कीवर्डहरू -

समाचार

क्यान रुपन्देहीको आयोजनामा सुचना प्रबिधि सम्वन्धि गोष्ठि सम्पन्न

राष्टिय सुचना तथा सञ्चार प्रबिधि सप्ताहका अवसरमा क्यान रुपन्देहीको आयोजनामा तिलोत्तमाको नयामिलमा सुचना प्रबिधि सम्वन्धि गोष्ठि सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रि लिला गिरीले नेपाल सरकारले अहिले देशभरीका जिल्ला र स्थानीय तहलाई साक्षरता घोषणको अभियान चलाई रहेकोमा अव सुचना प्रबिधिको साक्षरता कार्यक्रम चलाउनु अपरिहार्य रहेको बताउनु भयो ।

क्यान महासंघका बरिष्ठ उपाध्यक्ष नवराज कुवरले आम नागरीकलाई सुचना प्रबिधिसंग जोडन महासंघले गाउ तहसम्म अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयका सुचना प्रबिधि अधिकृत हरी पोख्रेल, स्मार्ट सीटी बिज्ञ हेमन्त बराल र स्काई इण्टरनेशनल कलेजका प्रचार्य सञ्जिव भण्डारीले पछिल्लो समयमा प्रयोग भइरहेका सुचना प्रबिधि , इमेल इण्टरनेट, फेशबुक, भाइभर, ट्वीटरको पयोगबाट हुने फाइदा र बेफाइदा, स्मार्ट सीटी बनाउनका लागि चाहिने आधारभुत आवश्यकता र सुचना प्रबिधिको प्रयोग गर्दा गलत क्रियाकलाप गर्नेबाट बच्ने उपायका सम्वन्धमा छुट्टाछुट्टै कार्यपत्र पेश गर्नु भएको थियो ।

 

क्यान रुपन्देहीका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षता र सचिव बिरु क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा क्यानका प्रदेश संयोजक धु्रर्व शर्मा, तिलोत्तमा नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा लगायतले सुचना प्रबिधिको उपयोग र स्मार्टसीटीका सम्वन्धमा आ आफनो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका वडाअध्यक्षहरु , अधिकृतस्तरका कर्मचारीहरु, बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा सञ्चार अधिकृत, कम्प्युटर क्षेत्रमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

समाचार

सरकारको तर्फबाट मनाइयो आइसिटी दिवस, सूचना प्रबिधिले देशको सम्रिद्दीमा सहयोग गर्ने  

नेपाल सरकारको तर्फबाट पहिलो पटक आइसिटी दिवस मनाइएको छ । मे २ मा विगत ८ वर्षदेखि क्यान महासंघले मनाइरहेको आइसिटी दिवसलाइ सरकारले गत वर्ष राष्ट्रिय आइसि…

बुढानिकलकण्ठमा पहुचयुक्त शुसासन कार्यक्रम आयोजना हुदै

भर्याङ नेपाल नामक संस्थाले देशभर सरकारी कामकाज प्रविधिमैत्री बनाउनको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ । पहिलो कार्यक्रमको रुपमा बैशाख २१ …

के हो स्मार्ट सिटी ?

सोच्नुस् त त्यस्तो सहर, जहाँ जताततै हरियाली, सुन्दर र शान्त छ । हरेकसँग इन्टरनेट र विभिन्न किसिमका ग्याजेट छन् । अनि चौबिसै घन्टा बिजुली अनि खानेपानीको व्यव…

आइसिटीमा महिलाको सशक्तिकरण गर्न आवश्यक : विज्ञहरु

काठमाडौं । हरेक वर्षको अप्रिल २६ मा मनाइने ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ नेपालमा पनि मनाइएको छ । आज काठमाडौंस्थित प्रज्ञाभवनमा नेपाल दूरसञ्च…