कीवर्डहरू -

समाचार

आगामी साता नेपालमा वानप्लसका तीन स्मार्टफोन सार्वजनिक हुने, कति छ मूल्य ?

स्मार्टफोन ब्राण्ड वानप्लस नेपाली बजारमा पुनः सार्वजनिक हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाईभ जी र वानप्लस नोर्ड एनटेन फाईभ जि समेत नेपाली बजारमा आउने भएको हो ।

वानप्लसका लागि आधिकारीक विक्रेताको रुपमा तोकिएको क्रेटोस टेक्नोलोजिज् प्रालिमार्फत आगामी मंसिर २९ गतेबाट नेपाली बजारमा उल्लेख गरिएका तिन मोडल उपलब्ध हुनेछन् ।

गत बर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याए सँगै वानप्लसका उपभोक्ताको आकर्षण उल्लेख्य रुपमा बढेको थियो भने यस बर्ष फाईभ जि प्रविधी र थप उत्कृष्ठ डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोगकर्तालाई फाष्ट एण्ड स्मूथ अनूभूती दिलाउन थप सफल रहने विश्वास लिएको छ ।

नेपाली उपभोक्ता माझ निक्कै लोकप्रिय रहेको वानप्लसले क्रेटोस टेक्नोलोजिज प्रालिलाई नेपालका लागि आधिकारीक विक्रेता नियुक्त गरे सँगै नेपाली बजारमा वानप्लसले सफलताको नयाँ उचाई हाँसिल गर्ने विश्वास गरेको छ ।

क्रेटोस टेक्नोलोजिजको देशब्यापी बलियो वितरण संजाल र प्रतिबद्ध विक्री पश्चातको सेवाका माध्यमबाट वानप्लसका उपभोक्ताले थप लाभ हाँसिल गर्न सक्ने अवस्थाको विकास भएको कम्पनीले जनाएको छ ।

मंसिर २४ गतेबाट प्रि बुकिङ्ग शुरु गरिएको वानप्लसका तिनै मोडलका स्मार्टफोनहरु क्रेटोस टेक्नोलोजिज प्रालिले मंसिर २९ गते देखि बजारमा ल्याउनेछ भने सोहि दिनबाट प्रि वुकिङ्गकर्ताले डेलिभरी प्राप्त गर्न शुरु गर्नेछन् ।

अनलाईन प्लेटफर्म दराज तथा सस्तोडिल तथा क्रेटोस टेक्नोलोजिज देशभर छरिएर रहेका रिटेल स्टोर मार्फत वानप्लसको प्रि–वुकिङ्ग गर्न सकिनेछ ।

यसरी प्रि–वुकिङ्ग गर्ने ग्राहक मध्ये यसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका ग्राहकहरुले एकबर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वानप्लस कम्यूनिटी डिस्काउन्ट कार्ड समेत प्राप्त गर्न सक्नेछन्।

नेपाली बजारमा वानप्लस नोर्ड टेन फाइभजीको मूल्य ३९ हजार ४९९ रुपैयाँ कायम गरिएको छ । यसमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज राखिएको छ । चार रियर क्यामेरा रहेको यसमा ४३०० एमएएचको ब्याट्री रहेको छ ।

त्यस्तै नेपालमा वान प्लस नोर्ड फाइभजीको मूल्य ६३ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा १२ जीबी र्‍याम र २५६ब जीबी स्टोरेज राखिएको छ । भने चार रियर क्यामेरा र ४११५ एमएएच ब्याट्री रहेको छ ।

त्यस्तै नेपालमा वान प्लस एट प्रोको मूल्य १ लाख २५ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज राखिएको छ । भने चार रियर क्यामेरा र ४५१० एमएएच ब्याट्री रहेको छ ।

समाचार

फुड डेलिभरी कम्पनी फुडमाण्डुमा साइबर आक्रमण गर्ने ह्याकर पक्राउ 

नेपालकै पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुमा साइबर आक्रमण गरी डेटा सार्वजन…

युगद्रष्टा एप सार्वजनिक, डा. निर्मलमणी अधिकारिका पुस्तकहरु निःशूल्क पढ्न सकिने

फ्युचर एजुकेश अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले ‘युगद्रष्टा’ एप सार्वजनिक गरे…

हरेक महिना बरदानको ‘लास्ट थस्डे सेल’ हुने, साथमा विशेष छुट र आकर्षक उपहार

पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले ‘लास्ट थस्डे सेल’ लिएर आएक…

नेपालगंजमा माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ

नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड …

आईएमई लाइफ इन्स्योरेन्सले सुरु गर्यो च्याटबट सेवा

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक च्याटबट सेवा संचालनमा ल्…

हाई इण्ड म्याकका लागि एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गर्दै एप्पल

एप्पलले गुणस्तरीय म्याकहरुका लागी एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गरिरहेको छ…

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालनमा ल्यायो इक्लास नेपाल मोबाइल एप

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘इक्लास नेपाल’ नामक मोबाइल एप सञ्चालनमा आएको …

भिभोको सेल्स कार्निभलमा स्मार्टफोन खरिद गर्दा भारी छूट र बम्पर उपहार

भिभो नेपाली बजारमा प्रवेश गरेको तीन वर्ष पुरा भएको छ । साथै भिभोको फेसबुक पेजमा…

अनधिकृत सोसल मिडिया पेजमा आफ्नो विवरण उपलब्ध नगराउन ग्राहकलाई टेलिकमको आग्रह

नेपाल टेलिकमले ग्राहकहरुलाई अनधिकृत पेजमा आफ्नो विवरण तथा सूचना उपलब्ध नगराउन अन…

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैं

नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नय…

खोप ल्याउने सरकारको तयारी फितलो, मात्र सुविधाको खोपको आशा

विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनी…

सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने ३ जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैल…

विन्डोज टेन प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न सक्ने

विन्डोज टेन प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न वा सर्च गर्न सक्ने भएका छन् । माइक्रोसफ्…

६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गर्दै सामसङ

सामसङले ६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गरिरहेको छ । टीपस्टरले यो कु…

मनकामना केबलकारको टिकट अब खल्तीबाटै खरिद गर्न सकिने 

मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट ‘खल्ती’ डिजिटल वालेटब…