कीवर्डहरू -

समाचार

नेपालको पहिलो स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण हुँदै, यसरी हेर्नुहोस् लाइभ

नेपालको चन्द्रसूर्य झण्डा अंकित नेपालको पहिलो भू-उपग्रह 'नेपाल स्याट-वान' अन्तरीक्षमा प्रक्षेपण हुँदै छ ।

भाेली बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट नेपालको स्याटेलाइट प्रक्षेपण गरिनेछ।

अन्तरीक्षमा प्रक्षेपणको भिडियो नासाले आफ्नो वेब पेजबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

प्रक्षेपणकाे लाइभ भिडियाे हेर्न नासा टिभीकाे याे लिंकमा जानु पर्नेछ ।

जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्य गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ले  यो भू-उपग्रह निर्माण गरेको हो।

वैशाख ४ गते प्रक्षेपण हुने भू-उपग्रहको निर्माण नेपाल बाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले गरेका थिए।

क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू-उपग्रह निर्माण भएको हो।

नेपालसंगै श्रीलंका र जापानको पनि भू उपग्रह प्रक्षेपण हुदैछ। नेपालको यो भू-उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ।

भू-उपग्रह प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको छ।

यो नानो स्याटलाइटले दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ।

भू उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ।

समाचार

भायानेटको नयाँ बर्षमा नयाँ अफर

काठमाडौं। भायानेटले नयाँ वर्षमा अफर ल्याएको छ। यो नयाँ अफर मा तपाई भायानेट कम्युनिकेसन्सको वार्षिक ग्राहक बनेपछि ग्राहकले थप २ म…

अब सात दिनमै स्मार्ट लाइसेन्स

काठमाडौं - यातायात व्यवस्था विभागले  एक मिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ ।

देशभरके जुनसुकै यातायात कार्यालयबाट ट्रायल पास गरे…

नेपालको पहिलो भू उपग्रह प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं। नेपालको चन्द्रसूर्य झण्डा अंकित नेपालको पहिलो भूउपग्रह नेपाल स्याट वान को अन्तरिक्ष प्रक्षेपणको भिडियो नासाल…

विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा खराबि

काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुक ह्वाट्स एप र इन्ट्राग्राममा खराबि आएको छ।

सिंहदरबार भित्र सरकारी बैंक

काठमाडौं। सिंहदरबारमा सरकारी बैंकले प्रवेश पाएको छ। राष्ट्रिय वाणिज्य बैंकले नयाँ बर्षक…

नेपाल टेलिकमले ल्यायो विभिन्न प्याकेज सहितको आकर्षक स्प्रिङ अफर


काठमाडौं। सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले  ग्राहकहरुको सुविधाका लागि विभ…

जनकपुरमा टेलिकमको \'फाइबर टु दि होम\' सेवा सुरु

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले  जनकपुरधाममा नेपाल टेलिकमको एफटीटीएच

नियम विपरीत फ्रिक्वेन्सी दिने तयारी गरेको भन्दै \'आइस्पान\' आन्दोलित

इन्टरनेट सेवा प्रदायकहरु आन्दोलनमा उत्रिएका छन।  सरकारले टीभी प्रसारणको अनुमति लिएका कम्पनीलाई नियम विपरीत बिना प्र…

स्मार्ट टेलिकमको स्मार्ट साथी सिम योजना ९९ रुपैयाँमा २ सिम


काठमाडौं। स्मार्ट टेलिकमले नयाँ ग्राहकहरूको लागि स्मार्ट साथी सिम सार्वजनिक गरेको…

नयाँ बर्षको अवसरमा नेपाल टेलिकमको २०० रुपैयाँको बम्पर प्याक

काठमाडौं। सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले नयाँ बर्षको अवसरमा नयाँ योजना सार्वजनि…

स्मार्ट टेलिकमले ल्यायो नयाँ डाटा प्याक

काठमाडौं। स्मार्ट टेलिकमले नयाँ डाटा तथा भ्वाइस प्याकहरू सार्वजनिक गरेको छ।

नेपालमा पब्जी खेल प्रतिबन्ध 

काठमाडौँ — नेपालमा पब्जी खेल प्रतिबन्ध लगाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यो नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो । 

पछिल्लो समय…

काठमाडौंमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन आयोजना हुँदै

याँ वर्ष २०७६ को आगमन संगै वैशाख १० र ११ गते प्रदेश नं. ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंमा “राष्ट्रिय युवा वैज्ञानिक सम्मे…

नाष्ट, कृषि मन्त्रालय सहित केहि सरकारी बेसाइटहरु ह्याकरको निशानामा 

नेपालमा वेबसाइट ह्याक कुनै नौलो कुरा होइन । कमजोर सुरक्षाका विच बनाइएका यस्ता वेबसाइटहरु सजिलै ह्याकरले आफ्नो निशानामा पार्दै आएका छन । यसैक्रममा नाष्टक…