कीवर्डहरू -

समाचार

दर्जनौ कम्पनीको डाटा चोरेको अभियोगमा इजोनले दायर गर्यो मुद्दा, पुर्व कर्मचारी कमल पाठक पक्राउ

८५ कम्पनीको डाटा चोरी गरी क्षति पुर्याएको आरोपमा क्लाउड नेपाल आइटी नामक कम्पनीका सञ्चालक कमल पाठकलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ ।

काठमाडौंको बानेश्वरस्थित सफ्टवेयर कम्पनी ई–जोन इन्टरनेश्नलमा यसअघि कार्यरत रहेका पाठकले आफू कार्यरत रहँदाको युजर नेम र पासवर्ड प्रयोग गरी डाटा चोरी गरेको पाइएको इजोनका संचालक दामोदर अधिकारीले जानकारी दिए । चैैत १ गतेदेखि जागिर छोडेका पाठकले चैत १६ गते अनधिकृत रुपमा सिस्टममा प्रवेश गरी तथ्यांक चोरी गरेको अधिकारीको भनाइ छ ।

उनले महानगरीय प्रहरी अपराध महाशाखामा पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४५ र ४६ समेतको कसुर हुने गरी जाहेरी दरखास्त गरेका छन् । सो दरखास्तमा उनले डाटा अनधिकृत रुपमा प्रयोग गरी क्षति पुर्याएको सम्बन्धमा पर्याप्त प्रमाण समेत पेश गरेका छन् ।

उनले ई–जोनले विकास गरेका सफ्टवेयरहरुहरुमा ग्राहकहरुले लगइन हुन नसकेको खबर गरेपछि जाँचबुझ गर्दा ग्राहकहरुको सफ्टवेयरको डाटा मेटिई लग इन गर्न नसकिने भएको देखाइएको जानकारी दिए । ‘चैत १६ गते विहान ५ बजेर ४९ मिनेट जादादेखि ६ बजेर ११ मिनेट जाँदासम्ममा पाठकले ८५ वटा हाम्रा ग्राहकको खासखास डाटा मेटाइदिनु भएको रहेछ, अनि हामीले प्रहरीमा जाहेरी दिएका हौं,’ अधिकारीले भने ।

पाठकले पनि डाटामा अनधिकृत पहुँच राखेको स्वीकारेका छन् ।

समाचार

२५ मेगापिक्सेल फ्रण्ट क्यामेरा सहितको एफसेवेन सार्वजनिक गर्ने ओपोको तयारी

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको  नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरे…

कर्णाली प्रदेशमा पहिलो पटक वेब डेभलपमेन्ट सम्बन्धी वर्कशप सम्पन्न

आइसिटि क्लब सुर्खेतले वेब डेभलपमेन्ट सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । वेबसाइट कसरी बनाउन सकिन्छ र यसको लागि आबस्यक कुरा के के हुन् भन्ने सम्बन्धमा…

नेपाल मोबाईल वितरक संघमा दिनेश चुल्याद्योको अध्यक्षमा नयाँ कार्यसमिति

नेपाल मोबाईल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । राजधानीमा सम्पन्न संघको अधिवेशनले नयाँ का…

देवनागरी तामाङका लागि एन्ड्रोइड किबोर्ड सफ्टवेयर सार्वजनिक

तामाङ भाषाको देवनागरी लेखनमा सफ्टवेयरको विकास भएको छ । शुक्रबार काठमाडौंमा ‘देवनागरी तामाङका निम्ति एन्ड्रोइड किबोर्ड सफ्टवेयर’ गर्दै देवनागरी…

प्राइमले सुरु गर्यो अनलाइन ग्याजेट्स स्टोर, काठमाडौँमा निशुल्क डेलिभरी सेवा

पुल्चोकको मुख्य स्थानमा रहेको प्रख्यात मोवाइल शोरुम प्राइम स्टोरले ग्याजेट्स तथा आइटी प्रडक्टको अनलाइन सेवा सुरु गरेको छ । प्राइमस्टोर डटकम डटएनपी वेबसाइट मा…

प्रि बुकिङ गरेका उपभोक्तामाझ ग्यालेक्सी S9/ S9 + को वितरण प्रारम्भ, रिटेल बिक्री सुरु

सामसङले, मार्च २३ देखी काठमाडाँमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी S9/ S9 + को वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख श्री प्रणय रत्न स्थापितको…

उपभोक्ताका लागि डिजिटल पहुच र सुरक्षित साइबर स्पेसको संरचना