समाचार
किष्ट मेडिकल अस्पताललाई \'सिस्टर रोबोट\' हस्तान्तरण, कोरोना संक्रमितको हेरचाह तथा उपचारमा सघाउने
७ ओटा रोबोटको विकास गरिसकेको सिस्टर रोबोटको विकास टोलीले भाद्र ८ गते सोमबारका दिन थप एक अस्पताललाइ रोबोट हस्तान्तरण गरेको छ । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यू.एन.डी.पी ) नेपाल र व्यवहारिक बिज्ञान तथा प्रबिधि अनुसन्धान केन्द्र (रिकास्ट)को आर्थिक सहयोगमा विकास भएको रोबोट किष्ट मेडिकल कलेज तथा टिचिंग अस्पताललाई हस्तान्तरण गरिएको हो ।
यूएनडीपी नेपालले यूएनडीपी एक्सेलेटर ल्याबमार्फत वित्तीय सहयोग प्रदान गर्दैछ, जसले स्थानीय उत्पादनहरू, स्थानीय स्रोतहरू, घरेलु समाधानहरू र युवा टेक्नोप्रेनरलाई बढावा दिन्छ र तीनवटा सिस्टर रोबोट बनाउनको लागि आर्थिक सहयोग गरेको हो । रिकास्टले ५ ओटा रोबोट निर्माण गर्न ४,३०,००० आर्थिक सहयोग गरेको हो । सिस्टर रोबोटको निर्माण पश्चात त्यस रोबोटलाई टेकु अस्पताल, हेटौडा प्रादेशिक अस्पताल, ए।पी।एफ अस्पताल, बुटवल धागो कारखानामा हस्तान्तरण गरिसकेको छ ।
रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान), कान्तिबिर, ओज्टेक तथा रोबोनट्सले चैत्र ३० मा खाना तथा औषधि बोक्ने रोबोट- सिस्टर रोबोट को पहिलो परीक्षण शिक्षण अस्पताल, महाराजगञ्जमा सफलतापूर्वक सम्पन्न गरेको थियो ।
सिस्टर रोबोट ३०० - ५०० मिटरसम्म ट्रान्समिटरको सहयोगमा आइसोलेसन वार्ड तथा सघन उपचार कक्षमा सञ्चालन गर्न सकिनेछ ।
सिस्टर रोबोट ३०० - ५०० मिटरसम्म ट्रान्समिटरको सहयोगमा आइसोलेसन वार्ड तथा सघन उपचार कक्षमा सञ्चालन गर्न सकिनेछ । यस रोबोटमा जडित क्यामराले कोरोना बिरामीको स्वास्थ्य अवस्था निरीक्षण गर्न सकिनेछ, कोभिड - १९ सङ्क्रमित बिरामीहरूले आफ्नो हातलाई रोबोटमा जडित स्वचालित यन्त्रको माध्यमबाट सफा गर्न सक्नेछन् साथ -साथै यसमा राखिएको ट्याब्लेटको सहायताले नर्स तथा स्वास्थ्यकर्मीसँग कुरा गर्न सक्नेछन्, र फोहोर व्यवस्थापनका निमित्त रोबोटमा राखिएको डस्टबिन को प्रयोग गर्न सकिन्छ ।
विकासकर्ता टोलीले हेटौँडा प्रादेशिक अस्पतालमा आफ्नो पहिलो सिस्टर रोबोट प्रदेश तिन का माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेललाई हस्तान्तरण गरिसकेको छ । पहिलो सिस्टर रोबोटको निर्माणको लागि नेपाल इन्जिनियर्स एसोसिएसनले आर्थिक सहयोग गरेको थियो । त्यस्तै दोश्रो सिस्टर रोबोट सशस्त्र प्रहरी बल विशेष अस्पताललाई २ लाख मूल्यमा बेचिएको थियो जसमा व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को रु. ८६,५०० आर्थिक सहयोग रहेको थियो ।
रोबोटको सहायताले नर्सहरू तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता बिनानै कोरोना आशङ्का लागेका तथा सङ्क्रमित बिरामीहरूको उचित हेरचाह तथा उपचार निश्चित गर्न सकिनेछ ।
रोबोनट्स समुहका पृथ्वी चौधरीले रोबोट कसरी सञ्चालन गर्ने र हरेक बेडमा खाना तथा औषधिहरू कसरी ढुवानी गर्ने भन्ने बारेमा एक डेमो प्रस्तुति दिनेछन् । साथै ओज्टेकका रिचन जोशीले एफ.पी.भी. First Person View सेटको साथ रोबोट कसरी प्रयोग गर्ने, यसलाई कसरी सजिलै सँग नियन्त्रण गर्न सकिन्छ र कसरी स्वास्थ्यकर्मीहरूले यसलाई खाना तथा औषधि वितरणमा सञ्चालन गर्न सक्षम हुनसक्छन् भन्ने बारेमा नर्सहरूलाई विस्तृत जानकारी दिनेछन् ।
