समाचार
कनेक्ट आईपीएसमा लिङ्क गरिएको बैंक खाता भेरिफाई अब अनलाइनबाटै
अब अनलाइनबाटै कनेक्ट आईपीएसमा लिङ्क गरिएको बैंक खाता भेरिफाई गर्न सकिने भएको छ । नेपाल बङ्गलादेश बैंकले कनेक्ट आइपीएसमा खाता लिंक गरी भेरीफाई गराउने सम्पूर्ण प्रकृयालाई स्वचालित गरी अनलाइनबाटै गर्न सकिने व्यवस्थाको सुरुवात गरेको हो ।
यससँगै बैंकका ग्राहकहरुले अब बैंकको शाखामा गएर फारम बुझाई भेरीफाई गराउने बाध्यताको पनि अन्त्य भएको छ । नेपाल बंगलादेश बैंकका ग्राहकले अनलाइनबाटै कनेक्ट आईपीएसमा खाता भेरिफाई गराउन सक्ने छन् ।
ग्राहकले कनेक्ट आइपीएसमा रहेको लिंक अकाउन्ट भित्र आफ्नो खाता लिंक गरिसकेपछी सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्नेछन् ।
यस प्रकृयामा ग्राहकको विवरण वान टाइम पासवड वोटिपी र माइक्रो डिपोजिट्सको आधारमा सुरक्षित रुपमा घरमै बसेर अनलाइनबाटै प्रमाणीत हुने व्यवस्था गरिएको छ ।
तो सेवा अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि चाँडै नै सुरुवात गर्न आवश्यक तयारी भइरहेको जनाइएको छ । कनेक्ट आईपिएस नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको भुक्तानी प्रणाली हो । यसमा ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु आवद्ध भइसकेका छन् ।
यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।
समाचार
लकडाउनमा मर्मतको होम सर्भिस दिँदै निर्माण साथी
निर्माण तथा मर्मत सम्बन्धि ई-कमर्स कम्पनी निर्माण साथीले घर तथा कार्यालयमा आउने विभिन्…
एनआईसी एशिया बैंकको नयाँ योजना, क्युआर राख्न रिफर गर्दा नगद पाइने
एनआईसी एशिया बैंकले ‘क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । यस योजनामा बैंकका क्…
भर्चुअल कक्षामा सहभागी हुन विद्यार्थीलाई त्रिविको अनुरोध
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्र…
भन्सार छली ल्याइएका २ सय ७८ थान मोबाइलका ब्याट्री सहित एकजना पक्राउ
धनगढीबाट भन्सार छली ल्याइएका करिब ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान म…
आइसिटी टकको दोश्रो संस्करणमा कम्प्युटर वैज्ञानिक मुनि शाक्यको सहभागिता
आइसिटी अवार्डसँग सम्वन्धित रहेर आयोजना भइरहेको भर्जुअल आइसिटी टककोे दाश्रो संस्करणमा विभिन्न क्षेत्रका ३ सफल व्यत्तिहरुसँग कुराकानी हुनेछ । आज दिउसो ४ बजेद…
क्लासिक टेकको इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर, अनलाइन भुक्तानीको सुविधा
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले रिचार्जमा बोनस योजना ल्याएको छ । क…
गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै ईफार्म, होम डेलिभरीको समेत सुविधा
विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ईफार्मले द…
विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न एन आइसी एशिया बैंकको सुपर सिक्स योजना
एन आईसी एशिया बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्य…
सबै विश्वविद्यालय र आंगिक क्याम्पसहरुलाई अब नेपाल टेलिकमको ह्यापी लर्निङ प्याक
कोरोना भाइरसको कारणले सिर्जित महाविपत्तीको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्नेगरी…
ओप्पोलाई फाईन्ड एक्सटू प्रोका लागि ईआईएसए एड्भान्स्ड स्मार्टफोन अवार्ड प्रदान
यूरोपियन ईमेज एण्ड साउन्ड एसोसिएशन (ईआईएसए)ले ओप्पो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए ए…
सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्स (IPv6) मा लैजाँदै वर्ल्डलिंक
यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने उद्देश्यका साथ कम्पनी…
डिशहोमको ‘दी स्ट्रिङ्स’ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनौट
डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंग्लिस सांगीतिक प्रतियोगिता दि स्ट्रिङ्सको दोस्रो…
अब १० दिनसम्म डिशहोमको क्रेडिट सेवा लिन सकिने, यसरी लिनुहोस् सेवा
डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने भएको छ । डिसहोमले…
नागरिक लगानी कोषका लाभग्राहीको खातामा एनसीएचएल मार्फत भुक्तानी गर्न सकिने
नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत क…
टेस्लाको स्वचालित एसी नेपाली सम्पदा अङ्कित नयाँ मोडलमा आउँदै
ईलेक्ट्रोनिक्स बजारमा टेस्ला एयर कन्डिसनर (फिलर) ले केही दिन भित्र आफ्नो नयाँ उत्पादन…