कीवर्डहरू -

समाचार

नेपाल टेलिकमको ११र्औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७४।७५ को मुनाफा रकम मध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारण सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७४।७५ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आ. व. २०७५÷७६ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले एघारौं वार्षिक प्रतिवेदन पेश गर्दै अगामी दिनमा समेत अझ बढी ग्राहकमुखी सेवा प्रदान गरी मुलुकको अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा रही रहने बताए ।

उनले २०७५ असार सम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको जानकारी दिए  ।साथै उनले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए ।

उनले डाटा सेवाको माग बढदै गइरहेको वास्तविकतालाई मध्यनजर गरी निकट भविष्यमा नै देशैभरी चौथौ पुस्ताको मोबाइल सेवा फोरजी विस्तार गर्न आपूर्ति गर्ने क्रममा रहेको फोरजी एलटिई उपकरणलाई ५जी स्तरोन्नति गर्ने लक्ष्य रहेको बताए ।

ग्राहकहरूको घरसम्म अप्टिकल फाइबर मार्फत द्रूत गतिको ब्रोडब्याण्ड इन्टरनेट तथा भ्वाइस सेवा सञ्चालन गर्न सकिने र नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको इन्टरनेट सेवा एफटिटिएचको विस्तार लाई समीक्षा वर्षमा पनि निरन्तरता दिइने समेत जानकारी दिए ।

एघारौँ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम २०७५ माघ १ गते देखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको छ ।

समाचार

नेपाली बजारमा भिभो स्मार्टफोनका ३ नयाँ मोडल आउने

बिबिके इलेक्ट्रनिक्सको स्वामित्वमा रहेको भिभो कम्युनिकेसन टेक्नोलोजी चिनियाँ टेक्नोलोजी कम्पनी हो । यसले स्मार्टफोनहरु, स्मार्टफोनहरुको सामान, सफ्टवेयर निर्माण र…

एभरेष्ट बैंकद्वारा ५ लाख बीमा सुविधासहित दुई बचत योजना सार्वजनिक

एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको …

नेपालमा ओप्पो एफ९ जेड ग्रिन एडिसन सार्वजनिक

काठमाडौं । सेल्फी एक्स्पर्ट ओप्पो स्मार्टफोनको एफ९ अन्तर्गत नयाँ लिमिटेड एडिसन सार्वजनि…

सामसङ्ग प्लाजाले ल्यायो टिभी एक्सचेन्ज अफर

काठमाडौं । सामसङ्ग प्लाजाले सामसङ्ग एलईडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अ…

युनियन लाइफ इन्स्याेरेन्सकाे घातक रोगसम्बन्धी बिमा सुविधा

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधा अनुसार कम्पनीले जारी गरेका बीमा…

वीरगञ्जमा क्यान इन्फोटेकको रौनक

वीरगंज– प्रदेश नं. २ लाई आईटीको हव बनाउने उद्देश्यसहित प्रदेश २ मा शुक्रबारदेखि ‘सुबिसु क्यान इन्फोटेक–२०१९’ मेला सुरु भ…

भिडियो प्रविधिद्वारा कक्षा सञ्चालन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिका माध्यमबाट …

Kathmandu to Host Kathfest 2019 from Jan 13-14

Kathfest is the two-day annual festival organized by Kathford International College of Engineering and Management. It is an inter-college event …

विद्युत प्राधिकरणले सात दिनभित्रमा नयाँ मिटर जडान गरिदिने

नेपाल विद्युत प्राधिकरणले सिंगल फेजको नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिने भएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अ…

प्रदेश २ मा पुस २७ देखि क्यान इन्फोटेक हुँदै, यस्ता छन् आकर्षण 

वीरगञ्ज । क्यान महासंघले प्रदेशस्तरीय क्यान इन्फोटेक मेला आयोजना गर्ने योजना ल्याएअनूरुप प्रदेश २ मा पुस २७ देखि ३० गतेसम्म ‘सुबिसु क्यान इन्फोटेक २०१९ …

राजधानीमा माघ १५ देखि ‘सुबिसु क्यान इन्फोटेक २०१९’ हुने

काठमाडाैं । आगामी माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ आयोजना हुने …

राजधानीमा माघ १५ देखि ‘सुबिसु क्यान इन्फोटेक २०१९’ हुने

आगामी माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ आयोजना ह…

राजधानीमा माघ १५ देखि ‘सुबिसु क्यान इन्फोटेक २०१९’ हुने

आगामी माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ आयोजना ह…

प्राधिकरण अध्यक्षबाट झाले दिएको राजिनामा स्वीकृत, निमित्त अध्यक्षमा पुरुषोत्तम खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाकाे राजिनामा स्वीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार…

उद्यमशीलतामा युवाको आकर्षण बढ्दो, १०० स्टार्टअप एकै थलोमा, ५ हजारले गरे अवलोकन