एफ।पी।भी सेटको सहायताले रोबोट चालकले रोबोटको नजरबाट रोबोट कसरी गुडिरहेको छ भन्ने जानकारी रोबोटमा राखिएको क्यामेराको दृश्य सहित हेर्न सक्छन् । पंकज जपरेलले सफलतापूर्वक रोबोटलाई आइसोलेसन वार्डमा चलाए पश्चात रोबोटले कसरी स्वचालित रूपमा आफ्नो तथा बिरामीको सरसफाइ गर्न सक्छ र बिरामी र स्वास्थ्यकर्मीहरू बिच संवाद कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्यकर्मीहरूका सुझाव तथा रोबोटको काम सम्बन्धी प्रतिक्रिया लिनेछन् । अनिल सिंहले रोबोटलाई चाहिने सामग्रीहरु ब्यबस्थापन देखि प्रोजेक्टलाई म्यानेज गर्ने काम गरेका छन ।
रोबोटको सहायताले नर्सहरू तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता बिनानै कोरोना आशङ्का लागेका तथा सङ्क्रमित बिरामीहरूको उचित हेरचाह तथा उपचार निश्चित गर्न सकिनेछ ।
समाचार
सस्तोडिलको अर्को सफलता: भारतीय फेसन ब्रान्ड मिन्त्रसँग सहकार्य
नेपालको ईकमर्स कम्पनी सस्तोडिलडटकम एकै साता भारतका बिख्यात दुई ईकमर्स कम्पनी सँग र…
टिकटकले डोनाल्ड ट्रम्पको प्रशासन विरुद्धमा मुद्दा हाल्ने
टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको विरुद्धमा मुद्दा हाल्ने भएको छ ।…
अनलाइन प्रिन्टिङ ईकमर्श ‘प्रिन्टसेवा’ सञ्चालनमा, छपाई सम्बन्धि सबै काम अब अनलाइनबाटै
अब छपाई सम्बन्धि सबै काम अनलाइन मार्फत गर्न सकिने भएको छ । छपाई सम्बन्धि सबै काम अन…
फोनमा पानी पस्दा के गर्ने ?
कहिले काही दुर्घटनावस फोनमा पानी पस्न सक्छ वा हाम्रै हातबाट पनि फोन पानीमा खस्न सक्…
\'खल्ती\' बाट पिइएकाे शुल्क तिर्न सकिने
इन्जिनियरिंगकाे इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसाेसिएसनकाे शुल्क 'खल्ती' डिजिटल वालेटबाट तिर्…
महिलालाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ सनराइज बैंकले ल्यायो ‘नारी बचत खाता’ योजना
महिलाहरुलाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ सनराइज बैंकले नारी बचत खाताको सुरु…
जापानमा ईन्टरनेट कनेक्शन गर्न सकिने स्मार्ट मास्कको उत्पादन सुरु, मास्कले म्यासेज संप्रेषण तथा भाषा अनुवादमा सघाउ पुर्याउने
कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा विश्वभरका मानिसहरुका लागि मास्क अनिवार्य भएको छ । कोरोना संक्रमणको सुरुवातमा मास्कको अभाव भएपनि पछिल्लो समय कम्पनीहरुल…
नेपालका आईएसपीमध्ये आईपीभी सिक्स प्रयोगमा क्लासिक टेक अगाडी
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा …
सबै ग्राहकलाई एकवर्षमा नयाँ प्रविधि आईपीभी सिक्समा लैजाँदै वर्ल्डलिङ्क
यस वर्षको अन्त्यसम्ममा वर्ल्डलिङ्कले आफ्ना सबै ग्राहकहरुलाई आईपीभी सिक्समा लैजाने भएको …
डिशहोम फाइबर नेटको प्रोमोसनल अफर, वार्षिक १० हजारमा २५ एमबीपीएसको इन्टरनेट
डिशहोमले आफ्नो इन्टरनेट सेवा फाइबर नेटको प्रोमोसनल अफर सार्वजनिक गरेको छ । कम्पनील…
विद्युतीय माध्यमबाट कारोबार गर्न स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आग्रह
धितोपत्र व्यवसायीहरुको संस्था स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई क…
डिजिटल संवादको १७ औं श्रृंखलामा महिला र डिजिटलाइजेसनको बारेमा छलफल हुदै
डिजिटल संवादको १७ औं श्रृंखलामा ' महिला र डिजिटलाइजेसन' विषयमा भर्चुअ राउण्ड टेवल डिस्कसन हुदैछ । वुमन इन आइटी (डब्लुआइटी) को…
नेपाली ईकमर्श कम्पनी ग्यापुले भियतनाममा पनि सेवा विस्तार गर्दै
लकडाउनको विषम परिस्थितिमा स्थापना भएको नेपाली ईकमर्श कम्पनी ग्यापुले भियतनाममा पनि…
अनलाइनबाटै हुवावे क्लाउड समिट आयोजना हुदै, आकर्षक पुरस्कार समेत जित्न सकिने
हुवावे इन्टरनेसनलले हुवावे क्लाउड समिट २०२० आयोजना गर्ने भएको छ । हुवावेले भर्चुअ…
अनलाइनबाटै निःशूल्क पाइथन प्रोग्रामिङ सिकाउँदै ब्रोडवे, यसरी हुनुहोस् सहभागी
ब्रोडवे इन्फोसिसले निशूल्क पाइथन प्रोग्रामिङ सिकाउने भएको छ । आइटी सम्बन्धि तालिम प्र…