समाचार
राजधानीमा २ दिने क्यान आइसिटी कन्फ्रेन्स सुरु
काठमाडौं । क्यान महासंघको आयोजनामा राजधानीमा 'सुबिसु क्यान आइसिटी सम्मेलन २०१८' सुरु भएको छ ।स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नाम दिइएको सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गरे ।
२ दिनसम्म चल्ने आइसिटी कन्फ्रेन्समा विशेषज्ञहरुले पूर्वाधार, डिजिटल इकोनोमी, सुरक्षा र सेवातर्फ सूचना प्रविधिको प्रयोगको स्थिति, उपलब्धि र भावी योजनाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
स्मार्ट सोसाइटी, दिगो विकास लक्ष्यका लागि काम गरिरहेका सूचना प्रविधिका विज्ञ, नेपाल सरकारका प्रतिनिधि, राजनैतिक नेतृत्व, स्थानीय निकायका प्रतिनिधि तथा सम्बन्धित अन्य विज्ञहरुको सहभागितामा समूहगत उच्चस्तरीय छलफल हुँदैछ ।
समूहगत छलफलमा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थितिमा स्मार्टपालिका (स्मार्ट स्थानीय तह) निर्माणसम्बन्धी अवधारणापत्र तयार गरी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्य सम्वन्धित निकायहरुलाई हस्तान्तरण गरिनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कन्फ्रेन्सबाट आउने निश्कर्षले सरकारलाई झक्झक्याउन र मार्गनिर्देशन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘राष्ट्रको लक्ष्य प्राप्त गर्न, नागरिकलाई सेवा प्रदान गर्न र यसमाध्यमबाट सुशासन र समृद्धका लागि सरकारले सबैसँग मिलेर काम गर्नुपर्छ भन्ने मान्यता छ । हामीसँग स्रोत र साधन सिमित छ । तर, सबै हामी एक भएर जुट्यौं भने र सहयोग मन र सहयोगी हात भयो भने सरकार काम गर्ने वातावरण बनाउन प्रतिबद्ध छ । यसका लागि हामीले निजी क्षेत्रसँग सहकार्य गरिरहेका छौं,’ मन्त्री बास्कोटाले भने ।
उनले अझै ६० लाख नेपालीहरु गरिबीको रेखामुखी रहेको जानकारी दिदै सूचना प्रविधिमार्फत् महत्वपूर्ण काम गर्न सकिने बताए । ‘सरकारले नीति तथा कार्यक्रममा थोरै विषय सूचना प्रविधिका विषय समेटिएका छन् । तर, तोकेका विषयहरु यो वर्षमै गर्न सक्यौं भने धेरै उपलब्धी हुनेछन्,’ उनले भने ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आगामी २ वर्षमा आइसिटी क्षेत्रमा महत्वपूर्ण प्रगति हुने गरी काम भइरहेको जानकारी दिए ।
कार्यक्रममा नेपाल सरकारका माननीय अर्थमन्त्री एवं अर्थविद् डा. युवराज खतिवडाले दिगो विकासका लक्ष्यमा सूचना प्रविधिको प्रयोगतर्फ सरकारका तर्फबाट अहिलेसम्म भइरहेका प्रयास र सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लिखित सूचना प्रविधिको प्रयोग र विस्तारसम्बन्धी विषयहरु कार्यान्वयन गर्नका लागि आगामी दिनमा चाल्ने कदमसहितको विस्तृत जानकारी दिनेछन् भने चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)का विषयगत विशेषज्ञहरुले पनि कार्यपत्र प्रस्तुत गर्नेछन् ।
साथै शहरी विकास मन्त्रालय अन्तर्गत Smart City को Master Plan बनाउने कार्यलाई प्रबर्धन गर्ने उद्देश्यले सुचना प्रविधिको क्षेत्र संग सम्बन्धित योजना तर्जुमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने योजना समेत रहेको छ ।
समाचार
आइपिभी ६ सुरुवातको छैटौं वर्ष : नेपालका लागि अवसर
५/६ वर्षअघिसम्म घरमा एउटा मात्रै डिभाइस हुन्थ्यो । अहिले एक व्यक्तिले नै मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर चलाउन थालेका छ…
फोब्र्सको मूल्यवान ब्रान्डहरूको सूचिमा उक्लियो हुवावे
ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले हरेक बर्ष प्रकाशित गर्ने ‘विश्वका सबैभन्दा मूल्यवान ब्रान्डहरूको सूचि’मा यसपटक पनि हुवावे परेको छ ।
एनआइसी बैंकको साढे ४६ करोडको \'स्विफ्ट ह्याक’ उत्तर कोरियाली समुहले गरेको खुलसा
एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको आजको नया पत्रिका दैनिकले उल्लेख गरेको छ ।
…इकमर्समा अर्को फड्को, इसेवाले भाटभटेनी अनलाइन किन्यो
चर्चित अनलाइन सपिङ पोर्टल ुभाटभटेनीअनलाइन डटकमु लाई एफवानसफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ।
विगत ६ वर्षदेखि…
क्यान र लर्ड बुद्दको सहकार्यमा ४९ जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गर्ने
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघ, ले प्राविधि शिक्षा तर्फ पनि यस बर्ष देखि छात्रबृतिको शुरुवात गरेको छ …
ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ र हाम्रो अपेक्षा
सूचना प्रविधिको विकास र विस्तारसँगै निम्तिएका सुरक्षाका जोखिमहरुबारे पछिल्लो समयमा बहस हुन थालेका छन् । नेपालमा पनि सूचना प्रविधिको प्रयोग र यसप्रति मानिसह…
वानप्लस ६ नेपाल भित्रियो, मुल्य ७० हजार माथी
वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’सार्वजनिक गरेको छ ।
‘वानप्लस ६’मा आजको मितिमा…