवेदन दिन सक्नेछन् ।

अहिले संसारभरि सगुनका प्रयोगकर्ताहरु ८१ लाख बढी रहेको सो कम्पनीले जनाएको छ । सगुनका प्रयोगकर्ता विशेषगरी अमेरिका,  नेपाल र भारतसहित दक्षिण एसियाली मुलुकमा बढीरहेका छन् ।

नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजारसँग सगुनको सम्झौता भइसकेको जानकारी गराउँदै गिरीले  अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन नविल बैंकसँग छिट्टै सहकार्य गर्न लागेको सगुनले जनाएको छ । नेपालमा सबैभन्दा धेरै डाउनलोड हुने एपमा सगुन ५ औ स्थानमा छ ।

सगुनका ग्लोबल कोर्डिनेटर सूर्य गुरुङले लगानी गर्नासाथ प्रतिफल खोज्ने सोच होइन, भविष्यको लागि र सगुनको भिजनमा साथ दिने र विश्वास गर्ने सबै धन्यवादका पात्र भएको बताए ।

उनले सगुनको यात्रा धेरै अघि बढेको र यो यात्रामा कोही प्रवासी नेपाली पनि छुट्नुहुन्न भन्दै उनले  विश्वभरका नेपालीसहित अन्य लगाीकर्तालाई समेत जोड्दै जाने बताए ।

पत्रकार सम्मेलनमा नेपाल र नेपाल बाहिरका गरी ७० भन्दा बढी पत्रकार र सरोकारवाला सहभागी थिए । यस्तै सगुनका तर्फबाट  संस्थापक गोविन्द गिरि, सह संस्थापक कविन सिटौला, सह संस्थापक स्वाति दयाल, ग्लोबल कोअर्डीनेटर सूर्य गुरुङ, नेपाल कन्ट्री म्यानेजर  आनन्द बज्राचार्य, खेमराज पगेनी, चिंता बजागाई, कृष्ण गैरे, भवानी कोइराल, सत्तम लामा,  युवराज सेढाईं,  सुरेन उप्रेती, यम घिमिरे, फणिन्द्र ढकाल, डा. शशि सिग्देल, ध्रुब शर्मा लगायतको सहभागिता रहेको थियो ।

समाचार

फेसबुकले इन्स्टाग्रामको स्टोरी आफ्नो फिडमा पनि सेयर गर्न मिल्ने फिचरको जाँच गर्दैं

फेसबुकले इन्स्टाग्रामको स्टोरी आफ्नो फिडमा पनि सेयर गर्न मिल्ने फिचरको जाँच गरिरहेको…

उद्यमशील युवालाई २ प्रतिशतमा कर्जा उपलब्ध गराउने कार्य अन्तिम चरणमा

उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना …

किन भने जति हुँदैन इन्टरनेटको स्पीड ?

सेवा प्रदायकहरुले इन्टरनेटको स्पीड स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको बताएका…

दूर शिक्षा कार्यक्रमलाई सघाउन विश्व बैंकले करिब १ अर्ब २७ करोड रूपैयाँ अनुदान दिने

विश्व बैंकले नेपाललाई विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १ करोड ८५ लाख अमेरिकी…

एसईई पास गरेका विद्यार्थीलाई १ रुपैयाँमै एनसेलको पहिलो सीम, साथमा आकर्षक सुविधा

एसईई पास गरेका विद्यार्थीहरुलाई लक्षित गरी निजि मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले…

वैकल्पिक सिकाई सहजिकरण निर्देशिका परिमार्जन हुने

कोभिड १९ को कारण अवरुद्ध भएको नियमित पठापाठनलाई केहि राहत दिने उदेश्यले सरकारले वैकल्पिक सिकाई प्रणाली सञ्चालन गरिरहेको छ । सरकारले असार १ गतेदेखि सञ्…

एनसेलले ल्यायो ननस्टप अफर, १०० रुपैयाँमा सात दिन ननस्टप युट्युब, टिकटक र फेसबुक चलाउन पाइने

निजि मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्या…

टिकटकका कारण नेपालको इन्टरनेटको गुणस्तरमा धक्का

टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ …

होम डेलिभरी सम्बन्धि मापदण्ड जारी, दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म डेलिभरी गर्न पाइने

ईकमर्स कम्पनीहरुले अब दिउँसो १ बजेदेखि साझ ७ बजेसम्म होम डेलिभरी सेवा सञ्चालन गर्न…

साओमीको रेडमी इयरफोन नेपालमा, कति होला मूल्य ? 

साओमीले रेडमीको फोन प्लस रणनीतिलाई अगाडि बढाउदै नयाँ रेडमी इयरफोन सार्वजनिक गरे…

रोबोटिक्स तथा प्रोग्रामिङ सम्बन्धि अनलाइन कक्षा सुरु गर्दै रोबोटिक्स एशोसिएसन अफ नेपाल

रोबोटिक्स एशोसिएसन अफ नेपाल (र्‍यान) ले रोबोटिक्स तथा प्रोग्रामिङ अनलाइनबाटै सिकाउ…

मोदीको ट्विटर अकाउन्ट ह्याक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निजी ट्विटर अकाउन्ट ह्याक भएको छ । बिहीबार प्रधान…

\'ग्लोबल इनोभेसन इन्डेक्स\'मा नेपाल ९५ औं स्थानमा, एक वर्षमा १४ स्थान माथि उक्लदै सार्क मुलुकमा दोस्रो बन्न सफल

विश्व नवप्रवर्तक सूचाङ्क (ग्लोबल इनोभेसन इनडेक्स जिआईआई) मा नेपाल ९५ औं स्थानमा आईपु…

पब्जी सहित ११८ एपमा भारतले लगायो प्रतिबन्ध

भारतले पब्जी सहित ११८ एपमा प्रतिबन्ध लगाएको छ । सुरक्षाको कारण देखाउदै भारतले ११८…

पब्जी सहित ११८ एपमा भारतले लगायो प्रतिबन्ध

भारतले पब्जी सहित ११८ एपमा प्रतिबन्ध लगाएको छ । सुरक्षाको कारण देखाउदै भारतले ११८ ओटा चिनियाँ एपमा प्रतिबन्ध  लगाएको हो । नयाँ प्रतिबन्धित एपमा …